सदरमुकाम बेनीमा ज्ञानीराजा मल्ला स्मृति ‘१३ औं बेनी बोर्डिङ कप ०८१’ प्रतियोगिता मंगलवारदेखी सुरु भएको छ । बेनी बोडिङ सेकेण्डरी स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रमुख रेफ्री पुरन छन्त्यालललाई बल हस्तान्त्रणगरी शुभारम्भ गरेका हुन । अन्तर आधारभुत तह (कक्षा १–८) मुनीका विद्यालयहरु सहभागी हुन पाईने प्रतियोगितात्मक खेलहरु भने वुधवारदेखी बेनीको खुल्ला मञ्चमा संञ्चालन हुने छन । प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले २० हजार नगद, मेडल र प्रमाणपत्र हात पार्ने विद्यालयका निर्देशक सनम बानियाँले बताए ।
Author: Amrit Baskune
नेकपा एमाले म्याग्दीले माघ २५ देखी बैशाख २० गतेसम्म तीन महिने वडा÷पालिका तहमा पार्टी कार्यकर्ता प्रशिक्षण, सदस्यता नविकरण तथा विस्तार अभियान चलाउने भएको छ। एमाले म्याग्दीले मंगलवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलन गरी अभियान बारे जानकारी गराएको हो । एमाले जिल्ला अध्यक्ष वालकृष्ण सुवेदीका अनुसार माघ २५ र २६ गते प्रदेश निर्वाचन क्षेत्र क र ख को वैठक गर्ने, फागुन ३ गते सवै पालिका कमिटीको बैठक गर्ने, फागुन १७ गते भित्र सवै वडामा कार्यकर्ता भेला, प्रशिक्षण गर्ने र चैत ३० गते भित्र सवै पालिका कमिटिहरुको प्रतिनिधी परिषद वैठक गरिने भएको छ । पक्रकार सम्मेलनमा बताईए अनुसार मिसन ८४ अन्र्तगत एमालेलाई…
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसदमा विचाराधिन रहेका महत्वपूर्ण विद्येयकहरु संसद्को हिउँदे अधिवेशनमा नै पारित हुने विश्वास ब्यक्त गर्नुभएको छ । उपाध्यक्ष घिमिरेले गृह जिल्ला कपिलबस्तुको शिबराज नगरपालिकास्थित नेपाल आर्दश माध्यामिक विद्यालयको स्वर्ण महोत्सब समारोह उद्घाटन गर्दै विचाराधिन विद्येयकहरु संसदको यही हिउँदे अधिबेशनमा पारित हुने बिश्वास ब्यक्त गर्नुभएको हो । ‘राष्ट्रिय सभा र प्रतिनिधि सभाका समितिहरुमा विचाराधिन महत्वपूर्ण विद्येयकहरु यही हिउँदे अधिबेशनमा पारित गर्नुपर्छ।’‚ उहाँले भन्नुभयो ‘कानूनको अभावमा सेवा प्रवाहमा पुगेको अवरोध यही हिउँदे अधिबेशनबाट अन्त्य हुन्छ भन्ने विश्वास लिएका छौ ।’ विद्येयकहरु बर्षौ सम्म समितिमा अल्झेर बस्ने समस्या समाधानका लागि पहल भैरहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले सरकार पनि विद्येयक…
टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित हो । योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपिएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ । लिग चरणको एक खेल अगावै आयोजक टोलीले ३–३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । उक्त समूहबाट दुवै…
सुनदेवी रसाइली हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार क्षेत्र जिल्ला प्रशासनको अगुवाइमा अनुगमन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीको नेतृत्वमा भएको अनुगमनमा सरोकारवाला निकायको सहभागिता रहेको थियो । प्रशासनको अगुवाइमा भएको बजार अनुगमनमा घरपझोङ गाउँपालिका, पर्यटन तथा उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायतको सहभागिता रहेको थियो । अनुगमनको क्रममा दर्ता नगरी सञ्चालन भएका केही पसलहरु भेटीएको र त्यसलाई एक महिना भित्र आवश्यक प्रकृया पुरा गरेर दर्ता गर्न निर्देशन दिएको सहायक प्रजिअ सुवेदीले जानकारी दिनुभयो । अनुगमनको क्रममा अन्तशुल्क दर्ता नविकरण, उद्योग व्यवसाय दर्ता नविकरण, सामानको म्यादको अवस्था एवम् मुल्यसूची निरीक्षण…
नेपाल निजामती कर्मचारी संगठन मंगला कमिटीको अध्यक्षमा रुचेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । सोमबार बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्य समिति चयन भएको हो । नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा अनिता कुमारी शर्मा, सचिव अशोक खत्री, कोषाध्यक्ष धन बहादुर बोहरा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विशाल थापा मगर, लालदेवि पुन, ज्ञानेन्द्र आचार्य, खेमराज सुवेदी, रमिला गौतम, प्रशान्त पौडेल, समिक्षा भण्डारी, सजिना भण्डारी, नगेन्द्र सापकोटा, प्रविन खत्री, रहनुभएको छ । जिल्ला प्रतिनिधिमा रुचेन्द्र अधिकारी, विपिन आचार्य र कृष्ण प्रसाद भुषाल चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका उपसचिव सत प्रसाद रोकाले निजामती कर्मचारी संगठनले कर्मचारीहरुको…
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत मंगलबार लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल पौने ११ बजे सुरु हुने तालिका छ । भोलि हुने तेस्रो र चौथो खेल पुरुषतर्फको…
सुनदेवी रसाइली गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले गण्डकी प्रदेश समन्वय परिषद्को सदस्यमा विभिन्न जिल्लाबाट स्थानीय तहका जनप्रतिनिधिलाई मनोनयन गरेको छ । यही माघको ११ गते मुख्यमन्त्री स्तरको निर्णय अनुसार संघ, प्रदेश र स्थानीय तह(समन्वय र अन्तरसम्बन्ध) ऐन–२०७७ को दफा २४ ले व्यवस्था गरे बमोजिम समन्वय परिषद्को सदस्यमा मनोनयन गरेको हो । मुस्ताङ जिल्लाबाट घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनलाई परिषद्को सदस्यमा मनोनयन गरेको हो । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी लालचनलाई परिषद सदस्यमा मनोनयन गरेको पत्र प्राप्त भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै म्याग्दीको अन्नपुर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनलाई पनि सदस्यमा मनोनयन गरेको छ…
बेनी नगरपालिका ४ सिंगामा रहेको म्याग्दी एकेडेमीले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । विद्याल प्राङ्गणमा आयोजना गरिएको वार्षिकोत्वस कार्यक्रममा विद्यार्थी, अभिावक र शिक्षक सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थियो । १७ वर्ष अगाडी स्थापना भएको म्याग्दी एकेडेमीमा हाल कक्षा १० सम्म सञ्चालित छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिपा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछानेले विद्यालयले ग्रामिण भेकका बालबालिकालाई गुणस्तरीय शिक्षा दिएको बताउनुभयो । उहाँले नगरपलिका क्षेत्र भित्रका हरेक क्षेत्रका बालबालिकाले गुणस्तरीय शिक्षा पाउनु पर्छ र त्यो कार्यका लागि म्याग्दी एकेडेमीले पुरा गर्ने प्रयासलाई थप मजबुत बनाएको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिका ४ का वडा…
केरला । केरलाको एक सत्र अदालतले २४ वर्षीया ग्रीष्मा नामकी युवतीलाई आफ्नो प्रेमीलाई विष खुवाएर हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । यो मुद्दा केरलामा अदालतदेखि स्थानीय प्रहरीसम्म चर्चाको विषय बनेको छ । ग्रीष्मामाथि सन् २०२२ मा आफ्नो प्रेमी शेरोन राजलाई विष खुवाएर हत्या गरेको आरोप लागेको थियो । यस मामिलामा विशेष कुरा के छ भने अदालतले डिजिटल प्रमाणका आधारमा उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । गुगल क्लाउडबाट प्राप्त प्रमाणले यो अपराध प्रमाणित गर्न प्रहरीलाई धेरै सहयोग गरेको थियो । सरकारी वकिलले भने, ‘यस मुद्दामा भौतिक प्रमाणको अभाव भए पनि अपराध प्रमाणित गर्न परिस्थितिजन्य प्रमाण र…