निष्क्रिय कर्जामा भएको वृद्धिले नाफामा दबाब झेलिरहेका बैंकहरुलाई लाभांश घोषणामा पनि संकुचन देखिएको छ । नेप्सेमा सुचीकृत १९ वटा वाणिज्य बैंकमध्ये गत वर्षको नाफाबाट अहिलेसम्म १० वटा बैंकले लाभांश दिने घोषणा गरेका छन् भने ४ वटा बैंकले लाभांश नदिने घोषणा गरिसकेका छन् । अझै चार वटा वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ जसमध्ये नेपाल बैंकबाहेक कुनैको पनि लाभांश क्षमता छैन । वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार १९ वटामध्ये ४ वटा वाणिज्य बैंकको लाभांश वितरण क्षमता ऋणात्मक रहेको छ भने ८ वटाको लाभांश क्षमता ५ प्रतिशतभन्दा मुनि र बाँकी ७ वटाको लाभांश क्षमता भने…
Author: Amrit Baskune
भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा त्रिणमुल कांग्रेसकी प्रमुख ममता बनर्जीले अचानक शुरु गरेको ‘आलु राजनीति’ले सिंगै भारतमा सनसनी मच्चाएको छ । यस्को कडा असर किसान र व्यापारीलाई मात्रै होइन, अरु भारतकै कैंयौं राज्यहरुको साथै नेपाल लगायतका छिमेकी देशहरुमा पनि पर्न सक्ने देखिएको छ । पश्चिम बंगाल सरकारले व्यापारीले आलुमा सिण्डिकेट लादेर मनपरि मूल्य बढाएको आरोप लगाउँदै अन्तरप्रदेश आलुको कारोबारमा प्रतिबन्ध लगाएको छ । यो निर्णयपछि पश्चिम बंगाल प्रदेशभित्र अरु कुनै प्रदेशबाट आलु प्रवेश गर्न र त्यहाँबाट अरु प्रदेशमा आलु निकासीमा पूर्णरुपमा रोक लगाइएको छ । त्यसको अर्थ पश्चिम बंगाल राज्यमा उत्पादित आलु मात्र खरिद विक्री गर्न पाइनेछ । जानकारहरु…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयबाट आधारभूत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थीले २ लाख ३० हजार नगद पुरस्कार पाएका छन्। आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेसनले कक्षा १२ मा व्यवस्थापन सङ्कायतर्फ उत्कृष्ट नतिजा ल्याउने सन्तोष विकलाई नगद १ लाख नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ। पर्वतारोहणको क्षेत्रमा दर्जन कीर्तिमानी कायम गरेका पुर्जाले विद्यालयमा स्थापना गरेको ४० लाखको अक्षयकोषबाट गत वर्षको एसइईमा विद्यालय प्रथम हुने रिचा केसी ८० हजार र कक्षा ८ मा प्रथम हुने आगमन सोनामले नगद ५० हजार नगद र सम्मान पत्र प्राप्त गरेका छन्।उत्कृष्ट विद्यार्थीलाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर…
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अयोजनामा भएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरु नष्ट गरिएको छ । बेनी बजार क्षेत्रका एउटा बेकरी उद्योग, ६ वटा होटल तथा चटपट पसल एवम् २३ वटा खाद्यान्न पसलको अनुगमन गरी म्याद गुज्रेका सामग्री तथा अखाद्य वस्तु नष्ट गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनिसा आचार्यको नेतृत्वमा भएको बजार अनुगमनमा चटपट पसल अखाद्य रङ मिसाउने गरिएको तथा प्रयोग गर्नै नहुने खालको तेल चटपटमा मिसाएर बेच्ने गरेको पाइएकाले उक्त सामान जफत गरी नष्ट गरिएको छ । जेरी तथा समोसा बनाउन प्रयोग गर्ने तेलको गुणस्तर परीक्षण गरी कम गुणस्तरको पाइएपछि तेल पनि…
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोगपत्र दर्ता गराएको हो । ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जना प्रतिवादी कायम भएका छन् । कास्की प्रहरीले गएको पुस २ गते सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको थियो । गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई र रामबहादुर खनाललाई सम्पत्ति शुद्धीकरण अभियोगसमेत लगाइएको छ । सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी…
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा शनिवार अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र पक्षलाई लक्षित गरेर जिल्लामा पहिलोपटक नागरिकसँग पत्रकार कार्यक्रम अन्तर्गत सार्वजनिक बहस गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनी अस्पतालको निर्माणाधीन भवनको निर्माणकार्य सक्नको लागि पछिल्लोपटक गरी ४ पटकसम्म म्याद थपिएकाले आउँदो चैत मसान्तसम्म जसरी पनि भवन निर्माणको कार्यलाई पूर्णता दिन सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङलाई निर्देशन दिनुभयो । उहाँले कार्यालयका सव–इन्जिनियर हरिशंकर रजकमार्फत दैनिक पाँचलाख रुपैयाँको हिसाबले भवन…
नेपाली खेलकुदकै महत्वकांक्षी प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर बोल्ट्सलाई उपाधि सुम्पँदै सकिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ पुरस्कार पाएको छ । यो पुरस्कार नेपाली खेलकुदकै सर्वाधिक ठूलो धन राशीको पुरस्कार हो । यस्तै उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त…
महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया म्याग्दीको सदरमुकाम बेनीमा सोमबार महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया र छलफल गरिएको हो । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित अन्तत्र्रिmया कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले १६ दिने अभियान मनाउँदै गर्दा अहिले पनि समाजमा महिला र बालिकामाथि हिंसा भैरहेकाले सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले समुदायस्तरमा लैङ्गिक हिंसाको विरुद्धमा सचेतना फैलाउनको लागि नगरपालिकामार्फत…
अमृत बास्कुने गुणस्तरीय उत्पादन, मर्यादित व्यापार नीति निर्माणमा पहुँच सांगठनिक आधार भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दी शाखाको १६ साधारणसभा शनिबार सम्पन्न भएको छ । बेनी नगरपालिका ५ मा रहेको बालजाग्रीती आधारभुत विद्यालय प्रांगणमा भएको साधारणसभामा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नारा जस्तै व्यवसायीहरुले कार्य गरेकोले नै देश विकासमा टेवा पुगेको बताउनुभयो । उहाँले निजी क्षेत्रले राज्यका लागि ठूलो योगदान दिने भएकोलेनै निजी क्षेत्रलाई समेटेर राज्यले तीन खम्बे अर्थनीति अबलम्बन गरेको धारणा राख्नु भएको थियो । बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव हेमचन्द्र पौडेलले शैक्षिक क्षेत्रलाई सहज तबरले चलाउनका लागि पुस्तक तथा स्टेसनरी…
म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्टले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा भब्य कार्यक्रम विच आफ्नो स्थापना दिवसको ३२ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्दघाटन गर्दै नीजि तथा आवासीय विद्यालय संगठन प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले राज्यले निजि क्षत्रको शिक्षाको योगदानको नजर अन्दाज गर्न नहुने बताउनुभयो । उहाँले न्यु वेष्ट पोइन्ट विद्यालयले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा संस्थाको प्रशंसा गर्नुभयो । त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु कुमारी रोकाले अभिभावाकलाई इंगित गर्दै बदलिँदो परिस्थिति संगै पढ्नु भनेको केवल उच्चतम ग्रेड प्राप्तगर्नु मात्रै नभई व्यक्तिको समग्र बिकास र क्षमताको प्रस्फुरण भएको…