बागलुङ, ११ भदौ बिद्यामन्दिर पुस्तकालय बागलुङले नवौ पुस्तकालय दिवस सप्ताव्यापी रुपमा मनाउने निर्णय गरेको छ । जीवन पर्यन्त शिक्षाको लागि पुस्तकालय भन्ने प्रमुख नाराका साथ बागलुङ जिल्लामा पुस्तकालय दिवस मनाउने कार्यक्रम तय गरिएको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । सप्ताव्यापि कार्यक्रम अन्तरगत १२ गते विद्यामन्दिर पुस्तकालय बाल विकास केन्द्रमा अध्ययन गर्ने बालवालिकालाई फलफूल वितरण गर्ने १३ गते पुस्तकालय दिवस सम्वन्धित नारा १४ गते पुस्तकालयको महत्वको विषयमा विद्यालय स्तरीय प्रतियोगितात्मक कविता गोष्ठी र १५ गते विद्यामन्दिर पुस्तकालयमा मुख्य समारो गर्ने अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । कविता प्रतियोगितामा विजय हुने विद्यार्थीलाई पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्माले आफनो स्वर्गिय बुवा गंगाप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट…
Author: Amrit Baskune
ज्यो. सूर्य पौडेल २०७३ भाद्र ११ शनिबार, दशमी २७ अगष्ट २०१६ तपाईको आज मेष– मनमा प्रसन्नताको बहार छाउने । वृष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । मिथुन– घरपरिवारबाट राम्रो साथ, सहयोग प्राप्त । कर्कट– नसोचेको ठाउँमा धननाश हुने । सिंह– प्रियजनसँग रमाइलो भेटघाट हुने । कन्या– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने । तुला– व्यापारमा असन्तुलनता देखापर्ने । वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन । धनु– मनमा शान्ति मुहारमा कान्ति छाउने । मकर– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने । कुम्भ– मनमा अशान्तिले डेरा जमाउने । मीन– पेट वा कम्मरमा पीडा हुने ।
बागलुङमा मात्रै दुई मुख्य सडक र ६३ वटा शाखा सडकहरु छन बागलुङ, ११ भदौ – सुन्दा पनि अचम्म लाग्न सक्छ धौलागिरी अञ्चलमा एउटा मात्रै ग्रामिण सडकको ‘रुट परमीट’ कायम छ भन्दा । तर सत्य त्यही नै हो कि अञ्चलमा बेनी–जोमसोड सडक बाहेक अन्य कुनै पनि ग्रामिण क्षेत्रका सडकको ‘रुट परमीट’ छैन् । अञ्चलमा एउटा वाहेक अन्य ग्रामिण सडकको रुट परमीट नभएपछि बागलुङमा अस्थायी रुपमा रुट परमिट कायम गर्ने निर्णय गरिएको छ । अञ्चलका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा स्थानीय प्रशासनले रुट कायम नभएका सडकमा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि रुट परमीट दिन सुरु गरिएको हो । ग्रामिण क्षेत्रका सडकको रुट…
दिलीप पौडेल काठमाडौं, ११ भदौ – यो तिनै बेथितिको फेहरिस्त हो, जो नेपाली उपभोक्ता वर्षौंदेखि उपभोग गरिरहेका छन्। पैसा तिरेपछि स्वस्थ खानेकुरा खान पाइयोस्। उपभोग गर्ने हरेक सेवाको मूल्य न्यायोचित होस् –सबै नेपालीको चाहना यही हो। तर, वर्षाैंदेखिको यो कामना पूरा हुनुसाटो झन्झन् कठिन हुँदै छ। दैनिक उपभोग्य वस्तु र सेवा थप बोझिलो बन्दै छन्। घट्ने नामै नलिने मूल्यसूची र अव्यवस्थित बजारले उपभोक्ता आजित छन्। आपूर्ति मन्त्रालयको नेतृत्वमा हालै गरिएको बजार अनुगमनले पनि यही देखायो। बजार उपभोक्ताप्रति पटक्कै उत्तरदायी नरहेको आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले औंल्याएको छ। ‘बजारमा जतिसक्यो नाफा खाने प्रवृत्ति देखियो,’ विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने, ‘प्रचलित कानुनअनुसार…
क्रिकेटका नाममा मानवतस्करी दीपेन्द्र गुरुङ काठमाडौं, ११ भदौ – मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएका गैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैरखेलाडी त्यसपछि एकाएक गायब भएका थिए । जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये दुईजना मात्रै साथमा थिए । बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाट अन्यत्रै लागेको स्वदेश फर्किएका खेलाडीले बताएका छन् । जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जबाफमा समेत…
डीआर पन्त अतरिया,११ भदौ – ‘गाडी चालक एक्लै हो ?’ दार्चुलाबाट झन्डै १ हजार किलोमिटर लामो दूरी तय गरी राजधानी जान लागेको बसका चालकलाई प्रश्न गर्दा उनले उत्तर दिन सकेनन् । १९ वर्षीय हेल्परले उत्तर दिए, ‘म हुँ नि अर्को चालक, देख्नु भएन ?’ सँगै उभिएका ट्राफिक प्रहरीले अर्को चालकको विषयमा चासो नै राखेनन् । न त उनले कुनै सोधखोज नै गरे । कानुनले अढाई सय किलोमिटरभन्दा लामो दूरीको यात्रामा दुई जना चालक हुनुपर्ने व्यवस्था गरे पनि सुदूरपश्चिममा यसको पालना गरिएको छैन् । सुदूरपश्चिमको मुख्य नाका अत्तरियाचोकमा शुक्रबार सुदूरका विभिन्न जिल्लाबाट राजधानी जाने ७ वटा यात्रुवाहक बसमा एकजना मात्र चालक…
काठमाडौं, १० भदौ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कली फाइल झिकाएको छ। २०६२ र ६३ सालपछि सरकारले कार्कीलाई सोधेको स्पष्टीकरणको सक्कल कागज पनि माग गरेको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए। अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला पुनरावलोकन गर्न अनुमति दिने कि नदिने निर्णय गर्नुअघि सर्वोच्चका न्यायाधीशत्रय दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले सरकार र सामान्य प्रशासन मन्त्रालयसँग सक्कल कागज शुक्रबार माग गरेको हो। ’तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) श्री लोकमान सिंह कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य प्रशासन मन्त्रालयको २०६३ चैत ११ को पत्रसहितको सक्कल…
काठमाडौं, १० भदौ – नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले गडबडी गरे आगो बाल्ने चेतावनी दिएका छन्। ‘सरकारले गल्ति गरे हामी आगो बाल्न पछि पर्दैनौ’, शुक्रवार सिन्धुलीमाढीमा प्रेस चौतारिले गरेको पत्रकार सम्मेलनमा खनालले भने–‘नेकपा एमाले देशको सुरक्षा गर्ने प्रहरी हो, त्यसैले प्रतिपक्षमा बसेर निगरानी गर्छौ। नेकपा एमाले देशको राष्ट्रियताको र न्यायको पहरेदार भएकाले सरकारले गल्ति गर्दा आगो बाल्ने चेतावनी दिए। पूर्व प्रधानमन्त्री समेत रहेका खनालले हालको सरकारले स्थानीय निकाय निर्वाचन, प्रदेशको निर्वाचन र राष्ट्रिय निर्वाचन समयमै अनिवार्य गर्नुपर्ने बताए। २०७४ साल माघ सात गते भित्र तीनवटै निर्वाचन गर्नैपर्छ, उनले भने–‘ निर्वाचन गरिएन भने नेपालको संविधान, स्वतन्त्रता…
द्वन्द्वपीडित सीतादेवीलाई शान्ति मन्त्रालयको जिम्मा सृष्टि पौडेल काठमाडौं, १० भदौ – गत फागुनमा भएको नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादव पाँच महिनापछि नै मन्त्री बन्न सफल भइन्। सीतादेवी पहिलो पटक मन्त्री बनेकी नयाँ अनुहार हुन्। शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकी एक्लो महिला मन्त्री बनेकी छिन्। कांग्रेस, मधेसवादी दल, राप्रपा लगायत दलहरुको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको सरकारमा कांग्रेसले एक महिलालाई स्थान दिनु बाहेक अन्य कुनै दलले महिला प्रतिनिधि पठाएनन्। सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले महिलालाई राज्यमन्त्री बनाएपछि फुल मन्त्री भने दिएन। संसदको सबैभन्दा ठूलो दल कांग्रेसले पनि १५…
प्रकाश थापा खाद्य सुरक्षा भन्नाले हामीहरुले खाने कुराहरु जस्तै चामल, दाल, तरकारी, फलफुल, विभिन्न जडिबुटी र अन्य खाने अन्नहरुको पहुँच, संरक्षण, उत्पादन र दिगो उपयोग भन्ने बुझाउँछ । वर्तमान परिवेशमा विश्वभर खाद्य सुरक्षा बहसमा आइरहेको विषय हो । विश्वका विभिन्न देशमा समय समयमा लाग्ने खाद्य संकट अर्थात् भोकमरीले गर्दा खाद्य सुरक्षाको आवाज ठुलो स्वरमा उठेको छ । मानिसको आधारभूत आवश्यकतामा गास वा आहार पहिलो श्रेणीमा पर्दछ । यही कुराले पनि खाद्य सुरक्षा कत्तिको महत्वपूर्ण छ भन्ने विषयलाई प्रष्ट्याउँछ । नेपाल कृषि प्रदान देश हो जहाँ हिमाल, पहाड र तराईका फाँट रहेका छन् । खाद्य सुरक्षाका हिसावले हेर्ने होभने दक्षिण एसियामा नेपाल अरु राष्ट्रभन्दा बलियो स्थानमा आउँछ ।…