Author: Amrit Baskune

अमृत बास्कुने साउन ६ गते । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार पुजा तथा दर्शनका लागि आउने भक्तजनका लागि आवश्यक पर्ने सबै व्यवस्थापन भै सकेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले बिहान ५ बजे बाटै पुजाअर्चनाका लागि बन्दोबस्त मलिाएको अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘बिहान नित्यपुजा पछि भक्तजनका लागि पाँच बजे भन्दा पनि पहिलाबाट नै मन्दीर खुला हुनेछ ।’ मन्दीरका मुल पुजारी चन्द्रमणी आचार्यले सबै नित्य पुजा सकेर बिहान पाँच बजे भन्दा पनि अगाडी नै भक्तजनलाई मन्दिर दर्शनका लागि आवश्यक प्रवन्ध मिलाइने बताउनुभयो । उहाँले भन्नुभयो–गलेश्वरमा हुने नियमित पुजा पछि भक्तजनको पुजाका लागि…

Read More

काठमाडौँ, साउन ६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले  जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीउपर कारबाही गरिने बताउनुभएको छ। प्रतिनिधिसभामा आइतबार विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताउनुभयो। उहाँले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पार्नुभयो। भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने प्रधानमन्त्री ओलीको भनाइ छ। सरकारले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिने र सहकारी ठगलाई कानुनको कठघरामा उभ्याएरै छाड्ने उहाँले  प्रतिबद्धता व्यक्त गर्नुभयो।

Read More

जिल्ला प्रहरी कार्यालय म्याग्दीले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट साढे १० हजार जना म्याग्दीवासी लाभान्वित भएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लघु सचेतना कार्यक्रम तथा ग्रामीण गस्तीबाट ४ सय ६७ वटा कार्यक्रममार्फत १० हजार ४ सय ९४ जना लाभान्वित भएका हुन् भने ३ सय ३३ पटक ग्रामीण गस्ती गरिएको छ । आज (शनिवार) जिल्ला प्रहरी कार्यालय म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कार्यालयबाट सम्पादित चौथो त्रैमासिक कार्यप्रगति विवरणहरु सार्वजनिक गरेको छ । सार्वजनिक भएको प्रगति विवरणअनुसार पछिल्लो तीन महिनाको अवधिमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको हो । सो अवधिमा जिल्ला प्रहरी कार्यालयमा ३९ वटा मुद्दा दर्ता…

Read More

अमृत बास्कुने हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमै सञ्चालित औषधिपसल तथा स्वास्थ्य सेवा दिने संस्थाहरु वर्षौं देखि मनोमानी तबरले सञ्चालनमा रहेका छन् । राज्यको निकायबाट पटकपटक अनुगमन गर्ने र सुझाब दिने गरेको भए पनि उनीहरुमो कुनै तात्विक फरक देखिएको छैन । पछिल्लो पटक स्वास्थ्य कार्यालय म्याग्दीले अनुगमन गर्दा भेटिएका समस्याहरु नै विगत लामो समय देखि देखिदै आएका समस्या हुन् । स्वास्थ्य कार्यालय म्याग्दीले अनुगमन गर्दा स्वास्थ्य संस्थाहरुमाा धेरै समस्या पाइएको भए पनि निश्चित सुधारका लागि निर्देशन गरिएको कार्यालयको भनाई छ । स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीको अगुवाइमा भएको अनुगमनमा बेनी अस्पतालका मेडिकिल अधिकृत डाक्टर रामु सापकोटा, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्र…

Read More

अमृत बास्कुने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबाको कहालीलाग्दो पहरामा ज्यानको बाजी लगाएर स्थानीय युवाले मह सिकार गरेका छन् । स्थानीय राम्जा टोलका विकास पुन, बेग राम्जाली, कोपिल पुन, देवेन्द्र पुर्जा र बेग पुनलगायत १७ जनाको टोलीले यो असारमा भिर मौरीको मह सिकार गरेका हुन् । निकै जोखिमपूर्ण रहेको भिरको मह सिकार गर्न आफ्नो ढाडमा डोरी बाँधी झुन्डिएर मह सिकारका लागि स्थानीय प्रविधिबाट तयार गरिएको बाँसको चोया र काठ प्रयोग गरी बनाइएको लामो भ-याङ (स्थानीय भाषामा पराङ) मा झुन्डिएर मह काढ्ने गरेका छन् । दोबाको राम्जा पुनटोल समूहबाट यस वर्ष मह सिकार गर्ने पालो परेको थियो । टोलीका सदस्य विकास पुनले…

Read More

हिमाली जिल्ला म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित रहेको जेष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी सभाहल निर्माण गरिएको छ । बेनी नगरपालिका –९, मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभा हल निर्माण गरिएको सभाहलको शुक्रबार उद्घाटन गरिएको हो । आश्रममा रहेका ज्येष्ठ नागरिकलाई विश्रामस्थल, धार्मिक गतिविधि, भेला तथा भेटघाट र विभिन्न कार्यक्रम गर्न मिल्ने बहुउद्देश्यीय तबरले निर्माण गरिएको सो हलका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ लाख र ज्येष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६ सय ५० रुपियाँ गरी कुल १८ लाख ४९ हजार ६ सय पचास रुपियाँ लागतमा निर्माण सम्पन्न…

Read More

म्याग्दीका कृषकले पालेका एक लाख १३ हजार पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धि गर्न जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप अभियान सञ्चालन गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत एक लाख १३ हजार तीन सय ११ गाईभैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्धको छ प्रकारका खोप लगाइएको केन्द्रका पशुसेवा प्राविधिक गणेश रिजालले जानकारी दिनुभयो । १५ हजार एक सय ९८ गाई र २३ हजार दुई सय ७१ भैँसीलाई खोरेत विरुद्धको एफएमडी र आठ हजार छ सय गाईगोरुलाई लम्पी स्किन विरुद्धको…

Read More

म्याग्दी बेनी नगरपालिका–४,बास्कुनाका लालबहादुर केसीले बिहिबार गैर–आवासीय नेपाली नागरिकता लिएका छन् । न्यूजिल्यान्डका सफल नेपाली ब्यवसायी समेत रहेका एनआरएनए न्यूजिल्यान्डका अध्यक्ष केसीलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गैर आवासीय नागरिकता हस्तान्तरण गरेका थिए । केसी न्यूजिल्याण्डमा रहेका म्याग्देलीमध्ये एनआरएनको नागरिकता लिने पहिलो ब्यक्ति हुन । गत बर्षको जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैर आवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो। एनआरएन नागरिकतामा राजनीतिक अधिकार बाहेक बंसजको नागरिकतामा हुने सबै अधिकार प्राप्त गर्नेछन् । एनआरएन नागरिकताको सुविधाले अबका दिनमा विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीहरूबाट ठूलो मात्रामा धनसम्पत्ती नेपालमा भित्रिने छ र लगानी…

Read More

अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा इन्सेक गण्डकी प्रदेश कार्यालय अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधि र कास्कीस्थित मानव अधिकारकर्मीहरुले दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न ०८१ साउन २ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक कास्की जिल्ला प्रतिनिधि सञ्जय रानाभाटका अनुसार अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारलाई कास्कीका मानव अधिकारकर्मीहरूले ०८१ साउन २ गते आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेल, शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्की संयोजक विना सिलवाल,…

Read More

अमृत बास्कुने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरी एरिया अन्तरगत बेनी शाखाबाट मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) २०२५ को लागि दिइएको लक्ष्य दुई जनाले आधा वर्षमै प्राप्त गर्नुभएको छ । लक्ष्य प्राप्त गर्नु हुनेमा म्याग्दीकी बिना खड्का र सञ्जु बरुवाल रहनुभएको छ । उहाँहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दिएको प्रथम बिमा शुल्क ४७ लाख माथिको लक्ष्यलाइ हासिल गर्नुभएको धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले जानकारी दिनुभयो । एमडिआरटी एचिभ गरेका बरुवाल र खड्कालाई बेनीमा सम्मान सहित केक काटेर खुशीयाली मनाउनुका साथै खादा ओडार सम्मान गरिएको थियो । जनवरी देखि डिसेम्बरसम्म १२ महिनाको अवधिको बीमा व्यवसायको आधारमा योग्य ठहरिने भएकाले डिसेम्बर…

Read More