अजरबैजान, ११ फागुन – अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेका छन । अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश दिएको थियो ।
यही अधिकारको प्रयोग गर्दै राष्ट्रपति अलिएभले विगतमा सांसद र एउटा गैर नाफामूलक सामाजिक सेवा संस्थाकी प्रमुखसमेत रहिसकेकी ५२ बर्षीया प्रथम महिला मेहरिबानलाई उपराष्ट्रपति पदमा नियुक्त गरेको समाचार एजेन्सी एपीले जनाएको छ ।
Previous Articleसम्झनाले सताउँछ…..म्युजिक भिडियो सार्वजनिक
Next Article अव २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने