Author: Amrit Baskune

म्याग्दी जिल्लाकै पहिला क्याम्पस म्याग्दी बहुमुखी क्याम्पसले नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते गोष्ठी गर्ने भएको छ । पहिलोपटक उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गर्न लागिएको हो । क्याम्पस प्राङ्गणमा हुने गोष्ठी समग्र उच्च शिक्षाका क्षेत्रमा केन्द्रित हुने बताइएको छ । म्याग्दी वहुमुखी क्याम्पसले बेनीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा साउन ३२ र भदौ १ गते हुने गोष्ठीमा उच्च शिक्षाका लागि योग्य, दक्ष जनशक्ती आपूर्ति, विकास र परिचालन सँगै स्थानीय तहमा नीति निर्माणलाई समेत सहज हुने गरी विभिन्न विषयमा केन्द्रित भएर छलफल र…

Read More

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग र वडा नम्बर-५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ। दुईवटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो। पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र सञ्जिव उज्वल जेभीबीच २०८० साउनमा ९३ लाख ५० हजार ४८६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए। ‘उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्याङ्कन र ठेक्का टुङ्गाउन बाँकी छ,’ उनले भने ‘यस पुलले स्थानीयवासीलाई आवतजावतका लागि…

Read More

हिमाली जिल्ला म्याग्दीको बेनीमा रहेको एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीले सदरमुकाम बेनीमा विद्यार्थीलाई वैदेशिक शिक्षा सम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले यही आउँदो शनिबार एक दिने एजुकेशन फेयर आयोजना गर्न लागेको छ । शैक्षिक परामर्श दिने अग्रणि संस्थाको पहिचान बनाएको एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीले वैदेशिक अध्ययनका लागि जाने बिद्यार्थीहरुको चाहनालाइ मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरेको जनाएको छ । यही २०८१ साउन २६ गते  (२०२४अगष्ट १०) अर्थात आउने शनिबार बेनी बजारको बिरेन्द्रचोकमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने शैक्षीक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड, दक्षिण कोरिया र यूरोपका बिभिन्न विश्वविद्यालयका बारेमा जानकारी दिइने एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सी म्याग्दी शाखाका…

Read More

काठमाडौं, साउन २२ । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले प्रेस चौतारी नेपालको राससको करार पत्रकारबारेमा ज्ञापन पत्र बुझ्दै उहाँले राससमा करार श्रमजीवि पत्रकारमा देखिएको समस्या समाधान चाँडै नै पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा गएको टोलीले रासस करार (विशेष समाचारदाता) का समस्याबारे संचारमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाएको थियो । करिव २० बर्षदेखि काम गर्दै आएका राससका पत्रकारलाई व्यवस्थापन पक्षले न्यून तलवमा काम लगाउँदै आएको थियो । आफूलाई श्रमजीविका नेता धर्मेन्द्र झा अध्यक्ष र सिद्धराज…

Read More

नेपालमा बंगलादेशमा जस्तै हुँदैन, नेपालमा नेपालमा जस्तै हुन्छ । • सन् १७५७ मा व्रिटिस साम्राज्य छिर्नु भन्दा पहिले अहिलेका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, नेपाल लगायतमा तमाम साना -साना स्वतन्त्र राज्यहरू थिए । • सन् १७५७ देखि १९४७ सम्म नेपाल (अहिलेको, पहिलेको नेपालको केही भाग गुमेको छ ) बाहेक अन्य मुलुकको भू-भागमा अंग्रेज शासन चल्यो । • दोस्रो विश्वयुद्ध पछि सन् १९४७ मा ती देशहरूको भु-भाग अंग्रेजबाट स्वतन्त्र भए पछि मुलतः एकिकृत भारत (अहिलेको भारत, पाकिस्तान र बंगलादेश ) एउटै स्वतन्त्र देशका रुपमा रहन नसक्ने अवस्थामा पुगे । यसको मुख्य कारण मुस्लिम बाहुल्यता भएको क्षेत्र पुर्वी पाकिस्तान (अहिलेको बंगलादेश )…

Read More

अमेरिकी राष्ट्रपति जो वाइडेन राष्ट्रपतीय दौडबाट पन्छिएर उपराष्ट्रपति कमला ह्यारिसको समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अमेरिकी राष्ट्रपति निर्वाचनको राजनीतिले एकाएक कोल्टे फेरेको छ । अब विश्वको शक्तिशाली राष्ट्रपतिको दौडमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कडा मुकाबिला हुने अनुमान गरिएको छ । गत शुक्रबार डेमोक्रेटिक पार्टीका बहुमत डेलिगेट्सले कमलालाई नै पार्टीको आधिकारिक उम्मेदवार तोकिसकेको छ र अगष्ट १९ तारिखमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले औपचारिकता मात्र दिनेछ । गत जून २७ तारिखमा सम्पन्न वाइडेन र ट्रम्पबिचको टेलिभिजन बहसमा वाइडेनको निराशाजनक प्रस्तुतिपछि पार्टी पङ्क्तिभित्र वाइडेनको खरो र तीखो आलोचना भएको थियो । यति मात्र होइन, शारीरिक र मानसिक…

Read More

म्याग्दीको बेनी नगरपालिका–५,पछैमा निर्माणधिन अवस्थामा रहेको रावण पार्क (उद्यान) परिसरमा राखिने रावणको ६ मिटर अग्लो मूर्तिको खुट्टा पार्कभित्र त्रिपालले छोपेर राखिएको छ । बेनी नगरपालिकाको गौरवको परियोजनामा रावणको मुर्ती राख्ने विषयमा असहमति जनाउदैं हाल भारतमा बस्ने पर्वतका केदारनाथ दासले सर्वोच्चमा रिट दायर गरेपछि मुर्तीको शरीर र अनुहार ढुवानी रोकिएको छ । २०७७ सालमा सुरु भएको परियोजना अन्तरगत मुल मन्दिरभन्दा पर रावणको मुर्ती सहितको पार्क निर्माण गरेपनि कानुनी झन्झटमा फसेपछि अहिले महत्वपुर्ण काममा आएर रोकिएको छ । सर्वोच्च अदालतले रावण पार्क र प्रतिमा नराख्न दिएको अन्तरिक आदेश बिरुद्ध बेनी नगरपालिकाले पौराणिक तथ्य सहित अन्तरिम आदेश पुनरवलोकन (भ्याकेट) को निवेदनको तयारी सहित…

Read More

वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ । एथन जुडेलसन नाम गरेका एक यात्रीले टिकटकमा आफ्नो यो अनुभव शेयर गरेका छन् । भिडियोलाई १२ लाखभन्दा धेरै पटक हेरिएको छ । विमानमा उपस्थित चालक दलका सदस्यहरूले आकस्मिक अवतरणबारे खासै जानकारी दिएका थिएनन् । जसले गर्दा यात्रीहरू अक्क न बक्क परेका थिए । ‘मैले वरपर हेरेँ, कोही पनि विमानको भुँइमा थिएनन् न त कोही आत्तिएकै थिए । मलाई लाग्यो, त्यस्तो डरलाग्दो त केही पनि होइन रहेछ । हामी विमानबाट बाहिर निस्क्यौँ,’ जुडेल्सनले…

Read More

नेकपा एमाले म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित भएको जनप्रतिनिधिहरुको टोलिले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेल संग ११ बुँदे माग राखेका छन् । उनीहरुले राखेको मागको पहिलो बुँधामा बेनी, दर्वाङ्ग, ताकम जलजला ढोरपाटन रुकूम पूर्व सडक लाई संघीय सडक आयोजनामा समावेश गर्ने र उक्त सडक खण्डको फापर खेत पहिरोको कारण महिनौं सडक अवरुद्ध भएकाले फापरखेत स्थीत म्याग्दी नदिमा अविलम्ब बेली वृजको व्यवस्थापन गर्नु र्ने छ । त्यसपछि सदरमुकाम बेनी बजार संरक्षणको तटबन्ध आयोजनाको क्रमागत बजेट कटौती भएकोले यसैबर्ष क्रमागत बजेट व्यवस्थापन गर्नु पर्ने, म्याग्दी सदमुकाम बेनी देखी गाउँपालिका केन्द्र जोड्ने सडक आयोजना अन्तर्गत बेनी देखि रघुगंगा गा.पा. केन्द्र…

Read More

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा शुक्रबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ। धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीको मुख्य आयोजना र कागबेनी गाउँ समाजको सहआयोजनामा यार्तुङ महोत्सव सुरु भएको हो। यार्तुङ पर्व मुस्ताङमा बसोबास गर्ने गुरुङ, बिष्ट र लोवा समुदायका मानिसहरूले सदिंयौ वर्षदेखि मनाउँदै आएका छन्। यार्तुङको  शाब्दिक अर्थ यार भनेको बर्खायाम र तुङको अर्थ पर्व मनाउने भन्ने बुझिन्छ। पर्वको समयमा हिमाली समुदायका मानिसहरू आपसमा भेला हुने, राम्रो लगाउने, मीठो खानाका परिकार बनाएर खाने र आपसमा रमाइलो गर्ने धार्मिक तथा सांस्कृतिक प्रचलन छ। वडा स्तरीय रूपमा सञ्चालन हुने यार्तुङ महोत्सव अन्तर्गत यसवर्ष वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीको पालो परेको हो। ३ दिनसम्म सञ्चालन…

Read More