Author: Krishna Ranabhat

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ को राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा दिननाथ चापागाई (संकल्प) सकर््सम्मत चयन भएका छन् । पार्टीको उपसभापति हुमकुमारी नेपाली (सबिना), सचिवमा रेशम बहादुर रानाभाट, सदस्यहरुमा मिना आचार्य, अन्जली थापा (राधा), जमुना नेपाली, मोहनसिं पुन, युवराज आचार्य, कुल बहादुर रानाभाट, कृष्ण मुरारी कंडेल र शुशिल पौडेल सर्वसम्मत चयन भएका छन् । त्यसैे गरी ¥यापिड एक्सन टिमको संयोजकमा उद्दव आचार्यलाई चयन गरेको छ भने सदस्यहरुमा बलराम चापागाई, प्रकाश पौडेल, बिशाल नेपाली, रमेश नेपाली, श्रीधर पौडेल, कृष्ण पौडेल, रामचन्द्र कार्की, प्रेम कार्की र प्रदिप राज कंडेल रहेका छन् । सल्लाहकारमा केदारनाथ आचार्य, मदन आचार्य, भरतराज आचार्य, खिमलाल आचार्य,…

Read More

पोखरा । “जीवन र जगतको यथार्थ वोधको लागि अक्षरयात्रा” भन्ने मूलमन्त्र लिई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ सालदेखि अविच्छिन्न रुपमा संचालन गर्दै आइरहेको पर्यटकीय साहित्यिक कार्यक्रम “अक्षरयात्रा”को १९९औं श्रृंखला जेष्ठ महिनाको तेस्रो शनिबार प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल मट्टीखानमा सम्पन्न भयो । सिर्जनशील व्यवशायिक कृषक समूह, पोखरा–२१ भीरस्वाँराद्वारा स्थानीय व्यवस्थापन गरिएको सो कार्यक्रममा पोखरा र आसपासका क्षेत्रबाट जुटेका तीन दर्जनजति सर्जकहरुले तत्स्थानमा पुगेपछि डेढदुई घण्टाको समय लिई रमणीय प्राकृतिक दृष्यहरुको अवलोकन गर्दै काव्य रचना गरेपछि स्थानीय लाम्पोखरीको नजिकै पर्ने महादेवको मन्दिरको पटांगिनीमा कार्यक्रम संचालन गरियो । सिर्जनशील व्यवशायिक कृषक समूह तथा कौसीबारी करेसाबारी फलफूल एवं तरकारी उत्पादनसंग सम्बन्धित अभियन्ता…

Read More

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ भित्र रहेका टोलविकास संस्थाहरुको भेलाले टोलविकास संस्था समन्वय समिति पोखरा ९ को अध्यक्षमा शान्ति दर्शन टोलविकास संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । वडा अध्यक्ष दिपेन्द्र मर्सानी लगायत वडा सदस्यहरुको उपस्थितिमा भएको उक्त भेलाले समितिको उपाध्यक्षमा जनकल्याण टोलविकास संस्थाका अध्यक्ष क्षेत्रबहादुर गुरुङ, सचिवमा सुन्दर मार्ग टोलविकास संस्थाका अध्यक्ष सुनिल उलक, सहसचिवमा शिव टोलविकास संस्थाका अध्यक्ष धु्रब श्रेष्ठ, कोषाध्यक्षमा सहारा टोलविकास संस्थाका अध्यक्ष राजु विक (रत्न बहादुर) लाई सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा वडा भित्रका सबै टोलविकास संस्थाहरुका अध्यक्ष पदेन सदस्य रहने विधानमा व्यवस्था भएको नवनिर्वाचित अध्यक्ष उत्तम जोशीले…

Read More

पोखरा । कला र संस्कृतिले धनि देश नेपाल भएता पनि पछिल्लो समय मौलिक लोक सस्कृतिहरु लोप हुन लागेको महशुस भइरहदाँ पोखरा महानगरपालिका वडा नं. ९ का महिला दिदीबहिनीहरुलाई वडा महिला सञ्जाल पोखरा ९ को आयोजनामा १० दिने मादल वजाउने तालिम प्रदान गरिएको छ । महिलाहरुलाई तालिम मात्रै नभइ उनिहरुले सिकेको सिपको सदुपयोग होस भन्ने हेतुले सहभागी महिलाहरु आवद्ध समुहलाई वाद्यवादन सामाग्रीहरु मादल, खैजडी र मुचुङ्गाको सेट वितरण गरिएको थियो । वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा सदस्य तथा न्यायीक समिति सदस्य भावना श्रेष्ठ, वडा सदस्यहरु नन्दराम गिरी, गिता चम्रकार र लक्ष्मी पहारी, वडा सचिव कुलराज पौडेल,…

Read More

पोखरा १६ जेठ । बुधबारबाट पोखरामा खेल पत्रकारिता सम्बन्धी तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने तीन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा अगाडि बढ्न इच्छुक केही पत्रकारको समेत सहभागिता रहने महासचिव पौडेलले बताए । प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोगमा आयोजना गर्न लागेको तालिमको प्रमुख प्रशिक्षकमा आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्र रहने तालिम संयोजक सुरज श्रेष्ठले जानकारी दिए । नेपाल टेलिभिजनको समाचार…

Read More

पोखरा । इञ्जिनियरीङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, जियोम्याटिक्स इञ्जिनियरीङ्ग विभाग, अन्तरीक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्रले विश्वविद्यालय अनुदान आयोग (युजीसी) को आर्थिक सहयोगमा ३ दिने ड्रोन प्रशिक्षण कार्यक्रम १५ गते सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले जियोम्याटिक्स इञ्जिनियरीङ्गको बहुआयामिक क्षेत्र र यसका उपयोगिताबाट गण्डकी प्रदेशमा सूचना बैंक र परियोजना अनुसन्धान कार्यक्रमहरु जि टु जि मोडलमा विश्वविद्यालयका क्याम्पस तथा अनुसन्धान केन्द्रहरुसंग सहकार्य गर्ने योजना रहेको बताए । यस प्रकारका प्राविधिक तालीम कार्यक्रमले अध्ययन, अनुसन्धान र व्यासायिक कार्य गर्न सहयोगी हुने भएकोले तालीम कार्य प्रशंसनिय रहेका बताए । प्रशिक्षण…

Read More

पोखरा । पोखरा महानगरपालिका वडा नंं ८, न्युरोडमा रहेको लक्ष्मी आवासिय माध्यमिक विद्यालयमा डा. विश्वयुधिर पौडेलले मंगलबारदेखि प्राचार्यको कार्यभार सम्हालेका छन् । धेरै विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल विद्यालयको रुपमा परिचित विद्यालयलाई वर्तमान परिस्थितिमा २१ औं सताब्दीको गुणस्तर युक्त शिक्षा दिन सक्ने वनाउनको लागि आफुले हालसम्म प्राप्त विज्ञता, दक्षता र अनुभव उपयोगी हुने प्राचार्य डा. पौडेलले वताए । उनले विद्यालयलाई थप उचाइमा पु¥याइ आउँदो २ वर्षमा पोखराको अग्रणी विद्यालयको रुपमा चिनाउने आफ्नो लक्ष्य रहेको मंगलबार विद्यालयमा आयोजित पदास्थापन तथा परिचय कार्यक्रममा वताए । काठमाण्डौ विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि प्राप्त गरेका पोखरा अर्चलवोट निवासी डा. पौडेल प्रशिक्षक मात्रै नभइ कुशल…

Read More

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट -डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ रु के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ रु फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने रु एआई ले कसरी समाचार पढ्छ रु खोजपत्रकारितामा एआई का टुल्स कसरी प्रयोग गर्ने रु र डाटा सुरक्षा कसरी गर्ने रु विषयमा डिआरसीएफएसका सह–संस्थापक एवं अध्यक्ष विशाल खराल, मेसिन लर्निङ कन्सल्टेन्ट् अशिम…

Read More

पोखरा । हाइकिङलाई अझै व्यवस्थित वनाउन हाइकर्स क्लब नेपालका सदस्यहरु पुर्व तयारीको लागि तनहुँको दगाम सामुदायिक होमस्टेमा गएका छन् । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ४ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (छोटो पदयात्रा) कार्यक्रमको संयोजन गर्दै आएका हाइकर्स क्लब नेपालका संयोजक कृष्ण रानाभाटको नेतृत्वमा जेठ महिनाको पहिलो शनिबार दगाम पुगेको हो । समुहमा क्लबका सदस्य एवं आइटि संयोजक पितम सेन ठकुरी, पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर गुरुङ, पत्रकार धनश्याम पौडेल, विनोद कार्की र समाजसेवी कृष्णमान श्रेष्ठ रहेका थिए । उक्त टोली कोत्रे वजारमा ९ वजे पुग्यो ।…

Read More

पोखरा । बाल अधिकार समितिका पदाधिकारीहरुका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सुुम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल (न्ल्क्ष्) को आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपाल द्धारा संचालित एकीकृत सामुदायिक विकास परियोजनाको आयोजनामा २०८० जेष्ठ ५ र ६ मा राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको हलमा संचालन भयो । अन्नपूर्ण गाउँपालिका, कास्की वडा नम्वर ४, ६ र ७ गठीत वडा स्तरीय बाल अधिकार समितिका १४ जना जनप्रतिनिधि, बालक्लव प्रतिनिधि, शिक्षक, अभिभावक, स्वास्थ्य कार्यकर्ता र वडा सचिव जस्ता पदाधिकारीहरुको सहभागितामा बाल अधिकारको पृष्टभूमी र बाल अधिकार, नेपालमाा बालबालिका सम्वन्धि विद्यमान कानून र संस्थागत संरचना, बाल संरक्षणमा सरोकारवालाहरु र उनीहरुको भूमिका…

Read More