माघ १७ गते । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीको आयोजनामा आउने फागुन ७ देखि वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति म्याग्दीले म्याग्दी जिल्लाका दुवै प्रदेश निर्वाचन क्षेत्रगत तबरले भलिबल प्रतियोगिता आयोजन ागर्न लागको तरुण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । प्रदेश २ अन्तरगतका वडा स्तरीय भलिबल फागुन ७–९ सम्म पश्चिम म्याग्दीका दरवाङमा हुनेछन् । प्रदेश २ का १९ वटा वडाहरुको सहभागिता रहने नेपाल तरुण दल म्याग्दीले जनाएको छ । त्यसैगरी प्रदेश १ को २६ वटा वडाहरु सहभागी हुने भलिबल प्रतियोगिता फागुन १४–१६ सम्म उत्तरी म्याग्दीको नारच्याङमा हुने जनाइएको छ । प्रदेश १ र २ दुवै तर्फ तीन तीन वटा स्थानीय तह रहेको भएतापनि प्रदेश दुईमा धवलागिरी गाउँपालिकामा ७, मंगला गाउँपालिकामा ५ र मालिका गाउँपालिकामा ७ गरी १९ वटा वडाहरु रहेका छन् । त्यस्तै प्रदेश १ मा बेनी नगरपालिकामा १० वडा, रघुगंगा गाउँपालिकामा ८ वडा र अन्नपुर्ण गाउँपालिकमा पनि ८ वटै वडा गरी कुल २६ वटा वडा रहेका छन् ।
प्रदेश स्तरमा खेलाइने अन्तर वडा पुरुष भलिबल प्रतियोगितामा दुवै तर्फका पहिलो हुने टिमले एक लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो हुनेले ६६ हजार छ सय ६६ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने कार्यवाहक अध्यक्ष रोकाले जानकारी दिनुभयो ।
त्यसैगरी सोही अवसरमा म्याग्दी जिल्ला भित्रका छ वटा स्थानीय तह सभागी हुने महिला अन्तर पालिका भलिबल प्रतियोगिता फागुन १४–१६ सम्म आयोजना गरिने छ । महिला भलिबल प्रतियोगितामा पहिलो हुनेले ७७ हजार ७ सय ७७ र दोश्रो हुनेले ४४ हजार ४ सय ४४ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताका लागि पुरुष टिमको दर्ता शुल्क छ हजार रुपियाँ र महिलाको दर्ता शुल्क चार हजार रुपियाँ निर्धारण गरिएको तरुण दलका सचिव सुमन बानियाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेकास उपसभापति केबी भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
Previous Articleसामाजिक सञ्जाल विधेयकमा समावेश प्रावधानप्रति महासङ्घको आपत्ति
Next Article आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा