म्याग्दीको नवौं जिल्लासभाबाट प्रदेश सरकारले शुरु गर्ने योजना बैंकका लागि सिफारिस गर्न योजनाहरु छनौट गरिएको छ ।
गण्डकी प्रदेश र नेपाल सरकारले तयार गर्न लागेको आयोजना बैंकमा समावेस गर्न तथा म्याग्दी जिल्लाका योजनाहरुलाई जिल्लाको गौरबको योजनका रुपमा मुख्य प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्नका लागि संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो । थापाका अनुसार बेनी–दरवाङ–ताकम– मुना हुँदै जलजला ढोरपाटन सडकलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै बेनी–पाखापानी ठाडाखानी–कुइने मंगले सडकलाई दोश्रो प्राथमिकतामा राखिएको छ । त्यसैगरी महभिर–दोसल्ले रिम राम्चे नागी सडक, दरवाङ अधिभरा डाँडागाउँ लामेला बुर्तिवाङ सडक, बेनी बजारको खुल्लामञ्च(खेलमैदान)लाई क्रमश प्राथमिकताको क्रममा राखिएको छ । उत्तरी म्याग्दीको कालिगण्डकी नदिमाथि बैसरीमा मोटरेवल पुल, सिंगा आँगेबगर मोटरेबल पुल। मंगलघाट बगरफाँट मोटरेवल पुल, भगवति पिप्ले बृहत खानेपानी योजना, निर्माणधिन रामायण पार्क, अन्नपुर्ण बेशक्याम्प पूर्वाधार निर्माण, धौलागिरी आइसफल पदमार्ग, धौलागिरी सेन्चुरी पदमार्ग, बेनी दरवाङ मुना लुलाङ गुर्जा हुँदै डोल्पा जोड्ने सडकलाई पनि प्राथमिकतामा राखिएको छ । जिल्ला सभाले जिल्लाका लागि महत्वका आधारमा २७ वडा योजनाहरुलाई प्रदेश तथा संघिय सरकारको योजना बैंकमा स्थान दिनका लागि छनौट गर्ने निर्णय गरेको छ । त्यस्तै सन्तुलित र समन्यायिक विकासको अवधारणालाई आत्मसात गर्दै योजना निर्माण र कार्यान्वयन गर्न सबैले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला सभाले अलपत्र अवस्थामा रहेका बेनी अस्पताल भवन, मालढुङ्गा बेनी सडकलगायतका लामो समय देखि सम्पन्न हुन नसकेका योजनाहरुलाई यथासक्य चाँडो सम्पन्न गर्नका लागि सम्बन्धीत पक्षसँग समन्वय गरी दवाव सृजना गर्ने निर्णय गरेको थापाले जानकारी दिनुभयो ।
चैत १ –३ गते सम्म चलेको जिल्ला सभामा जिल्लाका कार्यालयहरुले आफ्नो प्रस्तुती राखेका थिए । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको सभामा प्रदेश सभाका पूर्व मन्त्री तथा म्याग्दी जिल्लाको प्रदेश २ का सदस्य रेशमबहादुर जुगजाली लगायतले बोल्नु भएको थियो ।
जिल्लासभाबाट छनौट भए प्रदेश योजना ब्याङ्कमा पठाउने योजनाहरु
Previous Articleम्याग्दीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो
Next Article बेनी र रत्नेचौरको क्रिकेट सिरिज १–१ बराबरीमा