बागलुङ, १६ फागुन – यही फागुनको १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाइ लिएर बागलुङ जेसीजले उमेदवारहरु बीच धारणा राख्ने कार्यक्रम (ककस) सम्पन्न गरेको छ । आइतवार भएको कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसमा दर्ता भएका दुइवटा विद्यार्थी प्यानलका पदाधिकारी र सदस्यलाई धारणा राख्न दिएको हो । उक्त अवसरमा नेपाल विद्यार्थी संघ सहितको संयुक्त लोकतान्त्रिक प्यानल र अखिल संयुक्तको प्यानलले धारणा राखेका हुन् । उक्त अवसरमा नेविसंघका सभापति उमेदवार मनिष थापाले देश र शैक्षिक क्षेत्रको गम्भिर समस्या परेको समयमा नेविसंघले अगुवाई गरेको भन्दै लामो संक्रमणकाल बाट विश्वविद्यालयको शैक्षिक र व्यस्थापकीय सुधारका लागि फेरी नेतृत्व लिनुपर्ने बेला आएको बताए । साथै उनले नेविसंघको प्यानललाइइ बिजयी गराउन आग्रह पनि गरे । कार्यक्रममा अखिल संयुक्तका तर्फबाट सभापतिका उमेदवार शेखर खड्काले क्याम्पसको भौतिक पूर्वाधार, सरसफाई र गुणस्तर विकासका लागि विद्यार्थी माझ बसेर काम गर्ने प्रतिवद्धता जनाए । साथै उनले क्याम्पसका शिक्षकहरुले पढाउन छाडेर अन्यत्र जाने प्रवृत्ति रोक्न पनि आफ्नो प्यानलले पहल गर्ने भन्दै मतदानका लागि आग्रह गरे । कार्यक्रममा नेविसंघ प्यानलका सचिव उमेदवार बिष्णुप्रसाद पौडेल र अखिल प्यानलका सचिव उमेदवार जीवन शर्माले पनि आफ्नो धारणा राख्दै प्यानलका सदस्यको परिचय पनि गराएका थिए । बागलुङ जेसीजका अध्यक्ष जोहन बज्राचार्यको अध्यक्षता, पूर्व अध्यक्ष सुदिप राजभण्डारी र एन्जिल शाक्यको संचालन तथा उपाध्यक्ष मनोज बिकको स्वागतमा सम्पन्न कार्यक्रममा निर्वाचन प्रमुख डा. दिनबहादुर थापा,क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले पनि निर्वाचनको आवस्यकता र शैक्षिक हितका लागि सबैको चासो आवस्यक भएको धारणा राखेका थिए ।
Previous Article१६ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article संविधान संशोधन विधेयक माथि १५ संशोधन दर्ता