राष्ट्रपति रामचन्द्र पौडेल भोलि देवघाट आउनुहुने भएको छ । तनहुँ र चितवन जोड्ने पुल उद्घाटन गर्नुहुनेछ । पौडेलले देवघाट धामको दर्शन तथा तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्मित पुलको उद्घाटन गर्न आउन लाग्नुभएको हो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै देवघाट धामको दर्शन गर्ने कार्यक्रम रहेको र देवघाटको गलेश्वर धाम निर्माण गरिएको जेष्ठ नागरिक शान्ति गृहको उद्घाटन गर्ने कार्यक्रम छ । निर्माण सुरु भएको करिब १० वर्ष पछि हालै पुलमा सवारी साधन सञ्चालनमा आएको छ । उक्त पुल ८.५ मिटर चौडाइ र २२० मिटर लामो छ । उक्त…
Author: Amrit Baskune
हिमाली जिल्ला म्याग्दी जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्य पुस्तक भित्राइएको छ । नयाँ शैक्षिक सत्र अगावै कक्षा १ देखि १० सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पुग्ने गरी पुस्तक बेनी आइपुगेको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा महासंघका अध्यक्ष नारायण शर्माले चैत १५ गते नै जिल्लालाई पुग्ने गरी पुस्तकहरु बेनी आइपुगेको बताउनुभएको हो । हाल सम्म कक्षा १ देखि ५ सम्मको लागि एक हजार दुई सय सेट जिल्ला आइ पुगेको छ । जिल्ला भित्रका विद्यालयहरुले दिएको तथ्याङ्क अनुसार उनीहरुलाई आवश्यक पर्ने पुस्तक आइपुगेको उहाँको भनाई छ । त्यस्तै कक्षा ६ र ७ का…
म्याग्दीको बेनी नगरपालिकाले बेनी बजार क्षेत्रमा अनुगमन गरी म्याद गुज्रेका सामग्री जफत गरी नष्ट गरेको छ । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले अनुगमन गरी सामग्री जफत गर्नुका साथै नष्ट गरेपछि बिहीबार नगरपालिकाले उक्त कार्यलाई निरन्तरता दिएको हो । बेनीमा भएको दोश्रो दिनको अनुगमनमा पनि विभिन्न होटल तथा पसलहरुमा भेटिएका अखाद्यलाई नष्ट गरीएको छ । अनुगमनका क्रममा पेय पदार्थहरु अत्याधिक मात्रामा म्याद गुज्रेको भेटिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोशनाथ शर्माले जनकारी दिनुभयो । कोकाकोला, फेन्टा, स्प्राइटका साथै वियर पनि म्याद गुज्रेर अखाद्य भएको भए पनि बिक्रि बितरणका लागि राखेको पाइएकोले उक्त सामानहरु नियन्त्रणमा लिएर नष्ट गरीएको…
हिमालपारिको जिल्ला मुस्ताङको प्रहरी एकाइ रहेको भवन जीर्ण भए पनि त्यही भवनबाट प्रहरीले सेवा दिँदै आएका छन् । मुस्ताङमा प्रहरीका १३ एकाइहरुमध्ये ८ वटा एकाइह विभिन्न सङ्घसंस्थाको जोखिमपूर्ण भवनबाट सञ्चालन हुँदै आएका छन् । पवित्र तीर्थस्थल मुक्तिनाथमा प्रहरीको आफ्नै भवन निर्माणको क्रममा छ भने छोसेरमा रहेको प्रहरी चौकीका लागि पनि जग्गा प्राप्त भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी प्रहरीका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले जानकारी दिनुभयो । प्रनाउ पाण्डेयका अनुसार प्रहरी चौकी छोन्हुप, प्रहरी चौकी घमी, प्रहरी चौकी चराङ, इलाका प्रहरी कार्यालय छुसाङ, प्रहरी चौकी कागबेनी, प्रहरी चौकी सुर्खाङ र…
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गर्नुभएको छ । उहाँले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो । ती विद्यालयका प्राचार्यहरुसंग आज मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले भन्नुभयो “ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनु प¥यो भनेर दबाब दिइरहनुभएको छ । उहाँहरुको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे , विगतमा त्यस्तो विकृति थियो भने पनि…
अमृत बास्कुने म्याग्दीको बेनी बजारमा रहेका बेनी सामुदायिक माध्यमिक विद्यालय तथा प्रकाश माध्यमिक विद्यालयको सटरमा बिक्रीका लागि राखिएको सुर्तीजन्य पदार्थ जफत गरिएको छ । बेनी सामुदायीक विद्यालयको व्यवसायीक सटरमा बिक्रीका लागि राखेको सुर्तिजन्य पदार्थहरु जफत गरेर नष्ट गरीएको हो । सुर्तिजन्य पादर्थहरु खुल्ला रुपमा जोखन किराना पसल, तथा दिपक किराना पसलमा पाइएकोले जफत गरीएको बेनी नगरपालिकाका अधिकृत लक्ष्मण पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो प्रकाश माविको अगाडीको आन्टी किराना पसलमा पनि कानुन भन्दा बिपरीत विद्यालयकै भवनमा रहेको व्यवसायीक भवनमा खुल्ला रुपमा बिक्रीका लागि राखेको सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएर नष्ट गरीएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको…
नेकपा एमाले बेनी नगर कमिटीले पालिका भित्रका वडाहरको अधिवेशनको मिति तय गरेको छ । नेकपा एमाले नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवालका अनुसार वडा नम्बर १ रत्नेचौरको अधिवेशन २४ चैतमा गर्ने भएको छ । त्यस्तै २ नम्बर वडाको अधिवेशन चैत २९ गते, ४ नम्बरको चैत २८ गते, ५ को २९ गते, ६ को २७ गते, ७ को २२ गते, ८ को २४ गते एवम् वडा नम्बर ९ र १० को २२ गते वडा अधिवेशन गर्ने निर्णय भएको छ । नगरकमिटीको बैठकले अन्य विविध पक्षमा गहल छलफल संगै निर्णय गरेको समेत उहाँले जानकारी दिनुभयो । नगरकमिटीको बैठकमा गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । कार्यक्रममा गणेश महत, टिका बहादुर महत, नर बहादुर थापा, सुरत वोगटी, जुद्धविर किसान, ओम रोका, दिपक पौडेल, रत्न खत्री, मुन्ना रावल लगायतका सहभागीहरुले नगरका १० वटा वडालाई सम्भावनाका आधारमा कृषि पकेटक्षेत्र घोषणा गरेर कृषि उत्पादनलाई वृद्धि गर्न अनुरोध गरे । त्यस्तै ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरुको प्रवद्र्धन, रोजगारीको सृजना, सरकारी विद्यालयको शैक्षिक…
यही बैशाखको अन्तिममा म्याग्दीको बेनीमा प्रथम निलगिरी कप बि, सि तथा डि लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बेनीमा रहेको निलगिरी यातायात प्रालिको पाँचौं वार्षिकोत्सवमा नयाँ वर्ष २०८१ को अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता अयोजना गर्न लागिएको सञ्चालक विजय थापाले बताउनुभयो । थापाका अनुसार निलगिरी यातायात प्रालिको पाँचौं वार्षिकोत्सवको सन्दर्भमा यातायात र खेललाई जोड्नका लागि पनि प्रतियोगिता आयोजना गरिएको हो । जिल्ला स्तरीय प्रतियोगिताको बि लेभलको प्रथमलाई १० हजार नगद र दोश्रोलाई ६ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै सि लेभलका लागि पहिलो पुरस्कार ३० हजार, दोश्रो २० हजार र सेमीफाइनलबाट बाहिरीने दुवैलाई पाँचपाँच हजार रुपियाँ नगद सहित…
नेकपा एमाले म्याग्दीले जिल्ला अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरे सँगै वडा अधिवेशनको तयारी थालेको छ । नेकपा एमालेको पश्चिम म्याग्दीको धवलागिरी गाउँ पालिकाकमिटीले चैत २२ गते देखि वडा अधिवेशन गर्ने भएको छ । नेकपा एमाले धवलागिरी गाउँ कमिटीका अध्यक्ष प्रगति कार्कीका अनुसार २२ गते लुलाङ, २३ गते मुना, २४ गते मुदी, २५ गते मराङ र ३० गते ताकममा वडा अधिवेशन गर्ने निर्णय भएको हो । नव निर्वाचित गाउँ कमिटीको दोश्रो बैठकले वडा अधिवेशनको मिति तय गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका पूर्व अध्यक्ष एवम् नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठले हरेक…