Author: Amrit Baskune

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मी ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तर, तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकीले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले…

Read More

जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ । रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताउनुभयो । “फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट ९बिटुमीन० बिछ्याएर ‘फस्टकोट’ ९बिटुमिन र चिप्स० राख्न थालिएको हो”, उहाँले भन्नुभयो, “बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।” गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत म्याग्दीस्थित पूर्वाधार विकास कार्यालयमार्फत…

Read More

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा माघ महिनाको सुरुवातदेखि नै गुराँस फुलेको छ । यस क्षेत्रमा सामान्यतया फागुन अन्तिमदेखि वैशाखमा गुराँस फुल्ने गरेको भए पनि यसपालि भने भकिम्लीको सिम क्षेत्रमा गुराँस फुलेको हो । स्थानीय लालबहादुर पुनका अनुसार माघको पहिलो हप्ता नै गुराँस फुलेको देखिन थालेको छ । विगतमा लगभग फागुन अन्तिम सातादेखि मात्रै फूल्ने भए पनि यस पटक भने माघ महिनाको पनि सुरुवातदेखि नै फुल्न थालेको उहाँको भनाइ छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले भकिम्लीको केही क्षेत्रमा गुराँस फुलेको बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गलभरि त होइन, केही बोट फुलेका छन् । सायद पानी नपरी गर्मी चाँडै बढेको भएर पनि यस्तो भएको हुन सक्छ । फाट्टफुट्ट गुराँस…

Read More

गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन् । वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा चौहानले मुद्दा दायर गरेकी हुन् । गत वैशाखमा बागलुङका विष्णु सापकोटा र एलिनाको विवाह भएको थियो । एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा श्रीमान विष्णुले विभिन्न शंका–उपशंका गरेको उल्लेख गरेकी छिन् ।

Read More

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षको पारेको थियो । तेस्रो सेटमा ५–१० स्थितिलाई उल्टाउँदै सुनिल क्लबले २२–२२ को अवस्थामा पु¥याएको थियो । तर, अन्तिममा पुनः आर्मीले अग्रता लिँदै सेट आफ्नो पक्षमा पा¥यो ।…

Read More

माघ १७ गते । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीको आयोजनामा आउने फागुन ७ देखि वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति म्याग्दीले म्याग्दी जिल्लाका दुवै प्रदेश निर्वाचन क्षेत्रगत तबरले भलिबल प्रतियोगिता आयोजन ागर्न लागको तरुण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । प्रदेश २ अन्तरगतका वडा स्तरीय भलिबल फागुन ७–९ सम्म पश्चिम म्याग्दीका दरवाङमा हुनेछन् । प्रदेश २ का १९ वटा वडाहरुको सहभागिता रहने नेपाल तरुण दल म्याग्दीले जनाएको छ । त्यसैगरी प्रदेश १ को २६ वटा वडाहरु सहभागी हुने भलिबल प्रतियोगिता फागुन १४–१६ सम्म उत्तरी म्याग्दीको नारच्याङमा हुने…

Read More

सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले भनेको छ, “अगुवा नागरिक संस्था महासङ्घलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकामा महासङ्घ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।” महासङ्घले आज विज्ञप्ति जारी गरी सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्यमान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन नेपाल सरकार र सङ्घीय संसद्सँग आग्रहसमेत…

Read More

चितवनको भरतपुरबाट देवघाट जाँदा वा देवघाट प्रवेश गरेपछि दाहिने तर्फ जङ्गलमा अवस्थित रहेको छ बागेश्वरी मन्दिर । यो मन्दिर भरतपुर महानगरपालिका– १ बागेश्वरी देवघाटमा रहेको छ। यी देवी मानिएको स्थललाई दुदै तर्फ सिंहको मूर्तिले घेरेको छ। त्यही स्थानमा नै सिंह वाहिनी दुर्गा मानी बागेश्वरी देवीको भक्तजनहरू पूजा अर्चना गरी बलि पनि दिइँदै आएको छ । यस मन्दिरको सिंह र गजुरलाई हेर्दा यस मन्दिरलाई मल्लकालीन  सेन राजाहरूको समयमा भएको हो भन्ने स्थानीयवासीको भनाइ रहेको छ। यहाँ उत्खनन गर्दा कुँदिएका शिलाहरू, भैरवको मूर्ति, चक्र, पखेटा भएको साढेको मूर्ति, खड्ग धारिणी देवीको मूर्तिहरू प्राप्त भएका  थिए।  मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको निकै नै…

Read More

 चिनियाँ एप टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्ने विषयमा छलफल भइरहेको खुलासा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयको खुलासा गर्दै टिकटकलाई माइक्रोसफ्टले किन्ने विषयमा कुराकानी भइरहेको बताए। एक साताअघि अमेरिकामा टिकटक बन्द भएलगत्तै माइक्रोसफ्टले खरिद गर्ने विषयमा छलफल गरिरहेको ट्रम्पले बताए। माइक्रोसफ्टले टिकटकका लागि जति पनि बोली लगाउन सक्ने ट्रम्पको दाबी छ। ‘टिकटक अधिग्रहण गर्ने विषयमा अमेरिकाका धेरै कम्पनीहरूसँग छलफल भइरहेको छ। सम्भवतः ३० दिनभित्र यस विषयको छिनोफानो हुन्छ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। अमेरिकामा टिकटकको १७ करोड प्रयोगकर्ता रहेका छन्। गत जनवरी १९ मा चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकामा टिकटक सेवा बन्द गरेको थियो। टिकटकलाई प्रतिबन्ध…

Read More

टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपिएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिनुप¥यो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट १३–२५ र चौथो सेट २३–२५ ले एपिएफलाई सुम्पिएको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपिएफले तेस्रो र चौथो सेटमा…

Read More