बागलुङ, १२ असोज – अपाङ्गता सरोकार संघ बागलुङ र आईएनएफ नेपालको साझेदारीतामा अपाङ्गता भएका व्यक्तिहरुको गुणस्तरिय जिवन विकास गराउने उद्देश्यले संचालित समुदायमा आधारित पुर्नस्थापना (सि.वि.आर.) कार्यक्रम अन्र्तगत सरकारी कर्मचारीहरुका लागि अपाङ्गता र समावेशि विकास सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘अर्थपुर्ण समावेशिकरण, सबै क्षमताका मानिसका लागि पहुँच र शसक्तिकरण’ भन्ने मुल नाराका साथ सरकारी कार्यालयका कर्मचारीहरुलाई अपाङ्ग र समावेशि विकास सम्बन्धी कार्यक्रम अन्तरगत मंगलबार महिला तथा बालबालिकाका कर्मचारीहरुलाई उक्त अनुशिक्षण दिइएको हो । अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो हक अधिकारको लागि सर्वप्रथम परिचय पत्र बनाउन महिला तथा बालबालिका कार्यालयमा आउने भएको र अपाङ्गता भएको व्यक्तिहरुदले अधिकार प्राप्त गर्ने प्रारम्भिक ढोका भनेकै महिला…
Author: Amrit Baskune
१२ असोज २०७३, ढोरपाटन दैनिक 12-ashoj-2073-dhorpatan-daily
ज्यो. सूर्य पौडेल २०७३ आश्विन १२ बुधबार, त्रयोदशी २८ सेप्टेम्बर २०१६ तपाईको आज मेष– मनमा अशान्तिको कालो बादल मडारिने । वृष– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने । मिथुन– आर्थिक लाभसँगै कार्यसिद्धिको योग । कर्कट– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने । सिंह– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त । कन्या– आफन्तबाटै खुट्टा तानिने प्रयास । तुला– शुभ समाचार सुन्न पाइने । वृश्चिक– आँटेका कर्या अधुरै रहने । धनु– व्यवसायमा प्रतिकूलता देखापर्ने । मकर– अनावश्यक वादविवादमा समय बित्ने । कुम्भ– आफन्तको सहयोगले काम बन्ने । मीन– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
११ असोज २०७३, ढोरपाटन दैनिक 11-ashoj-2073-dhorpatan-daily
काठमाडौं, १२ असोज-साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन् । यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाएको थियो । कुँवरले ३० सेप्टेम्बर २००९ मा कम्पनीको बासस्थानमा आफ्नै सहकर्मी बलीचौर ७, बागलुङका विष्णुप्रसाद घिमिरेको हत्या गरेका थिए । आफूले फ्रिजमा राखेको एक बोत्तल वियर घिमिरे खाइदिएको निहुँमा भएको झगडा बढदै जाँदा कुँवरले उनको हत्या गरेका थिए । अदालतले सार्वजनिक कानुनअनुसार कुँवरलाई मृत्युदण्डको फैसला सुनाएको थियो । अदालतले ब्यक्तिगत कानुनअन्तर्गत…
कास्की, १२ असोज-बाँदरले खाद्यान्न बाली, तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न आदेश दिएको छ । बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कृस्ती नाच्नेचौर निवासी ६० वर्षीय ठाकुरप्रसाद सुवेदी रिट लिएर सर्वोच्च आएका हुन् । बारम्बार लिखित आग्रह गर्दा पनि बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै जिल्ला प्रशासन कार्यालय, कास्की, क्षेत्रीय प्रशासन कार्यालय पोखरा, जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…
काठमाडौं, १२ असोज-सरकारले प्रमुख तीन दलको सहमतिअनुसार स्थानीय तह पुन:संरचनाका लागि हाल कायम इलाकालाई आधार बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जिल्ला विकास समितिअन्तर्गत विद्यमान इलाकालाई मापदण्ड मानी गाउँपालिकाको संख्या तय गर्न स्थानीय तह पुन:संरचना आयोगलाई निर्देशन दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले संविधानको धारा २९५ को उपधारा ३ अनुसार आयोगलाई स्थानीय तह निर्धारण गर्ने मापदण्ड तोकेर निर्देशन दिएको हो । यसअघि तीन ठूला दलले इलाकालाई नै आधार बनाई गाउँपालिका निर्धारण गर्न सहमति जनाएका थिए । हाल मुलुकभरका जिविसअन्तर्गत ९ सय २७ वटा इलाका छन् । ती इलाकाभित्र २ सय १७ वटा नगरपालिकासमेत पर्छन् । मन्त्रिपरिषद्ले…
काठमाडौं, १२ असोज-पेट्रोलियम बजार विविधीकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजेको देखिएको छ। रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने सर्त अघिसारेको हो । भारतीय नाकाबन्दीका बेला नेपालले पेट्रोलियम बजारको विकल्प खोज्ने निर्णय गरेको थियो । तत्कालीन केपी ओली सरकारले चीनसँग पारवहन सम्झौता गर्दै त्यसका लागि बाटोसमेत खोलेको थियो । नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन् । आइओसीको प्रस्तावलाई नेपाली पक्षले…
काठमाडाैं, ११ असोज- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावलाई केन्द्रीत गर्दै चार महिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । यसलाई उसले संविधान कार्यान्वयनका लागि दबावमुलक अभियान भनेको छ । एमालेले कात्तिकदेखि माघसम्म चल्ने अभियानको अन्त्यमा सात प्रदेशमा जनसभा समेत गर्ने भएको छ । प्रदेश नम्बर १ को बिराटनगर, २ को जनकपुर, ३ को काठमाडौं, ४ को पोखरा, ५ को बुटबल र नेपालगञ्ज, ६ को सुर्खेत र प्रदेश नम्बर ७ का धनगढीमा जनसभा गर्ने एमालेले बताएको छ । जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा पनि सभा गर्ने एमालेको निर्णय छ । अभियानका क्रममा एमालेले तराई मधेसलाई केन्द्रीत गरेर कार्यक्रमहरु पनि अघि…
काठमाडौँ, ११ असोज -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चासो र भूमिकालाई खुला रुपमा आमन्त्रण गरेको बताएका छन्। व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा प्रतिपक्ष दलका नेताका हैसियतमा पहिलो सम्बोधन गर्दै ओलीले भने, प्रचण्डजी दिल्ली गएर भारतीय चासो र भूमिकालाई आमन्त्रण गर्नु भएको छ। यो आपत्तिजनक छ। नेपालको संविधानमा संशोधनमा भारतले किन चासो लिनुपर्यो ? भारत भ्रमणबाट फर्केपछि संसद्लाई औपचारिक जानकारी नदिइएको र सार्वभौम नेपालको संविधानबारे साझा चासोका विषयजस्तै गरेर दिल्लीमा संयुक्त वक्तव्य निकालिएको बताए।ओलीको प्रश्न थियो, ‘के संविधानबारे भारतीय चासो बढ्नु भ्रमणको उपलब्धि हो ?’ ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड…