Author: Amrit Baskune

अमृत बास्कुने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरी एरिया अन्तरगत बेनी शाखाबाट मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) २०२५ को लागि दिइएको लक्ष्य दुई जनाले आधा वर्षमै प्राप्त गर्नुभएको छ । लक्ष्य प्राप्त गर्नु हुनेमा म्याग्दीकी बिना खड्का र सञ्जु बरुवाल रहनुभएको छ । उहाँहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दिएको प्रथम बिमा शुल्क ४७ लाख माथिको लक्ष्यलाइ हासिल गर्नुभएको धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले जानकारी दिनुभयो । एमडिआरटी एचिभ गरेका बरुवाल र खड्कालाई बेनीमा सम्मान सहित केक काटेर खुशीयाली मनाउनुका साथै खादा ओडार सम्मान गरिएको थियो । जनवरी देखि डिसेम्बरसम्म १२ महिनाको अवधिको बीमा व्यवसायको आधारमा योग्य ठहरिने भएकाले डिसेम्बर…

Read More

एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले पराजित गरेको छ। अघिल्ला दुई खेलमा लगातार पराजित भएको नेपालले अन्तिम खेलमा रोचक जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले  सर्वाधिक ३७ रन बनाउनुभयो भने बिन्दु रावलले २० रन जोड्नुभयो। ११३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का डेभलपमेन्टका लागि भी बालासूर्याले सर्वाधिक ३८ रन जोड्नुभयो भने आर नेथ्रान्जलीले २६ रन बनाउनुभयो। श्रीलङ्का एक बल खेल्न बाँकी हुँदा श्रीलङ्का अलआउट भएको थियो। नेपालका लागि कविता जोशीले तीन विकेट लिनुभयो भने कृतिका मरासिनीले दुई विकेट…

Read More

चितवन, साउन १ गते । चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । गत जेठ १८ गते स्वास्थ्य बिमा बोर्ड र अस्पतालबिच सम्झौता भएपछि आज (मङ्गलबार) अर्थात् साउन १ गतेबाट सो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षदेखि रोकिएको थियो । नयाँ मेडिकल कलेजले सेवा दिन थालेपछि चितवनमा स्वास्थ्य बिमा सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको सङ्ख्या १३ पुगेको छ । अस्पतालले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले गुणस्तरीय स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँचको सुनिश्चितताका लागि बीमा कार्यक्रम पुनः थालिएको जानकारी दिनुभयो । सामान्य नागरिकका लागि बिमा सुविधा निकै प्रभावकारी रहेको…

Read More

नेकपा एमाले धवलागिरी गाउँपालिका कामिटीले हालै सार्वजनिक भएको एसइइ नतिजामा उत्कृष्ट स्थान हासिल गर्ने बिद्यार्थीलाइ नगद सहित सम्मान गरेको छ । धवलागिरी गाउँपालिका मुदिको बुद्धि बिकास माध्यमिक विद्यालयबाट परिक्षामा सहभागी भइ 3.8 जिपिए सहित उत्तिर्ण हुन सफल बिद्यार्थि कुमार बिकलाइ नगद सहित सम्मान गरिएको एमाले धवलागिरी गाउँकमिटिका अध्यक्ष प्रगति कार्कीले जानकारी दिनुभयो । एमालेले सम्मान सहित नगद तीन हजारु समेत प्रदान गरेको थियो ।

Read More

रघुगंगा गाउँपालिका–४ दग्नाममा जनता माध्यमिक विद्यालयको भवन पर्खाल सहित भत्किदा विद्यालय संगै रहेको इन्द्रमान थजालीको घर पूर्ण रुपमा क्षती भएको छ । जनता माध्यमिक विद्यालय दग्नामका शिक्षक गुन पुनका अनुसार विद्यालयको भवन भत्किदा छिमेकी थजालीको घर पूर्ण रुपले क्षती भएको हो । बिहान उज्यालो भै सके पछि विद्यालयको पर्खाल भत्किएको हुनाले अन्य कुनै हताहती नभएको भए पनि घर पूर्ण रुपमा क्षती भएको छ । रघुगंगा गाउँपालिका– २ का झलक शर्माका अनुसार इन्द्रमानकी बुहारी अशु थजाली र नाती गेनीस थजाली सामान्य घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार विद्यालयको तीन कोठे कच्ची भवन…

Read More

मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। मंगलबार पर्वतको जलजला गाउँपालिकाको आयोजनामा पर्वतबेनीमा सम्पन्न भएको विपद् ब्यवस्थापन लगायत साझा सरोकारका विषयमा अन्तर निकाय समन्वय गोष्ठीमा सहभागि स्थानीय तहका प्रमुखले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा अन्तरपालिका अनुभव आदानप्रदान र सहकार्य अति आवश्यक रहेको बताएका थिए । बैठकमा जिल्ला समन्वय समिति बागलुङका समन्वय प्रमुख अमर बहादुर थापाले विपद्का घटनामा स्थानीय सरकारको सहकार्य प्रभावकारी हुने र क्षती न्यूनिकरण र रोकथामका अभियानमा सफलता मिल्ने बताएका थिए । उनले सामुहिक प्रत्यत्नबाट मात्रै विपद्का घटना न्यूनीकरण र प्रतिकार्य प्रभावकारी बनाउन सकिने धारणा राखेका थिए ।बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ, बेनी नगरपालिकाकी उपमेयर ज्योति…

Read More

नेकपा एमाले म्याग्दीले ‘मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्य’ लाई प्रभावकारी बनाउन जिल्लास्तरीय ‘क्विक रेस्पोन्स टिम’ बनाएको छ । मंगलबार पार्टी कार्यालय हाँडेभीरमा आयोजित बैठकमा वर्षायाममा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावितलाई सघाउने उद्देश्यले रेस्पोन्स टिम गठन गरिएको हो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीको संयोजकत्वमा गठन भएको ‘क्विक रेस्पोन्स टिम’मा पदाधिकारी, जिल्ला कमिटी सदस्य, गाउँपालिका कमिटीका अध्यक्ष, विभिन्न जनसङ्गठनका प्रमुखहरूलाई राखिएको छ । क्विक रेस्पोन्स टिम’ले जिल्ला, पालिका र वडास्तरसम्मको संयन्त्रलाई परिचालन गर्ने नेकपा एमालेका अध्यक्ष सुबेदीको भनाई छ । ‘विपद्को पूर्वतयारी र प्रतिकार्यमा राज्यसँग हातेमालो पनि गछौं, हामीले वडास्तरसम्म पार्टीका जनशक्ती परिचालन गरी तत्काल राहत तथा उद्धारमा जुट्नेछौ’ अध्यक्ष…

Read More

“ज्वाईं त चिचिला रछन्,कसरी जन्मिन्छ छोरा ?” म खित्काउदै घर भित्र पसें। जमना पनि साच्चिकै अचम्मको रहेछ।संझिदा पनि कहिले लाज लाग्छ त कहिले रिस उठेर आउँछ।हुनत: म प्रकृतिको सुन्दर रचना हुँ।मलाई मानवीय अप्राकृतिक ब्यवहार प्रति खेद हुन पनि नितान्त स्वभाविक हो ।म पध्र बर्षकी भैसकेकी थिएं।त्यसमाथि पनि पाँच दिदीबहिनीकि कान्छी बहिनी ।उबेला बिहे छिटो गर्ने चलन थियोे।मेरा साथी संगी सबै श्रीमानका भैसकेका थिए ।कोही त बच्चाका आमा नै भैसकेका थिए ।मलाई चाहिँ भिनाजुहरूले जिस्काउने मात्र। साली के छ त विचार” कि भेना संग बिहे गर्ने ?” म भित्रभित्रै कुँडिन्थे।” किन मेरो बिहे नगरिदिएका ?” बाआमा संग पनि मनमनै रिसाउथें।मलाई साच्चै…

Read More

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । आइतवार सङ्घीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो आग्रह गरेको हो । सरकार अल्पमतमा परेकाले अविलम्ब राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डसँग एमालेले आग्रह गरेको हो । यता प्रधानमन्त्री ‘प्रचण्ड’ ले आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । काँग्रेससँगको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले प्रधानमन्त्री प्रचण्डलाई तत्काल मार्गप्रशस्त गर्न भनेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले…

Read More

लगातारको वर्षापछि आएको पहिरोले सडक अबरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङका सबै नाका बन्द भएको छ । मुस्ताङका लागि पोखरा–जोमसोम हवाइ र बेनी–जोमसोम सडक मार्ग मार्फत जोडीने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ । बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडकको सोझो यातायात सेवा रघुगंगा गाउँपालिका–२ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अबरुद्ध भएको छ । बिहीबार देखि नै पहिरो झर्न थालेपछि शुक्रबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानै देखि भने पुरै बन्द भएको छ । रघुगंगा गाउँपालिका–२ राखुका युवा झलक शर्माका अनुसार बेनी–जोमसोम सडक यात्रा जोखिमपूर्ण रहेको छ । धेरै ठाउँहरुमा पहिरो झर्ने हुँदा यात्रा…

Read More