म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको न्यू धवलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभाबाट अमृतलाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ ।
सहकारीको शनिबार सम्पन्न २६ औं वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा गठन भएको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिव चन्द्रकुमार केसी, कोषाध्यक्ष बमबहादुर पुन रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा हेमन्त थापा, तुलप्रसाद श्रेष्ठ, भिमविक्रम मल्ल, अनुषा गौचन र अमृत बानियाँ रहनु भएको छ । साधारणसभाले लेखा तथा सुपरीवेक्षण समितिमा संयोजक बीरेन्द्रमान शाक्य र सदस्यहरुमा खड्ग गिरी र अनिता केसी खड्कालाई चयन गरेको छ ।
साधारणसभाले संस्थाको बेनी सेवा केन्द्रका लागि विपीन चोखाल संयोजक र सदस्यहरुमा गोविन्द प्रसाद पौडेल, योगेन्द्र श्रेष्ठ, देवेन्द्र बरुवाल र धनप्रसाद रोका रहेको समिति चयन गरेको छ । त्यस्तै दरवाङ सेवाकेन्द्रमा मुक्तिबहादुर पुनको संयोजकत्वमा विरबहादुर पुन, बुद्धि बहादुर पुन र हिराबहादुर पुन सदस्य रहेको समिति गठन गरेको छ । त्यसैगरी मल्लाज सेवाकेन्द्रमा हेमन्त थापा संयोजक रहेको समितिमा यामबहादुर घर्तीक्षेत्री, बलबहादुर घर्तीक्षेत्री, धनकुमारी बरुवाल र जगतबहादुर केसी सदस्य रहेको समिति निर्माण गरेको छ ।
त्यस्तै तातोपानी सेवाकेन्द्रको संयोजक तुलप्रसाद श्रेष्ठ र सदस्यहरुमा नन्दबहादुर बानियाँ, लक्ष्मी खत्री, टेकबहादुर श्रेष्ठ र मिनाकुमारी क्षेत्री खड्का रहनुभएको छ । अन्नपुर्ण सेवाकेन्द्रको संयोजकमा ठकराज बरुवाल र सदस्य गोविन्द थापा रहनुभएको छ । त्यसैगरी बाबियाचौर सेवाकेन्द्रमा देवीकुमारी खत्री संयोजक र सदस्यहरुमा नन्दलाल गिरी, चित्रराज आचार्य, जीवन कार्की र भिम सापकोटा रहनुभएको छ ।
धौलागिरी गाउँपालिकाको मुना सेवाकेन्द्रको संयोजकमा मदन मल्ल रहँदा सदस्यहरुमा भने विष्णुकुमारी भण्डारी, रश्मी रसाइली, लालुमायाँ पुन, गंगादेवी पुन रहेको समिति गठन भएको संस्थाको केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । संस्थाले पुस १० गते अन्नपुर्ण गाउँपालिकाको घाराबाट थालेको साधारणसभाको १६ गते मल्लाजमा सेवाकेन्द्र स्तरीय साधारणसभा सम्पन्न गरेको थियो । संस्थाले शनिबार इकाइ प्रतिनिधिहरुको निर्णय प्रमााणित सभा सँगै नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरी नयाँ सञ्चालक समिति चयन गरेको हो ।
वि.स. २०५६ मा स्थापना भएको न्यू धौलागिरि सहकारी संस्थाको ८ करोड ८० लाख ८९ हजार सेयर पुँजी रहेकोमा गत आर्थिक वर्ष २०८१/०८२ मा ५३ करोड १४ लाख ७८ हजार निक्षेप संकलन र ५२ करोड १२ लाख कर्जा लगानी गरेको छ । संंस्थाको ९ करोड ६८ लाख ९७ हजार कुल आम्दानी र ७ करोड ७७ लाख कुल खर्च गरेको गरेकोमा १ करोड ९१ लाख ६६ हजार मुनाफा रहेको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले साधारणसभाको उद्घाटन गर्दै सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहजिकरण गरिरहेको बताताउनु भएको थियो । नगरपालिकाले सहकारीको व्यस्थित सञ्चालनका लागि कदम चालि रहेको बताउँदै उहाँले सहकारीले पनि आफूहरुलाइ सहज तरिकाले अगाडी लैजान पर्नेमा जोड दिनु भएको थियो ।
म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत सोमबहादुर खत्रीलाई १५ हजार ५ सय छात्रवृत्ति सहयोग गरेको सहकारीले मानव सेवा आश्रम बाग्लुङलाई २५ हजार पाँच सय ५५, दरवाङकी पार्वती कामीलाई अध्ययनका लागि१२ हजार र साविक तातोपानी कृषि सहकारी संस्थाले प्रर्वद्धन गरेको लेतेखोलाको कृषि सहकारी भवन मर्मतमा ६० हजार खर्च गरेको जनाएको छ ।
