जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसको अवसरमा म्याग्दीको सदरमुका बेनीबजारस्थित प्रवेशद्धार कालिपुल क्षेत्र सरसफाई गरिएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले कालिपुल क्षेत्र सरसफाई सहित बसपार्क आसपासका क्षेत्रको गुनासोलाई समाधान गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ । नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा, पूर्वमन्त्री नरदेबी पुन, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, बेनी नगरपालिकाका मेयर सुरत केसी लगायत नेता तथा कार्यकर्ताको उपस्थितीमा कालिपुलको प्रवेशद्वारदेखि बसपार्कसम्म सरसफाई गरिएको थियो । उक्त कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष सुबेदीले प्रवेशद्वार क्षेत्रमा देखिएको समस्या समाधान तथा बसपार्क हुदै गन्तब्यमा जाने यात्रुलाई सकारात्मक सन्देश दिने गतिविधि, होटलका…
Author: Amrit Baskune
रूपा पौडेल शाम्भवी घाम बनेर उदाएको छ प्रेम हावा बनेर फैलिएको छ प्रेम पानी भइ बगेको छ प्रेम सृष्टि , प्रकृति र रचनाले विशाल ब्रम्हाण्डको प्रेमको आलिंगनमा निरन्तरता पाइरहेका छन् युगौं- युगान्तरदेखि सृष्टिले जन्माएका प्रेमका फूलहरु प्रकृति भएर फुलिरहेका छन् जीवन भएर बगिरहेका छन् प्रेमको आलिंगनमा बाँधिएको प्रेम सुवास भएर फूलसंगै मिसिएको छ प्रकाश भएर जूनसंगै चम्किएको छ सास बनेर हावा संगै घोलिएको छ जीवन भएर धर्तीसंगै गाँसिएको छ । जीवन भित्रको जीवन मन भित्रको मन प्रेमका अनुभूतिहरुले सिचेका भावनाहरुसंगै दया,माया,करुणा,विश्वास थरी-थरीले फुलेका छन् निष्कपट प्रेम निश्चल प्रेम प्रेमको न्यानो स्पर्शले पग्लिएको प्रेमको संभोगले जन्मिएको ममतारुपी फूलहरुमा फक्रिएको सृष्टिकै सुन्दर…
सन्तोष कटुवाल ओमनमा रोजगारीको सिलसिलामा रहनु भएका उमर खानले चुलेसी नामक गीत बजारमा ल्याउनु भएकोमा यसपालि मौलिकता बोकेको गीत भाले बास्नाले बोलको गितको म्युजिक भिडियो छायांकन गर्नुभएको छ । म्युजिक भिडियोको सुटिङ ओमानमा सम्पन्न भइसकेको उहाँले जानकारी गराउनु भएको छ । भाले बास्नाले नामक गीतमा सूर्य गुरुङ तथा उमा गुरुङले अभिनय गर्नुभएको छ । सर्जक उमर खानले यसपटकको गितमा निर्देशन पनि आफै गर्नुभएको छ । क्यामरामा आफ्नो भुमिका निभाउँदै आउनुभएका सन्तोष कटुवालले उक्त गीतको छायांकन गर्नुभएको छ । यसपालि तमु समाज ओमान परिवारबाट धेरै साथ सपोर्ट पाएको जानकारी गराउनु भएका उमर खानले तमु समाज ओमन परिवारले गित संगितलाइ माथी पुगाउनका…
म्याग्दी जिल्लाकै पहिलो सामुदायिक क्याम्पस म्याग्दी बहुमुखी क्याम्पसको प्रमुखमा श्रीधर सुवेदीलाई चयन गरेर मंगलबार पदस्थापन गरिएको छ । क्याम्पस प्रमुख गोरखबहादुर जिसीको कार्यकाल सकिएपछि खुल्ला प्रतिस्पर्धाबाट चयन हुनुभएका सुवेदीलाई एक समारोहका बीच पदस्थापन गराइएको हो । पदस्थापनमा बोल्दै सुवेदीले आफ्नो तर्फबाट क्याम्पसलाई उच्च बिन्दुमा पु¥याउनका लागि प्रयास गर्ने बताउनुभयो । उहाँले म्याग्दीमा मेरो पहिलो घर भनेकै म्याग्दी क्याम्पस भएकाले यसको हित बिपरीत कुनै पनि कार्य नगर्ने र हुन पनि नदिने उहाँले जनाउनु भयो । २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पस जिल्लाकै शैक्षिक धरोहर भएकाले पनि यस संस्थाको उन्नती र संस्थाले पाएका उपलब्धीहरुको रक्षा गर्दै थप प्रगति तर्फ लैजानु पर्ने…
हिमाली जिल्ला म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता कुमारी सुन्दासले म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुभएको हो । छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको छ । बालबालिकाले जन्मेदेखि १५ महिना भित्र लगाउनुपर्ने सबै खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । सोमबार पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र म्याग्दीले प्राप्त गरेसँगै जिल्लामा कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको मान्न सकिने जिल्ला खोप समन्वय समितिका प्रमुख एवम् जिल्ला समन्वय प्रमुख राजकुमार थापाले बताउनुभयो…
दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालिग्राम शिलाको नामकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामकरण गर्न लागिएको हो । प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको धार्मिक एवम् पर्यटकीय स्थल मोदी बेणीधामसम्म रहेका सबैखाले शालग्राम शिलाको नामकरण गर्न लागिएको जनाएको हो । समितिका संयोजक तारा रेग्मी पाध्याले आगामी जेठ ६ गते श्रीकृष्ण मोहिनी एकादशी तिथिको अवसरमा एकदिने शालिग्राम महोत्सव आयोजना गरी सबै शिलामा देवी, देवता र भगवानका नामबाट नामकरण गरिने जानकारी दिनुभयो । उहाँले त्यस दिन प्रत्येक भक्तजनले एक सय आठ शिलामा भगवान नामोच्चारण…
नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो। आइतबार बसेको एमाले मधेश प्रदेश संसदीय दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिएको जानकारी नेता यादवले दिनुभएको हो। समर्थन फिर्ता लिएसँगै एमालेका ६ जना मन्त्रीलेसमेत राजीनामा दिएका छन्। आइतबार नै नेकपा (माओवादी केन्द्र)लेसमेत मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।
म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो । पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो । छ्यारछ्यारेमा पुल निर्माण भएपछि निस्कोटको दरबाङसँग सिधा यातायात सम्पर्क स्थापित भएको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । “१५ वर्षअघि सडकले जोडिए पनि निस्कोटमा बर्खामा यातायात सञ्चालन बन्द हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ ।” पूर्वाधार विकास…
ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम दिइएको छ । सार्वजनिक स्थानमा बोल्न नसक्दा अवसरबाट वञ्चित हुनुपरेको अवस्थाको समाधानका लागि हिमाली जिल्ला म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँमा भाषण कला तालिम आयोजना गरिएको थियो । तालिममा सहभागी रहेका महिलाहरूले आफूहरूमा भएको बोल्ने बानीको कमजोरीलाई विकास गर्नका लागि मालिका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मङ्गला गाउँपालिकाको सहयोगमा उद्घोषण, भाषणकला तथा नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरिएको थियो । शनिबार तालिम समापनका क्रममा मङ्गला गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष एकजित रोकाले समुदायमा पद अनुसारको जिम्मेवारी र विभिन्न सार्वजनिक कार्यक्रममा समेत भाषण गर्ने…
नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गर्नुहुने भएको छ । विश्व ब्याडमिन्टन महासङ्घ (बिडब्लुएफ) का अनुसार प्रिन्सलाई युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा सहभागिताको मौका दिइएको हो । यससँगै १९ वर्षीय प्रिन्स ब्याडमिन्टन खेलबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्नुहुनेछ । बिडब्लुएफले शनिबार अबेर जारी गरेको विज्ञप्ति अनुसार उहाँलाई एसियाको युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर दिइएको हो । फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ तारिखसम्म आयोजना हुने ओलम्पिकका लागि ब्याडमिन्टनमा विश्वका ४९ देशका एक सय ७२ खेलाडी छनोट भएका छन् । जसमा पेरिस ओलम्पिकमा प्रिन्सले पुरुष एकल स्पर्धामा प्रतिस्पर्धा गर्नुहुनेछ । प्रिन्सको ओलम्पिक सहभागिताबारे नेपाल ब्याडमिन्टन सङ्घ, नेपाल…