हिरो मोटोकर्प कम्पनिको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । हिराो मोटोकर्पको बेनी स्थित अधिकृत विक्रेता चाँदनी अटो ट्रेडले हिरो जुम ११० स्कुटर आयात गरि बिक्री थालेको हो । चाँदनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले पुरानो स्कुटर सँग नयाँ एक्सचेन्ज अफर पनि र।हेको बताउनुभयो । हिरो जुम ११० झट्ट हेर्दा इलेक्ट्रीक स्कुटर भिडा जस्तै देखिन्छ । कम्पनिले जुम ११० को फ्रन्ट एप्रोनमा एक्स सेप एलईडी हेडल्याम्प दिइएको छ । यसको ह्याण्डलबार कौलमा नै सानो विण्ड स्क्रीन पाउन सकिन्छ । यसको ह्याण्ण्डलबारमा नै माउण्ट गरिएको हेलीजीन एलईडी बल्ब छ ।
त्यस्तै जुम ११० को रियरमा पनि एक्स–सेप एलइडी टेली लाइट रहेको छ । यसको टेलल्याम्प डिजाइन र हेडल्याम्पको डिजाइन भने फरक देखिन्छ । यसको हेडल्याम्पमा भने कारमा हुने कर्नरिङ लाइट फिचर समेत दिइएको छ ।
हिरो जुम कम्पनिले स्मार्ट कनेक्ट फिचर दिएको छ । यसमा लाइभ ट्रयाकिङ, स्पीड अलर्ट, जिओफेस अलर्ट, टोपल अलर्ट, ट्रिप एनालाइसेस जस्ता धेरै फिचर प्रयोग गर्न सकिन्छ । हिरोलेजुम स्कुटरमा ११०.९ सिसी सिंगल सिलिण्डर एफआइ इन्जिन दिएको छ । उक्त इन्जिनको अधिकतम ७५०० आरपीएममा ८.०५ बिएच पावर तथा ५५०० आरपीएम ८.७५ एनएम टर्क जेनेरेट गर्छ ।
भारतीय बजारमा तीन भेरियन्टमा उपलब्ध हिरो जुम ११० स्कुटर ५ वटा फरक रंगमा उपलब्ध छन् । तीन भेरियन्ट मध्ये हिरो जुम भिएक्स र जेडएक्स भेरियन्ट नेपालमा उपलब्ध छन् । सिजी मोटर्सले दुई भेरियन्टको मुल्य क्रमशः २ लाख ४९ हजार ९०० र दुई लाख ५९ हजार ९०० मुल्य तोकेको छ ।