बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो । अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो । मृतकमध्ये चार पुरुष र चार महिला छन् । दुर्घटनामा २४ जना घाइते छन् । तीन महिनाकी एक बालिका भने सकुशल रहनुभएको खनालले बताउनुभयो । दुर्घटना स्थलमा घुमाउरो बाटो घुमाउरो भएको र चालकको समेत मृत्यु भएको उहाँले बताउनुभयो । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय…
Author: Amrit Baskune
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएका बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गर्नुभएको थियो । विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभयो । तीन दिने भ्रमणका क्रममा उहाँले नेपाली क्रिकेटको संरचनाबारे निरीक्षण गर्ने जानकारी पनि दिनुभयो । उहाँले कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानको अवलोकन समेत गर्नुहुनेछ । नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उहाँले…
अमृत बास्कुने नेपाली राष्ट्रिय भलिबल टिमको बलियो खम्बा हुनुहुन्छ अरुणा शाही । म्याग्दीको रघुगंगा गाउँपालिका म्याग्दीकी स्थायी बासिन्दा शाही अहिले राष्ट्रिय टिमकी सफल कप्तानको रुपमा हुनुहुन्छ । नेपाली टोलीको कप्तानीको जिम्मा शाहीको काँधमा आएपछि भएका खेलहरुमा पाएको सफलताले पनि उहाँलाई थप सहज भएको छ । नेपाली टिमको सदस्यहरु रहेका पुराना खेलाडीहरलाई हटाएर नयाँ टोलीलाई राष्ट्रिय टिममा ल्याउँदा निकै हल्लीखल्ली भएको थियो तर अरुणाको कप्तानीमा सहभागीता जनाएको नेपाली टोलीले उपाधि नै जिते पछि भने बिरोध गर्नेहरुले वाहवाही गर्न थालेका थिए । बाल्यकाल रघुगंगा गाउँपालिका–३ पिप्लेकी अरुण शाही बाल्यकालमा धेरै कम बोल्ने स्वभाव थियो । निकै कम बोल्ने हुँदा यसले के गरेर…
लक्की चौधरी २०७९ मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा फरक कित्ताबाट चुनावमा होमिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सरकार बनाउने बेला विभिन्न परिस्थितिले एकै कित्तामा उभिन पुगे । प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस (८९ सिट) ले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी नछाडेपछि कांग्रेससँगै गठबन्धन गरेर चुनाव लडेको माओवादीले सरकार बनाउन दोस्रो ठुलो दल एमाले (७८ सिट) सँग गठबन्धन गर्नु परेको थियो । निर्वाचनमा होमिँदा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को गठबन्धन थियो । निर्वाचनपछि मिलेरै सरकार बनाउने वाचा उनीहरूले जनतामाझ गरेका थिए तर निर्वाचन परिणामपछि परिस्थिति त्यस्तो हुन सकेन । तीन…
जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरि रहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ । पछिल्लो समय बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । आलु खेती गर्दा बाँझो जमिन प्रयोगमा आउने हुँदा आलु खेतीको क्षेत्र विस्तार थालिएको हो…
कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी बताउनुहुन्छ । “पचास श्यया क्षमता भएपनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ”, म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले छ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले…
क) पृष्ठभूमि स्याउ नेपालको हिमाली भेगमा ब्यवसायिक खेती गर्न सकिने एउटा महत्वपूर्ण बाली हो। हालसम्म चलन चल्तीमा सिफारिस गर्दै आईएको स्याउको बिरुवा रोप्ने दुरी ५-६ मिटर हो जस अनुसार प्रति हेक्टरमा औषतमा ३०० स्याउका बिरुवा अट्दछन् । प्रति इकाई जमिनमा धेरै स्याउका बिरुवा रोपेर स्थापना गरेको बगैंचालाई स्याउको उच्च घनत्वको बगैंचा भनिन्छ । उल्लेखित दुरी भन्दा कम गरेर स्याउका विरुवा रोपेर उच्च घनत्वमा स्याउ बगैचा बनाउन सकिन्छ तर हाल प्रचलनमा रहेको उच्च घनत्वमा स्याउ खेतीमा बोट देखि बोट १ मिटर र लाईन देखि लाईन करिव २ दखि ३ मिटरमा लगाउने गरिन्छ । यो प्रबिधि विकसित देशहरुमा धेरै पुरानो भएतापनि नेपालमा भने यसको त्यति प्रयोग…
म्याग्दी जेसीजको आयोजनामा आज (शनिवार) म्याग्दीको धार्मिक क्षेत्र जगन्नाथधाममा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक जगन्नाथ मन्दिर परिसरमा पर्यटन बोर्ड स्थापना गरिएको हो । म्याग्दी जेसीजको आयोजना, वडा कार्यालय पुलाचौर र जगन्नाथ मन्दिर व्यवस्थापन समितिसँगको समन्वय तथा सहकार्यमा जगन्नाथ क्षेत्रमा पर्यटकहरुको आगमन बढाउने उद्देश्यसहित पर्यटन पवद्र्धन कार्यक्रम गरिएको म्याग्दी जेसीजले जनाएको छ । म्याग्दी जेसीजको लोगो अङ्कित उक्त बोर्डमा ‘द हेरिटेज जगन्नाथ’ लेखिएको पर्यटकीय बोर्ड जगन्नाथ मन्दिर अगाडि गाडिएको छ । समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित जगन्नाथ मन्दिरलाई पृष्ठभूमीमा पारेर फोटो र भिडियो लिने गरी पर्यटकहरुलाई…
क्रिकेट संघ म्याग्दीको अगुवाइमा शुरु भएको बेनी क्रिकेट र रत्नेचौर क्रिकेट क्लब बीचको तीन खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलका अनुसार गत हप्तादेखि शुरु भएको क्रिकेट सिरिज एकएकको बराबरीमा पुगेको हो । फागुन २६ गते बेनी नगरपालिका–१ रत्नेचौरमा भएको पहिलो खेल रत्नेचौरले जित हासिल गरेको थियो । चैत ३ गते शनिबार बेनी नगरपालिका–५ चुत्रेनीमा भएको दोश्रो खेल बेनी क्रिकेटले ५ विकेटले विजयी भए सँगै खेल एकएकको बराबरीमा पुगेको हो । सिरिजको अन्तिम खेल आगामी १० गते शनिबार रत्नेचौरमा हुने संघका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । विजयी हुने टिमले ट्रफि तथा मेडल प्राप्त…
म्याग्दीको नवौं जिल्लासभाबाट प्रदेश सरकारले शुरु गर्ने योजना बैंकका लागि सिफारिस गर्न योजनाहरु छनौट गरिएको छ । गण्डकी प्रदेश र नेपाल सरकारले तयार गर्न लागेको आयोजना बैंकमा समावेस गर्न तथा म्याग्दी जिल्लाका योजनाहरुलाई जिल्लाको गौरबको योजनका रुपमा मुख्य प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्नका लागि संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो । थापाका अनुसार बेनी–दरवाङ–ताकम– मुना हुँदै जलजला ढोरपाटन सडकलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै बेनी–पाखापानी ठाडाखानी–कुइने मंगले सडकलाई दोश्रो प्राथमिकतामा राखिएको छ । त्यसैगरी महभिर–दोसल्ले रिम राम्चे नागी सडक, दरवाङ अधिभरा डाँडागाउँ लामेला बुर्तिवाङ सडक, बेनी बजारको खुल्लामञ्च(खेलमैदान)लाई क्रमश…