बागलुङ, १३ फागुन – जिल्ला शिक्षा कार्यालय अन्र्तगतको धौलागिरी विरेन्द्र माध्यामिक विद्यालय रात्माटा श्रोत केन्द्रले निवृत्त शिक्षकहरुलाइ सम्मान गरेको छ । विहिवार भएको सम्मान कार्यक्रममा जीवनभरी शिक्षक भएर निवृत्त भएकाहरुबाट वहालवाला शिक्षक र कर्मचारीले धेरै कुरा सिक्नुपर्नेमा जोड दिइएको थियो ।
रात्माटा श्रोत केन्द्रका ४१ जना शिक्षकलाई उक्त अवसरमा सम्मान गरिएको थियो । २०६९ सालदेखि निवृत्त भएकाहरुलाई एकमुष्ट सम्मान गरिएको हो । उक्त अवसरमा जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले मानिसको सभ्यता र संस्कार सिकाउने काममा निवृत्त भएरपनि शिक्षकहरुले निरन्तर सेवा दिएको बताए । उनले आँफू पनि पहिला ७ बर्ष शिक्षक भएर काम गरेकोले शिक्षकप्रति सम्मान रहने बताए । सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले निवृत्त शिक्षकले पनि सामाजिक जीवनमा उल्लेख्य योगदान गर्न सक्ने बताए ।
उनले निवृत्त शिक्षकहरुले समाज विकासका लागि विचार प्रवाह गर्नमा पनि सहयोग गर्न आग्रह गरे । सेवा निवृत्त शिक्षक सम्मान समितिका अध्यक्ष ममतादेवी शर्माको अध्यक्षता, रामबहादुर केसी र दयाराम सापकोटाको संचालन तथा शिक्षक शान्ति ज्ञवालीको स्वागतमा सम्पन्न कार्यक्रममा श्रोत व्यक्ति ढकबहादुर पुन, निवृत्त शिक्षकहरु शिवा सापकोटा र दिपक ज्योती श्रेष्ठ लगायतले आफ्नो जीवनको भोगाई बारे बोलेका थिए ।
निवृत्त भएपनि सक्रिय र रचनात्मक काममा लाग्न प्रेरणा दिने उद्धेश्यले श्रोतकेन्द्रले सम्मानको कार्यक्रम राखेको पुनले जानकारी दिए ।
Previous Article१३ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article मानवअधिकार र विधिको शासनले लोकतन्त्र संस्थागत