अमृत बास्कुने जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङले चाडपर्वको समयमा यात्रुहरुको सुरक्षा जोखिमलाई ध्यानमा राखी सडक दुर्घटना हुन नदिने उपाय अवलम्बन गर्ने तथा यात्रुहरुको जीउधनमा सुरक्षाको विशेष सर्तकता अपनाउने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लाको समग्र विषयवस्तुको अध्ययनका साथै समग्र जिल्लाको सुरक्षाका लागि तदारुकता देखाउने भएको हो । चाडवाडको समयमा सडक दुर्घटनालाई न्यूनिकरण गर्नुका साथै कुनै पनि प्रकारको विपद् तथा दुर्घटना भएमा तत्काल उद्धारका लागि सबै चुस्त अवस्थामा रहने निर्णय भएको छ । गर्मी तथा वर्षात्को समय सकिए सँगै जाडो र हिमपातको अवस्था सुरु हुने भएकाले पनि…
Author: Amrit Baskune
अमृत बास्कुने हिमाली जिल्ला म्याग्दीबाट फुटबल क्षेत्रमा पहिलो पटक आफ्नै जिल्लाको व्यक्ति एन्फाबाट लाइसन्स प्राप्त रेफ्री पाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको रेफ्री लेभल–४ कोर्ष उत्तिर्ण गरेर रघुगंगा गाउँपालिका–२ भगवतीका सागर परियार(पोग्वा)ले जिल्लाकै पहिलो रेफ्री बन्नु भएको हो । गएको सन २०२४ को अप्रिल २१–२७ सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गरिएको रेफ्री कोर्षका लागि सहभागी हुनुभएका सागरले कोर्षमा भएका हरेक इभेन्टमा सफलता हासिल गरे सँगै एन्फाको रेफ्री हुन सफल हुनुभएको हो । एन्फा र गण्डकी प्रदेश फुटबल संघको संयुक्त आयोजनामा आयोजना भएको उक्त कोर्षमा सहभागी भएका प्रदेशभरका फुटबल क्षेत्रका व्यक्तिहरुको सहभागितामा भएको उक्त…
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताउनुभयो । “जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज…
अमृत बास्कुने नेपाल कम्युनिष्ट पार्टी एमालेको लोमन्थाङमा भएको अधिवेशनले नयाँ कमिटी गठन गरेको हो । लोमन्थाङमा आयोजित नेकपा एमालेको दोश्रो पालिका अधिवेशनले सर्वसम्मत रुपमा पालिका कमिटी तथा वडा कमिटी समेत चयन गरेको छ । गाउँपालिकाको अधिवेशनबाट लाक्पा ओङ्दी गुरुङको अध्यक्षतामा पालिका कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा मिङग्युर गुरुङ, सचिव कर्म नाम्ग्याल गुरुङ, उपसचिवमा न्होर्चुङ गुरुङ र छिरिङ छेटिन गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा लाक्पा टसी गुरुङ, झिग्मी गुरुङ, नाम्जो गुरुङ, कुन्साङ गुरुङ, सोनामटसी गुरुङ, छुटिङ साङमो गुरुङ, छिरिङ गुरुङ, आङ्जेन गुरुङ, कुङ्गा गुरुङ, छिरिङ ढिण्डुक गुरुङ, कुङ्गा धोर्जे गुरुङ रहनु भएको छ । त्यस्तै ग्याचो गुरुङ, गोम्पो…
अमृत बास्कुने कास्कीको लेखनाथमा माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा जारी माछापुच्छ्रे क्रिकेट लिगको सिजन–३, मा म्याग्दीका खेलाडीहरुले आफ्नो क्षमतालाई प्रस्तुत गरी रहेका छन् । केही समय पहिला भएको खेलाडी अक्सनमा म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका खेलाडी जस्मीन थापाले आफ्नो दवदवा देखाएका थिए । उनलाई क्रिकेट लिगमा सहभागी तीन वटा क्लबहरुले बोली लगाएका थिए । लिग क्रिकेटमा सबै भन्दा धेरै मुल्य १० हजार रुपियाँमा खरिद गर्न पाउने प्रावधान रहेकोमा तीन वटा क्लबले जस्मीन प्रति चासो देखाए पछि गोलाप्रथाबाट उनले खेल्ने टिमको टुंगो लगाइएको थियो । रत्नेचौर क्रिकेट क्लबका खेलाडी जस्मीनले बागलुङ जिल्ला क्रिकेट संघको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने गरेका थिए ।…
अमृत बास्कुने सांग्रिला विकास बैंक जलजला पर्वत बेनी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका अनुसार जलजला गाउँपालिका–३ पर्वत बेनीमा रहेको बेनी बजार आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला बितरण गरिएको हो । विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई झोला प्रदान गरिएको थियो । विद्यालयको कक्षा १ का ५ कक्षा २ का ६ जना, कक्षा ३ मा अध्ययनरत ६ जनालाई झोला वितरण गरिएको थियो । त्यस्तै कक्षा ४ मा पढ्ने १० जना र कक्षा ५ मा पढ्ने ९ जनालाई झोला वितरण गरिएको थियो । झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा…
बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि इन्द्रेणी पार्कमा सुरु भएको वार्षिक साधारणसभाको प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । सांसद गर्बुजाले मोनाले जिल्लामा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले प्रवासमा सिकेका सिप ,पुँजी र प्रविधि जन्मभुमी जिल्लामा लगानी गर्न आग्रह गर्नुभयो । ‘‘जिल्लाको विकास र समृद्धिका लागि सबै एक हुन आवश्यक छ ,’’ सांसद गर्बुजाले भन्नुभयो,‘‘ जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानी गर्नुहोस् हामी पुर्वाधार लगायत आवश्यक वातावरण निर्माण गर्न सहयोग गर्नेछौं ।’’ आफु, प्रदेशसभा…
अमृत बास्कुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(एकीकृत माक्र्सवादी लेनिनबादी) जिल्ला कमिटी मुस्ताङले जिल्ला भित्रका स्थानीयतहको अधिवेशन शुरु गरेको छ । नेकपा(एमाले) मुस्ताङका सचिव तीलक बिकका अनुसार असोज १८ गते नेकपा एमाले लोघेकर दामोदर कुण्ड गाउँपालिका कमिटीको दोश्रो अधिवेशन चराङमा सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य चन्द्रमोहन गौचन, केन्द्रीय सल्लाहकार परिषद् सदस्य चन्द्रबहादुर गुरुङ, जिल्ला अध्यक्ष दिपक लालचन, सचिव तीलक गुरुङ, गण्डकी प्रदेश कमिटीका पूर्व सदस्य मायाँ बिष्ट लगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले टै आङ्ग्याल गुरुङको अध्यक्षतामा लोघेकर दामोदर कुण्ड गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा झिग्मी वाङ्दी विष्ट, सचिव छिरिङ कुन्साङ गुरुङ, उपसचिवमा…
सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेको छ। बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको जानकारी गराएको हो।दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ।बुधबार खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ। डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न सक्नेछन्।अमेरिकी दूतावासले अनलाइन फारम आफै भर्न अनुरोध गरेको छ। फारम भर्न यो लिंकमा हेर्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो ओगट्नुभएको हो । यसअघि दीपेन्द्र छैटौँ स्थानमा हुनुहुन्थ्यो । शीर्षस्थानमा इङ्गल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन हुनुहुन्छ । दीपेन्द्रको रेटिङ दुई सय ३० छ भने लिविगंस्टोनको दुई सय ५३रहेको छ । नेपालबाट अलराउन्डतर्फ गुलशन झाले एघार स्थान सुधार गर्नुभएको छ । यथा स्थानमा रहनुभएका कप्तान रोहितकुमार पौडेल र गुलशन ५३औँ स्थानमा हुनुहुन्छ । यस्तै कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६०औँ र कुशल मल्ल ४०औँ स्थानमा हुनुहुन्छ । ब्याटिङतर्फको दीपेन्द्र…