बेनी नगरपालिकाको १६ औं नगरसभाबाट १ करोड ६० लाख बजेट विनियोजन गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत शंसोधन गरी ४० नयाँ योजना र संसोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई न्यूनतम ९ लाख ५० हजार हजारदेखि ६ लाखसम्म बजेट विनियोजन गर्दै पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । नगरसभाबाट सडक मर्मत, पदमार्ग, बस्ती संरक्षण, स्वास्थ्यचौकी मर्मत, विपन्न आवास विस्तार,नाली तथा शैचालय निर्माण लगायतका विभिन्न योजनाहरू रहेका छन् । नगरसभामा नगरस्तरीय सम्भाब्यता अध्ययनका लागि ९ लाख…
Author: Amrit Baskune
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको स्कुल विभागको आयोजना तथा पालिका कमिटीको समन्वयमा जिल्लाका तीन वटा स्थानीय तहमा प्रशिक्षण शुरु भएको छ । शुक्रबार आरम्भ भएको प्रशिक्षण शनिबार सम्म चल्ने नेकपा एमाले म्याग्दीले जनाएको छ । बेनी नगरपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकामा शुक्रबार देखि प्रशिक्षण शुरु गरिएको हो । अन्य तीन वटा स्थानीयतहमा अर्को हप्ता प्रशिक्षण आयोजना गरिने पनि एमाले म्याग्दीले जनाएको छ । सदरमुकाम बेनी बजारमा शुरु भएको बेनी नगरपालिका स्तरीय प्रशिक्षण कार्यक्रमको नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले उद्घाटन गर्नुभएको थियो । मालिका गाउँपालिकामा आयोजित प्रशिक्षणको नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य भूपेन्द्रबहादुर थापा र…
सर्वोच्च अदालतले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा वडाध्यक्ष रहने प्रावधान कानून विपरीत भएको ठहर गरेको छ । काठमाण्डौ महानगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष स्वतः वडा अध्यक्ष हुने प्रावधान लागू गरेको थियो । यो प्रावधान सङ्घीय कानून विपरीत भएको अदालतले ठहर गरेको हो । महानगरको निर्णयको विरुद्धमा १७ वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले दायर गरेको रिट निवेदनमा सर्वोच्चले पालिकाको एकल अधिकार क्षेत्रको कानून बनाउँदा समेत सङ्घीय कानून प्रतिकूल हुन नहुने व्याख्या गरेको छ । संवैधानिक इजलासले गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा शिक्षासँग सम्बन्धित कानून बनाउँदा पालिकाले एकलौटी गर्न नमिल्ले उल्लेख छ । फैसलामा शिक्षा राष्ट्रिय महत्त्व र सरोकारको…
विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेलैमा निर्णय नगर्दा अहिले कक्षा ९ का विद्यार्थीको रजिस्ट्रेसन फाराम, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीका लागि आवश्यक पर्ने कक्षा १० को परीक्षा फाराम र कक्षा ११ मा अध्ययनरत विद्यार्थीका रजिस्ट्रेसन फाराममा विलम्ब भएका छन् । माध्यमिक तहको शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था कार्यान्वयन गर्ने हो भने सरकारी तहबाट नै सुरुवात गर्नुपर्ने आवाज उठेपछि यी शीर्षकमा शुल्क नलिने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ । मन्त्रालयबाट स्पष्ट निर्देशन नआएका कारण राष्ट्रिय परीक्षा…
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम रहेको स्थानीय तह हो बेनी नगरपालिका । यही बेनी म्याग्दी जिल्लाको एउटा मात्रै नगरपालिका हो । यस नगरपालिका साविकका रत्नेचौर, ज्यामरुककोट, भकिम्लि, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर १० वटा वडा सहितको नगरपालिका बनाइएको हो । ७६.२५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा २०७८ सालको जनगणना अनुसारको जनसंख्या ३३ हजार ६२ रहेको छ । यही नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा अन्य कार्यहरुको बारेमा के कस्ता कार्य भएका छन् र आगामी योजनाहरु के कस्ता रहेका छन् भन्ने विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मासँग रुप्सेका अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादित अंशः बेनी नगरपालिकामा हजुरको पुनः…
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटिल गार्डेन एकेडेमीले सोमबार २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले निजी विद्यालयहरुले कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई ६ वटाभन्दा धेरै किताब नबोकाउन र ६ पिरियड बढी कक्षा सञ्चालन नगर्न सुझाव दिनुभयो । उहाँले निजी शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुलाई राज्यले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार तीनसय रुपैयाँ उपलब्ध गराउनुपर्ने बताउँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । नगर प्रमुख केसीले विद्यालय उमेर समूहका बालबालिकाहरु विभिन्न प्रकृतिका कुलतहरुमा…
सर्वोच्च अदालतले नेकपा (एमाले) को पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने निर्णयविरुद्धको रिट खारेज गरेको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो । रिट खारेजसँगै जग्गाको स्वामित्व हस्तान्तरण र रोकिएको भवन निर्माण प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले रिट खारेज भएको तर लिखित आदेश तयार भइनसकेको जानकारी दिनुभयो । एमालेको पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी समूहका तर्फबाट कीर्तिपुर नगरपालिकामा जग्गा दान भएको थियो । सुरुमा दरपीठ भएको रिट सर्वोच्चको एकल इजलासको आदेशले दर्ता भएको थियो । भाटभटेनी समूहले १० रोपनी १४ आना…
नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ । भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका पदहरूमा भर्ना खुलेको जनाएको हो । मङ्सिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।
सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नति तथा कालोपत्रका लागि वि.सं. २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । आगामी चैतमा उक्त ठेक्का सम्झौताको समयावधि सकिँदै छ । वि.सं. २०५६ मा ट्र्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो । अहिले सडक चक्लाउने, पर्खाल लगाउने,…
अमृत बास्कुने विद्यालयमा विद्यार्थी संख्या घट्न थाले पछि म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक वस सञ्चालन गर्ने भएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सामुदायिक विद्यालयका विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक वस सञ्चालन गर्ने योजना बनाइएको बताउनुभएको थियो । सामुदायिक विद्यालयमा बिद्यार्थी संख्या घट्दो क्रममा रहेकोले विद्यालयमा बिद्यार्थी बढाउने मात्रै नभएर कमजोर आर्थिक अवस्था भएका विद्यार्थीको हितका लागि पनि वस सञ्चालनको योजना बनाएको उहाँले बताउनुभयो । अर्थमन्त्रालय सँग आवश्यक परामर्श गरी बस सञ्चालनको योजना लिएको उहाँले सुनाउनुभयो । नगरपालिका भित्र सडक सञ्जाल पुगेका क्षेत्र सम्म सामुदायिक वस…