गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीले पहिलो दिन ६ पदक हात पारेको छ ।
एथलेटिक्स बिधा तर्फ चार स्वर्ण सहित ६ पदक जितेको छ । गोरखा सदरमुकाममा जारी प्रतियोगितामा ४ सय मिटर दौड छात्रा तर्फ सविना विक, सटफुट छात्रा तर्फ मुना गबुर्जा मगर, त्रिपल जम्म छात्रा प्रिया गोतामे र ३ हजार मिटर दौडमा सोनिया खड्काले स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । त्यसैगरी रोश्मी गर्बुजाले ज्याभलिन थ्रो र कन्चन भण्डारीले १५०० मिटर दौडमा रजत पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा कबडडीतर्फ छात्राछात्रमा विजय सुरुवात भएको छ भने भलिबलतर्फ छात्रछात्रा दुबै समुह बाहिरिएका छन् । म्याग्दी मार्सल आट अन्तरगतका विधामा राम्रो सम्भावना रहेको छ । उसु बिधामा ३ जना खेलाडी सेमीफाइनलमा पुगेको उसुका टिम कोच शुशिल श्रेष्ठले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो ।

