राजेशचन्द्र रा.भ.
लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालको तेस्रो क्याबिनेट मिटिङ धौलागिरी अञ्चलको सदरमुकाम बागलुङ आयोजित कार्यक्रममा नेपाल प्रहरीका चर्चित प्रहरी प्रबक्ता सर्बेन्द्र खनाललाई भब्य समारोह बिच सम्मान गरियो । बागलुङ जिल्लामा हामी सेवा गर्छाै भन्ने उद्देश्यले आजभन्दा २१ बर्ष अगाडि खोलेको संस्थाको अगुवाइमा आयोजित बागलुङको इतिहासमा भब्य र सभ्य समारोहमा नेपाल प्रहरीका प्रबक्ता सर्बेन्द्र खनाललाई सम्मान गरेर अहिलेसम्म कै राम्रो काम गरेको सबैले ठहर गरेका छन् ।
नेपाल प्रहरी भित्र १ लाखको हाराहारीमा प्रहरीहरू छन् तर प्रत्येक नेपाली जनताको मनमन बस्न सफल ब्यक्ति अहिले सम्म खनाल हुन् भन्ने कुरामा कुनै शंका छैन । लायन्स क्लब इन्टरनेशनलले सबै कुरालाई मध्य नजर गरि खनालाई सम्मान गरे पछि नेपालको १६ जिल्लाबाट उपस्थित भएका सबै लायन्समा एउटा उत्साह भने थपिन पुगेको छ । फुटबल खेलमा म्याच फिसिङ गरि अरू सँग पैसा खाएर खेल हार्ने खेलाडी पहिचान गरि सार्वजनिक गर्ने सवालदेखि गुण्डाराजलाई तह लगाउने सवालमा सधैं अब्बल रहेका खनाल कहिले पनि बिबादमा आएको रेकर्ड छैन । सरकार माओबादी बार्ताको समयमा समेत राम्रो भुमिका खेल्नु भएका खनाल साच्चै भन्नुपर्दा नेपाल प्रहरीका साथै नेपाली जनताको मनमनमा बस्न सफल नक्षत्र हुन् भन्ने कुरामा पनि कुनै शंका छैन ।
बागलुङमा भएको तेस्रो क्याबिनेट मिटिङमा सम्मानित भए पछि खनालले दिनु भएको अभिब्यक्ति नै एैतिहासिक रह्यो । अहिलेसम्म भएको लायन्स क्लबको कार्यक्रम मध्य मलाई यो नै सबैभन्दा महत्वपूर्ण हो भन्ने लागेर मैले नेपाल प्रहरीका प्रबक्ता समेत रहनु भएका खनाल कै बारेमा यसपटक कलम चलाउने बिचार गरेको हो । नेपाल प्रहरीलाई राम्रो बनाउने सवालमा आफुलाई सरकारले दिएको जिम्मेवारी इमानदारी पुर्बक निभाउदै आएको भबिश्यका दिनमा समेत आफु त्यो अभियानमा लागि रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । नेपाल प्रहरी संसारको अरू प्रहरी भन्दा काम गर्न सक्षम भएको, अपराध नियन्त्रण गर्ने सवालमा नेपालको जुनसुकै कुनामा हैन बिदेशी भुमिमा लुकेर बसेका अपराधीलाई समेत पक्राउ गरेर ल्याउन सक्षम भएको धारणाबाट के कुरा स्पष्ट सँग बुझ्न सकिन्छ भने अझै पनि नेपाल प्रहरी भित्र इमानदार कर्तव्य निस्थ खनाल जस्तो ब्यक्ति जिबित नै छन् भन्ने कुरा समेत लायन्स क्लबले गरेको सम्मानबाट स्पष्ट भएको छ ।
नेपालमा लोडसेडिङको खेती गरेर भएको बिजुली लुकाउने चोर्नै गिरोहका नाइकेको पहिचान गरेर पक्राउ गरेर कानुनी कार्बाहि गर्न सफल भएपछि अहिले राजधानी २४ घण्टा उज्यालो छ साच्चै मन देखि काम गर्छु भन्ने मान्छेलाई ठाउँ दिने हो भने काम गर्ने बाताबरण दिने हो भने समस्या भनेको केही पनि छैन । नेपालमा अस्ति भर्खरै ३४ केजी सुन पक्राउ भयो त्यसको अनुसुन्धान गर्दै जाँदा प्रहरी प्रमुख श्याम खत्री दोषि देखिए उनी समेत पक्राउ परे किन भने उनले इमानदारीता देखाउन सकेनन् केही कमिसनको लागि आफ्नो जिन्दगी बिगारे सायद उनले पनि आफ्नो सहपाठी सर्बेन्द्र खनालले गरेको काम र नाम नसुनेको अबश्य हैन होला तर उनी त्यस्तो गिरोहको चँगुलमा फसे केही रकम कमाउने धन्दामा लागे फरक यत्ति मात्रै हो । खनाललाई पनि रकम कमाउने अफर त अबश्य पनि नआएको हैन होला तर इमानदार भएर बाच्न गाह्रो छ तर अहिले हाम्रो समाजमा बैमानीको संख्या धेरै भए पनि इमानदार मान्छेलाई नै सबैले मनपराउने गर्छन् त्यस मध्येमा खनाल अहिले पनि एक नम्बर मै पर्छन् । खनाललाई तराई क्षेत्रमा जिम्मेवारी दिदा खेरी दाइजो प्रथालाई न्युनिकरण गर्ने अभियान चलाए बिरगंज भन्सारमा हुने गरेको अबैध धन्दालाई हल गरेर भन्सार रकम बृद्धि गर्ने काम गरेर देखाइ दिएको उदाहरण नेपाली जनता माझ मात्रै होइन सरकारसँग पनि छ ।
नेपाल प्रहरीमा इन्काउन्टर अफिसरको नामले समेत चर्चित खनालको नाम सुन्दा समेत संगठित रूपमा गुण्डागर्दी गर्ने ब्यक्ति थर्कमान हुने गर्थें । खनाल कै कारणले पनि राजधानी पहिलाको तुलनामा शान्त छ भन्दा फरक नपर्ला । साच्चै एउटा ब्यक्ति केही पनि हैन गर्न चाह्यो भने एकजना ब्यक्तिले समाज परिबर्तन गरेर देखाउन सक्छन् भन्ने ज्वलन्त उदाहरण हो यो । राजनीतिमा अपराधी करण अपराध मै राजनीति करण भएकोले समाज भ्रष्टिकरण भएको हो । अहिले प्रत्येक प्रहरी प्रमुख सरूवा बढुवामा सबै खाले चलखेल चल्ने गरेको कारणले पनि अहिले प्रहरी प्रशासन बदान हँुदै गैरहेको छ । यस्तो समयमा समेत आफ्नो मान र सान कायम राख्न सफल खनाल नेपाल प्रहरी भित्र आशा लाग्दो पात्र हुन । खनालले बागलुङ सदरमुकाममा भएको लायन्स क्लबले गरेको सम्मान कार्यक्रममा दिनु भएको अभिब्यक्तिलाई सबैले मुक्त कन्ठले प्रशंसा गरेका छन् । साच्चै छातीमा हातहालेर भन्ने हो भने देशभक्ति पुर्ण अभिब्यक्ति हो भन्नेमा कुनै शंका छैन । एकजना राजनीति नेता राष्ट्रबादी नेताले दिने जस्तो अभिब्यक्ति सुन्दा खेरि आनन्द आयो मनमा लोभ लालच नभए पछि मिसन देशभक्ति भए पछि कसैले रोकेर छेक्न खोजे पनि कसैको केही नलाग्ने रहेछ ।
सबैभन्दा ठुलो कुरा समय रहेछ अहिले जतासुकै चर्चा हुन्छ भने प्रहरी प्रबक्ता खनालकै हुन्छ । बागलुङको प्रशिद्ध शक्ति पिठ कालिका भगवती माताको दर्शन गरेर आशिर्बाद लिनु भएका खनाललाई भबिश्यका दिनमा नेपाल प्रहरीको प्रमुख बन्ने सबै लायन्स परिबार र बागलुङबासीले आर्शिबाद दिएका थिए । अपराध नियन्त्रण गर्नको लागि आफु सधै तयार भएको नेपालको कुनै पनि भुभागमा समस्या परे आफुलाई खबर गर्न समेत अनुरोध गर्नु भएको थियो ।
लायन्स क्लबले गरेको गुण आफुले कहिले पनि नभुल्ने आफुलाई सम्मानले थप जिम्मेवार बनाएको खनालले बताउनुले पनि बागलुङ जिल्लामा भएको लायन्स क्लबको तेस्रो क्याबिनेट मिटिङ साच्चै कै ऐतिहासिक भएको छ भन्ने कुरा पुष्टि भएको छ । बागलुङ जस्तो साधन स्रोत कम भएको ठाउँमा लायन्स क्लब धौलागिरी, बागलुङ लायन्स क्लब, बागलुङ कालिका लायन्स क्लब, बागलुङ सिटि लायन्स क्लब बागलुङले संयुक्त रूपमा गरेको लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालको तेस्रो क्याबिनेट मिटिङ यसपटक नेपाल प्रहरीका प्रबक्ता सर्बेन्द्र खनाल कै कारणले पनि एैतिहासिक भएको हो भनेर बागलुङबासी सबैले भनिरहेका छन् । अहिले जुन जिम्मेवारी खनालले पाउनु भएको छ सफलताको शुभकामना राम्रो मान्छेलाई सम्मान गरेकोमा क्लब समेत धन्यवादको पात्र हुन् ।