अमृत बास्कुने विश्वका जुनसुकै आन्दोलन तथा विकासमा महिलाहरुकै भूमिका निकै महत्वपूर्ण रहेको अखिल नेपाल महिला संघकी केन्द्रीय कमिटीकी सचिव नरदेवी पुनले बताउनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको नवौं जिल्ला सम्मेलनमा बोल्दै पुनले विश्वमा भएका हरेक युद्ध, क्रान्ति तथा आन्दोलन महिलाको सहभागिता बिना सफल नभएको स्मरण गराउनु भयो । नेपालमा भएका अहिले सम्मका आन्दोलनहरुको अगुवाइ गर्ने तथा तार्किक निश्कर्षमा पु¥याउन महिलाको साथ र समर्थन विना सम्भव नभएको उहाँको भनाई थियो । हाल सम्म भएका हरेक आन्दोलनमा महिलाहरुको पनि सक्रिय सहभागिता बिना सम्भव भएका थिएनन् । २००७ साल, २०४७ साल तथा २०६२÷०६३ को जनआन्दोलनमा महिलाहरुको सहभागिता उल्लेख्य भए पनि त्यसको…
Author: Amrit Baskune
हिरो मोटोकर्प कम्पनिको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । हिराो मोटोकर्पको बेनी स्थित अधिकृत विक्रेता चाँदनी अटो ट्रेडले हिरो जुम ११० स्कुटर आयात गरि बिक्री थालेको हो । चाँदनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले पुरानो स्कुटर सँग नयाँ एक्सचेन्ज अफर पनि र।हेको बताउनुभयो । हिरो जुम ११० झट्ट हेर्दा इलेक्ट्रीक स्कुटर भिडा जस्तै देखिन्छ । कम्पनिले जुम ११० को फ्रन्ट एप्रोनमा एक्स सेप एलईडी हेडल्याम्प दिइएको छ । यसको ह्याण्डलबार कौलमा नै सानो विण्ड स्क्रीन पाउन सकिन्छ । यसको ह्याण्ण्डलबारमा नै माउण्ट गरिएको हेलीजीन एलईडी बल्ब छ । त्यस्तै जुम ११० को रियरमा पनि एक्स–सेप…
म्याग्दी – महिला, बालबालिका तथा किशोरीमाथि भैरहेका लैङ्गिक, घरेलु, यौनजन्य र सामाजिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन थालिएको छ । समाजमा महिला, बालबालिका तथा किशोरीमाथि हुने विभिन्न प्रकृतिका घटनाहरुको न्यूनीकरण गर्नका लागि हिंसाविरुद्ध अभियान सञ्चालन गरिएको हो । यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवाहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको छ । राष्ट्रिय महिला आयोगको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा जिल्लास्थित सरोकारवाला निकायको उपस्थितिमा महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन अन्तत्र्रिmया सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले हिंसा निवारणको लागि व्यक्तिको…
अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने विश्वकप टी–२० क्रिकेटमा यसपालि २० टिमको सहभागिता रहेको छ । जसमध्ये नेपाल, आयोजक अमेरिका, क्यानडा, नामिबिया, स्कटल्यान्ड, ओमान, पपुआ न्युगिनी, युगान्डा र नेदरल्यान्ड्स जस्ता एसोसिएट राष्ट्रले पनि टी–२० को सबभन्दा ठुलो मञ्चमा प्रतिस्पर्धा गर्दै छन् । एसोसिएट टिममध्ये पनि नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानलाई हेर्नलायक टिमका रूपमा लिइएको छ । नेपाल विश्वकप टी–२० क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो । नेपालले एक दशकपछि विश्वकप खेल्दै छ । सन् २०१४ मा बङ्गलादेशमा नेपालले विश्वकप टी–२० क्रिकेटमा पदार्पण गरेको थियो । नेपालले आइसिसी पुरुष टी–२० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर अमेरिका र वेस्ट इन्डिजको टिकट…
कला र संस्कृतिको संरक्षणसँगै गाउँघरमा आइपर्ने सामाजिक कार्यमा मादल बजाउनेको अभाव भएपछि महिलाहरुलाई तालिम दिइएको छ । मेला पर्वको साथमा भजनकिर्तन, देउसीभैलो, रत्यौलीलगायत विविध सांस्कृतिक कार्यक्रमहरुमा मादले खोज्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि तालिम सञ्चालन गरिएको हो । यसैक्रममा म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाले महिलाहरुलाई मादल सिप सिकाइ सम्बन्धी तालिम प्रदान गरेको छ । गाउँघरमा आवश्यक पर्दा उनीहरुलाई मादल बजाउन सिकाएर दक्ष बनाउन वडाले एक हप्ताको तालिम दिएको जनाएको छ । वडाको महिलालक्षित कार्यक्रमअन्तर्गत गएको वैशाख ३० गतेदेखि यही जेठको पहिलो सातासम्म मादल बजाउने तालिम सञ्चालन गरिएको थियो । प्रशिक्षक, कलाकार एवं पत्रकार कृष्णबहादुर जिसीले समुदायमा प्रचलित अति आवश्यक झ्याउरे ताल र…
जोमसोम : उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकाको तिब्बती भूमि लिजीमा तिब्बती व्यापारीहरूको व्यावसायिक स्टलसँगै उपल्लो मुस्ताङीले समेत व्यावसायिक स्टल राखेका छन्। चीन पक्षले उपल्लो मुस्ताङीलाई त्यहाँ आएर व्यापार गर्न मार्ग प्रशस्त गरेसँगै कोरला नाकाको तिब्बती भूमि लिजीमा नेपाल पक्षबाट मुस्ताङीले स्टल राखेर व्यापार गर्न सुरु गरेका हुन्। कोरोना कहरको जोखिम देखाउँदै चीन पक्षले लगातार ४ वर्षसम्म बन्द गरेको कोरला नाका गत कात्तिक २७ गते औपचारिक रुपमा खुल्ला गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण लगत्तै खुला गरिएको कोरला नाकामा उपल्लो मुस्ताङीले मात्रै सीमापार अनुमतिपत्र पाएका छन्। नाका खुलेसँगै उपल्लो मुस्ताङका नागरिकले चीनको लिजी पुगेर दैनिक उपभोग्य…
म्याग्दीको सदरमुकाम बेनी न्यूरोडमा अवस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी शाखाले बेनी अस्पताललाई दुई थान यूरोगार्ड सहयोग गरेको छ । आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीलाई शुद्ध खानेपानी वितरणका लागि शाखा प्रबन्धक सुमित सुबेदीले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अञ्जु थापालाई हस्तान्तरण गरे । अस्पतालका प्रत्येक यूनिटमा चेकजाँचका लागि आउने बिरामीलाई सहज हुने गरी ३४ हजार बराबरको सहयोग गरिएको शाखा प्रबन्धक सुबेदीले बताए । बैंकले वित्तिय कारोबारसँगै वित्तिय साक्षरता, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरेको प्रबन्धक सुबेदीको भनाई थियो । सहयोग हस्तान्तरण कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुबेदी, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण…
नेकपा एमाले मुस्ताङको आठौं जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका २ मार्फाका दिपक लालचन सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार जोमसोममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको अधिवेशनको बन्दसत्रले लालचनको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा छेवाङ रिन्जिङ गुरुङ, सचिवमा तीलक बिक र उपसचिवमा मायाँ गुरुङ र सम्राट गौचन रहेको ३१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । त्यस्तै लेखा समिति संयोजकमा प्रेस चौतारी मुस्ताङको अध्यक्ष समेत रहनुभएकी सुनदेवी रसाइली चयन हुनुभएको छ । कमिटिको सदस्यहरुमा रमेश गुरुङ, छाङरिङजिङ गुरुङ, कउन्गा तेन्जीङ गुरुङ, ढिकी गुरुङ, गोविन्द बिष्ट, जमुना गताने, बिजय थकाली, सन्जीत्र गुरुङ, पेमा छेतेन बिक,…
नगरपालिका वडा नं २ ज्यामरुककोटमा शनिवार ९आज० सम्पन्न निःशुल्क आँदा शिविरमा एकसय २५ जना लाभान्वित भएका छन् । ज्यामरुककोटको सानालेख स्थित लेखसाइड युवा क्लवले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षिय जमानसिंह घिमिरेको आँखा जाँच गर्दै बागलुङका नेत्र रोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो । शिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना विरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको क्लवका अध्यक्ष धु्रव थापाले जानकारी दिनुभयो । शिविरले स्थानीय वृद्ध वृद्धादेखि अशक्त, अपाङ्गता र बालबालिका तथा वयस्क सबै उमेर समूहले आँखा उपचारको अवसर पाएको उहाँको भनाइरहेको छ । शिविरले आँखाको समस्या भएका बालबालिकादेखि वृद्ध…
नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आयोजित १० दिने प्रशिक्षण् शनिबार समापन गरिएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षणको समापन गदैं गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलाडीको प्रतिभा पहिचान र अवसरका लागि प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । ‘भलिबल क्षेत्रमा म्याग्दीले फड्को मारेको छ, विद्यालयस्तरबाटै हुने प्रशिक्षणले प्रतिभाको पहिचान र अवसरका लागि सहज भएको छ’ सदस्य सचिव शर्माले भन्नुभयो । खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषद्ले ‘खेल्छ गण्डकी’…