म्याग्दी जेसिजको सचीवालयमा बैशाख २२ गते सम्पन्न दोश्रो साधारण सभाबाट जेष्ठ १५ गते स्थापना दिवसको उपलक्ष्यमा जेसिज सप्ताह कार्यक्रम संचालन गरिने निर्णय भएएको छ । साधारण सभा म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षतमा संचालन गरिएको थियो ।
बैशाख ९ गते देखि १५ गते सम्म जेसिज सप्ताह कार्यक्रम म्याग्दी जेसिजका वरिष्ठ कार्यकारिणि उपाध्यक्ष दिनेश बिश्वकर्माको मुल संयोजकत्वमा हुने भएको छ । सप्ताहको पहिलो दिन ९ गते अन्तर माबि स्तरिय निवन्द लेखन प्रतियोगीता म्याग्दी जेसिजका कोषाध्यक्ष बिनोद घर्तिको संयोजकत्वमा हुने छ । त्यसैगरी दोश्रो दिन १० गते जेसिज गाउँ पुलाचौरमा युवा क्लव लक्षित प्राभावकारि भाषणकला तालिम हुने र त्यसको संयोजन धनमाया श्रेष्ठ रहनेछ । ११ गते सचिवालयमा पुस्तकालय स्थापना साधारण सदस्य डेकमाया केसीको संयोजकत्वमा हुने छ । १२ गते अन्तर मावि स्तरिय लोक नृत्य प्रतियोगिता कार्याकारिणि उपाध्यक्ष अमिर श्रेष्ठको संयोजकत्वमा, १३ गते मेरो स्कुल कार्यक्रम पौलस्त्य माबिमा आँखा स्वास्थ्य सचेतना तथा आँखा जाँच कार्यक्रम सुस्मिता बानियाँको संयोजकत्व मा हुने छ । १४ गते अन्तर जेसिज स्तरिय हाँजिरि जवाफ प्रतियोगिता जेसिजका निवर्तमान अध्यक्ष सुमन बानियाँको संयोजकत्वमा र सातौं दिन स्थापना दिवस तथा पुरष्कार बितरण कार्यक्रम जेसिजका महासचिव सज्जन श्रेष्ठको संयोजकत्वमा संचान गरिने म्याग्दी जेसिजका मेडिया म्यानेजर कपिल बानियाँले जानकारी दिए ।