म्याग्दी जेसिजको सचीवालयमा बैशाख २२ गते सम्पन्न दोश्रो साधारण सभाबाट जेष्ठ १५ गते स्थापना दिवसको उपलक्ष्यमा जेसिज सप्ताह कार्यक्रम संचालन गरिने निर्णय भएएको छ । साधारण सभा म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षतमा संचालन गरिएको थियो । बैशाख ९ गते देखि १५ गते सम्म जेसिज सप्ताह कार्यक्रम म्याग्दी जेसिजका वरिष्ठ कार्यकारिणि उपाध्यक्ष दिनेश बिश्वकर्माको मुल संयोजकत्वमा हुने भएको छ । सप्ताहको पहिलो दिन ९ गते अन्तर माबि स्तरिय निवन्द लेखन प्रतियोगीता म्याग्दी जेसिजका कोषाध्यक्ष बिनोद घर्तिको संयोजकत्वमा हुने छ । त्यसैगरी दोश्रो दिन १० गते जेसिज गाउँ पुलाचौरमा युवा क्लव लक्षित प्राभावकारि भाषणकला तालिम हुने र त्यसको संयोजन धनमाया…
Author: Amrit Baskune
म्याग्दीको सदरमुकाम बेनीमा विपन्नको शिक्षादीक्षा र उपचारका लागि एक परिवारले आफ्नो दिवङ्गत पितृको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन्। बेनी नगरपालिका वडा नं ७ का स्वर्गीय गणेशलाल श्रेष्ठ, गणेशकुमारी श्रेष्ठ, डम्बरकुमारी श्रेष्ठ र भद्रकु्मारी श्रेष्ठको स्मृतिमा छोराहरूले ३ लाख ३ हजारको अक्षय कोष स्थापना गरिएको हो । भद्रकुमारी श्रेष्ठको वार्षिक तिथिको अवसरमा नेपाल भाषा मंकाखलमा आयोजित श्रद्धञ्जली सभा तथा अक्षय कोष कार्यक्रमका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षा तथा विपन्नको उपचारमा सहयोग गर्ने गरी कोषको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल भाषा मंकाखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले स्वर्गीय मुखिया गणेशलालले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजका लागि गरेको योगदानको चर्चा गर्नु भएको…
राष्ट्रिय युवा संघ नेपाल बेनी नगर पालीकाको चौथो युवा भेलाबाट सुजन थापाकाे संयोजकत्वमा बेनी नगरकमिटि गठन भएको छ । शुक्रबार भएको भेलाले सह संयोजकमा अनिस गौचन, सचिव राजन पुरी रहेको ११ सदस्यीय कमिटी गठन भएको छ । युवा संघ म्याग्दीका अध्यक्ष बिजय घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी उपाध्यक्ष प्रमोद श्रेषठ लगायतले बोल्नु भएको थियो । प्रतिश श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा युवा संघका सचिव सुसन किसानले स्वागत गर्नुभएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रर्बधनका लागि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुख सहितको ६० जनाको टोली प्रस्थान गरेको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजनामा अन्नपूर्ण म्याराथुनको समेत सम्भाब्यता अध्ययन गरिने छ । समुद्री सतहदेखि चार हजार एक सय ९० मिटरको उचाइमा पुगेर समन्वय बैठक समेत हुने छ । सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए। अन्नपूर्ण हिमालको प्रथम आरोही हर्जोगको नामबाट नामाकरण गरिएको नारच्याङ हुँदै आधारशिविर पुग्ने पदमार्ग, आश्रयस्थल, पुल लगायतका पूर्वाधार निर्माण…
बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिनुभएका सुहाङ नेम्वाङ अहिले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी हुनुभएको छ । ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गर्नुभएका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गर्नुभयो । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया जानुभएका सुहाङ कानुन विषय अध्ययनका लागि पुनः नेपाल फर्कनुभयो । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ शुरु गर्नुभयो । बीएएलएलबीको पढाइ सकेलगत्तै एलएलएम अध्ययन पूरा गरे पनि समय अभावले थेसिस बाँकी छ । आफूलाई जति आवश्यक छ त्यतिमात्र पढ्न मन पराउने सुहाङको…
म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारी संस्थाबाट ऋण नतिर्नेहरुलाई स्थानीय तहले दिने सिफारीस लगायतका सेवा सुविधा रोकिने बताउनुभएको छ । सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना तथा बेनी नगरपालिका र जिल्ला सहकारी संघको समन्वयमा बेनीमा भएको सहकारी ऐन नियमावली तथा समसामयीक विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख केसीले कसैको बहकाउमा लागेर होस या बदनियतले ऋण तिरेको छैन भने त्यस्ता ऋणीले स्थानीय तहबाट प्रदान गर्ने सेवा तथा सिफारिस रोकिने बताउनु भएको हो । उहाँले ऋण नतिर्नुको कारण र नियतका बारेमा सहकारी संस्थाहरुले आधिकारीक जानकारी गराएमा ऋण तिर्न अटर गर्नेहरुका लागि सबै प्रकारका सिफारिसहरु रोकिने बताउनुभयो । आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा…
-अन्जु शर्मा ” बैनीको पायल हो ?” रत्नपार्कबाट गौशलाको गाडी चढेर जाने क्रममा मैले उनलाई सोधेँ ।उनी झ्यालपट्टीको सिटमा पहिलेनै बसेकी थिइन् ।झ्यालबाट पर हेर्दै आनन्द लिइरहेकी उनी मेरो प्रश्न सुनेर पहिले खित्काएर हाँसिन्, अनि उल्टै प्रतिप्रश्न गरिन्। “तपाईंले मेरो नाम पायल भनेर कसरी थाहा पनउनुभयो?” भुूइंमा झरेको एउटा पायल मेरा हातमा थियो।अर्को उनकै खुट्टामा अल्झिरहेको।मलाई पनि राम्री केटी संग गफ गर्न आनन्दको स्वर्गीय अनुभूति भैरहेको थियो ।मेरो शरिरको आधा हिस्साले स्पर्शको चरम सुख लिदै थिए ।गाडी चारखाल आइपुगेछ।म ज्ञ्यानेश्वरमा झर्नु थियो ।त्यो बेला सम्म उनी पनि संगै थिइन् । ” बैनी तिम्रो खुट्टाको पायल झरेछ भनेको! ” मैले पायल…
नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको हो ।
कालिगण्डकी कोरिडोरमा सञ्चालित होटल व्यवसायीहरुको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्याउन तालिमको आयोजना गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित होटल व्यवसायी, होटलमा कार्यरत कामदार र कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । गलेश्वरस्थित होटल याकमा दुई दिनसम्म सञ्चालन हुने ‘स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी’ तालिमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले तालिमले कोरिडोर क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसायीहरुको क्षमता अभिवृद्धि भई गुणस्तरीय सेवा प्रवाहमा…
मगर जातिको कला संस्कृति संरक्षणको उद्देश्यसहित पुर्ख्यौली नाचका रूपमा रहेको मारुनी प्रतियोगिता आयोजना गरिएको छ । अन्नपूर्ण गाउँपालिकाद्वारा बिहीबारदेखि आयोजित सो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा आयोजित प्रतियोगितामा गाउँपालिकाका १२ समूहले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ६० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइमार्ने समूह, भाका तथा शब्द छनोट, पोसाक, अनुशासन जस्ता विधामा पुरस्कृत गरिने छ । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवकयुवती, बालबालिका र वृद्धवृद्धासमेतको उत्साहजनक सहभागिता रहेको छ । अन्नपूर्ण गाउँपालिका–२ का अध्यक्ष ओमप्रसाद फगामीका अनुसार मगर समुदायको मौलिक…