मालिका गाउँपालिका ६ दरवाङमा केन्द्रीय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।
२०६३ चैत ११ गते स्थापना भएर म्याग्दी जिल्ला तथा पर्वतको जलजला गाउँपालिका कार्यक्षेत्र भएको संस्थामा छ हजार तीन सय ९८ जना शेयर सदस्य रहेका छन् । तीन हजार तीन सय १३ जना महिला र तीन हजार ४९ पुरुष तथा ३६ संस्थागत शेयर सदस्य रहेका छन् । संस्थाको कुल १२ करोड २३ लाख १७ हजार आठ सय रुपियाँ शेयर पुँजी छ । संस्थाको जगेडा कोषमा तीन करोड ४८ लाख ५३ हजार छ सय २६ रुपियाँ रहेको संस्थाका कोषाध्यक्ष श्रीराम पौडेलले जानकारी दिनुभयो । संस्थाले अन्य कोष्मा ४ करोड ८८ लाख ५३ हजार ७ सय ७७ रुपियाँ राखेको छ । त्यस्तै ७३ करोड २१ लाख ३६ हजार २ सय ९२ रुपियाँ निक्षेप संकलन गरी ६२ करोड ४४ लाख ८९ हजार १५ रुपियाँ ऋण लगानी गरेको संस्थाको बार्षिक प्रतिबेदनमा उल्लेख छ । सहकारीले कुल २ करोड ३९ लाख १८ हजार ६ सय ८८ रुपियाँ मुनाफा गरेकोमा २७ लाख ७२ हजार ६ सय ३७ रुपियाँ कर्जा जोखिम कोषलाई छुट्याएको छ । कर्जा जोखिम कोषमा राख्न पर्ने रकम घटाएपछि संस्थाले २ करोड ११ लाख ४६ हजार ५१ नाफा देखाएको छ ।
पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्रतिबेदनमा उल्लेख भए अनुसार संस्था संग २ करोड ५४ लाख ४० हजार एक सय ९० रुपियाँ बराबरको जग्गा छ भने ६६ लाख ५२ हजार २ सय २१ रुपियाँ मुल्यको भवन रहेको छ ।
बेनी बजारमा भएको संस्थाको १८ औं वार्षिक साधारणसभा कार्यक्रममा सचिव कृष्णप्रसाद आचार्य तथा कोषाध्यक्ष श्रीराम पौडेलले आआफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा असल सदस्य तथा कारोवारीहरुलाई सम्मान गरिएका थियो । उत्कृष्ट बालबचत तथा दरवाङ सेवा केन्द्रबाट थममायाँ छन्त्याल, बेनी सेवा केन्द्रबाट सुभम खड्का, तातोपानी सेवा केन्द्रबाट अमृत खाती बिक, ताकम सेवाकेन्द्रबाट सर्भिया मल्ल, नवकालीगण्डकी सेवा केन्द्रबाट सिता पुलामीलाई सम्मान गरिएको थियो । त्यस्तै नियमित बचत तर्फ दरवाङ सेवा केन्द्रबाट हरिकृष्ण कँडेल, बेनी सेवाकेन्द्रबाट भीमप्रसाद आचार्य, तातोपानी सेवा केन्द्रबाट नरवहादुर थापा मगर, ताकम सेवा केन्द्रबाट उजेली फगामी पुन, बाबियाचौर सेवाकेन्द्रका दिलबहादुर क्षेत्री, पोखरेबगर सेवाकेन्द्रका सुस्मिता भोलन भगवती सेवा केन्द्रका धुर्व सुवेदी र नव कालिगण्गकी सेवा केन्द्रका रिता श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सहकारीका असल ऋणीहरु दरवाङ सेवा केन्द्रका छबिलाल आचार्य, बेनी सेवा केन्द्रका विज्ञान शर्मा, धर्मराज चोखाल, तातेपानी सेवाकेन्द्रका मनिराम विश्वकर्मा, ताकम सेवा केन्द्रका इन्द्रकुमारी क्षेत्री, चन्द्रबहादुर पाण्डे, बाबियाचौरका दलमान पुन, दिल मायाँ कामी, पोखरेबगरका विन्दुकुमार विश्वकर्मा, बुद्धि बहादुर पुन, भगवतीका बुद्धिसरा दमिनी, सरोज कुमार मल्ल, नवकालीगण्डकी सेवा केन्द्रका चुकबहादुर पुन, हेम मायाँ पुनलाई सम्मान गरिएको थियो ।
त्यसैगरी सहकारी संस्थाबाट ऋण लिएर असल उद्यम गर्ने दरवाङ सेवा केन्द्रका दमप्रकाश बस्याल, बेनी सेवा केन्द्रकी अप्सरा उपाध्याय, तातोपानीका खडानन्द शर्मा र बाबियाचौरका खगेन्द्र फगामीलाई पनि साधारणसभको अवसरमा सम्मान गरीएको सहकारीका प्रवन्धक सदन कँडेलले जानकारी दिनुभयो । सहकारीका जेष्ठ सदस्य ९२ वर्षिय गंगप्रसाद पुनलाई पनि साधारणसभाको अवसरमा सम्मान गरिएको सहकारीका सञ्चालक लेकबहादुर पुनले जानकारी दिनुभयो ।
संस्थाको उन्नतीका लागि उत्कृष्ट कार्य गर्ने दरवाङ सेवाकेन्द्रका रेकबहादुर पुन, ताकम सेवा केन्द्रका अनिल मगर, भगवती सेवाकेन्द्रका समिर सुवेदी, पोखरेबगरका कुसुम पुर्जा पुन, बेनी सेवाकेन्द्रका राजकुमार पाण्डे, बाबियाचौरका किरण कँडेललाई सम्मान गरिएको थियो । त्यसैगरी बेनी सेवाकेन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रको रुपमा सम्मानित गरीएको थियो ।
संस्थाका ८ सेवा केनन्द्रमा कार्यरत ३३ कर्मचारी मध्येबाट मुख्य व्यवस्थापक प्रेमलाल कँडेल, बेनी सेवा केन्द्रका अधिकृत राजकुमार पाण्डे, बाबियाचौरका बरिष्ठ सहायक किरण कँडेल, नवकालिगण्डकी सेवाकेन्द्रका सहायक सन्जु चोखाल र दरवाङ सेवा केन्द्रका कनिष्ठ सहायक टिका क्षेत्रीलाई उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो ।
साधारणसभाबाट सचिव, अध्यक्ष, कोषाध्यक्ष, लेखा तथा सुपरिवेक्षण समितिले प्रस्तुत गरेको प्रतिबेदन पारित गरीएको थियो । त्यस्तै घरजग्गा विक्री, लेखा परीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष, निर्णय पुस्तीका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने लगायतका विषयमा छलफल पछि पारित भएका मुख्य व्यवस्थापक कँडेलले जानकारी दिनुभयो । त्यस्तै संस्थाको विनियम, नीति, विधि, कार्यविधि संसोधन तथा स्वीकृत, ऋण कारोवार गर्ने अधिकार दिने सम्बन्धी, संस्था सेवाकेन्द्र एकिकरण लगायतका विषयमा सभामा छलफल भएको थियो ।
कार्यक्रममा कानुनी सल्लाहकार ठाकुरप्रसाद आचार्य, सल्लाहकार मोतिराज शर्मा, लेखा संयोजक रमेश सुवेदी, शेयर सदस्यको तर्फबाट केशब लामिछानेलेलगायतले मन्तव्य राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष भीमप्रसाद गौतमको अध्यक्षता, निवर्तमान अध्यक्ष सुरेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद पौ८ेलले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव कृष्णप्रसाद आचार्यले गर्नुभएको थियो ।
