बागलुङ, १० फागुन – कर्मभुमि कम्युनिकशन एण्ड पब्लिकेशन प्रालि बुर्तिबाङद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघमा सर्वसम्मत जिल्ला सदस्य पदमा निर्वाचित रेडियोका स्टेशनम्यानेजर कृष्ण कँडेललाई सोमबार एक कार्यक्रम गरि बधाई ज्ञापन गरेको छ ।
रेडियोले यहि फागुन ३ गते बागलुङ बजारमा सम्पन्न नेपाल पत्रकार महासंघ बागलुङको छैठौँ जिल्ला अधिबेशनबाट नेपाल पत्रकार महासंघ बागलुङको जिल्ला कार्यसमिति सदस्यमा खुल्लातर्फबाट निर्वाचित कँडेललाई बधाई ज्ञापन गरेको हो । कार्यक्रममा बोल्दै रेडियो बुर्तिबाङका संरक्षक तथा समाजसेवि तुल्सीराम आर्यालले जस्तो सुकै चुनौति भएपनि सत्य र तथ्यमा आधारित निष्पक्ष पत्रकारीता गर्ने पत्रकार समाजका लागि आवश्यक रहेको बताए ।
संरक्षक टंकप्रसाद पौडेलले कुनै राजनितिक विचार र कसैको पक्षपोषण गर्ने पत्रकारिताले समग्र समाजको हित गर्न नसक्ने भन्दै सञ्चार माध्यम तथा सञ्चारकर्मीले सँधै तथ्यपरक विषयवस्तुको उठान गर्न सक्नुपर्ने बताए । कार्यक्रममा रेडियोका शुभचिन्तक तथा समाजिक व्यक्तित्वहरु ददिराम शर्मा, केसर छन्त्याल, नगेन्द्र खरेल, कुविर विश्वकर्मा, विष्णु विसी, चुडामणी भुषाल र रेडियोका सम्वादाता गणेशकुमार विश्वकर्माले बधाई ज्ञापन गर्दाै सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङमा नवनिर्वाचित जिल्ला सदस्य तथा रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कँडेल आफु पत्रकार महासंघको जिल्ला सदस्यमा निर्वाचित भएपछि पत्रकारिता क्षेत्रमा थप जिम्मेवारी बढेको बताएका थिए ।
कार्यक्रम कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्राली तथा रेडियो बुर्तिबाङका प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Previous Articleयोगा गर्नअघि जान्नैपर्ने कुरा
Next Article स्तनपान गराउँदैमा झोल्लिदैनन् स्तन