बागलुङ, ७ फागुन – व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले संविधान कार्यान्वयनको बिकल्प निर्वाचन र निर्वाचनको बिकल्प निर्वाचन मात्र भएको बताएका छन् ।
शुक्रवारदेखि बागलुङमा शुरु भएको दोश्रो सडक खाना महोत्सवको उद्घाटन गर्दै अधिकारीले देशलाई समृद्धिको बाटोमा हिडाउनका लागि देशको मुलधारको राजनीतिमा जिम्मेवारी बोध हुनुपर्ने बताए । उनले राजनीतिमा फोहोरी खेल भैरहेकोले हिंसा र भ्रष्ट्राचार मौलाएको दावी गरे । ‘फोहोरको डुंगुर भएको स्थानमा किराको बिउ आफै उम्रिन्छ’ उनले भने, ‘राजनीतिक पद्दती धमिलो र अवसरवादी बनाएपछि भ्रष्ट्रचार, अनियमितता र घुसखोरीतन्त्र मौलायो भनेर नेतृत्व उम्कन मिल्दैन ।’
संविधान जारी गर्दा जस्तै कार्यान्वयनका लागि पनि सबै दल एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले दोहो¥याए । राजनीतिममा भाषण मात्र गर्ने प्रवृत्तिले युवाहरुको वितृष्ण बढेको अधिकारीको टिप्पणी थियो । सबैले उत्पादन र रोजगारीलाई ध्यान दिएर अगाडि नबढेमा भाषणको राजनीति समाप्त हुने उनले दावी गरे ।
‘युवालाई रोजगारी दिनेगरी राजनीति गर्न जानेनौं भने पुरानो पुस्ताले जस्तो भाषण गरेर राजनीति थामिदैन’ उनले भने, ‘युवालाई आर्थिक समृद्धिको अवसर दिन सकेमा मात्र पलायनबाट रोक्न सकिन्छ ।’ दलहरुका राजनीतिक सिद्धान्त मात्रले पनि युवाहरु आर्कषित गर्न नसकिने उनले बताए । प्रदेश नम्बर ४ लाई देशकै पहिलो विकमित र धनी प्रदेश बनाउन सकिने उनले दावी गरे ।
‘हिमाल देखि तराई सम्म फैलिएको प्रदेश भएकोले धार्मिक, आर्थिक, सास्कृतिक र उत्पादनबाट आत्मनिर्भर बनाउन सकिन्छ’ अधिकारीले भने, ‘मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर विकासका मुख्य सूचक हुन् ।’ देशभरका राष्ट्रिय गौरवका आयोजनामा यी दुवै आयोजनाले दुइतिहाई बढी प्रगती गर्न सफल भएको उनले बताए । संसदको विकास समिति मार्फत नियमित अनुगमन र निर्देशन मार्फत देशका सबै आयोजनालाई लक्ष अनुसार प्रगती गर्न लगाएको पनि उनले बताए ।
अधिकारीले आगामी डेढ बर्षमा उत्तरदक्षिण कालीगण्डकी कोरिडोरलाई योजना अनुसारको सहज यात्रा गर्न सकिने बनाउने दावी गरे । ‘भारतका पर्यटकलाई चीन र चीनका पर्यटकलाई भारतसम्म लैजान सक्ने सहज मार्ग डेढबर्षमै बन्छ’ उनले भने, ‘त्यसका लागि विकास समितिको अगुवाई हुनेछ ।’ उनले समितिकै अगुवाईमा बागलुङमा बहुउद्धेश्यीय सभाहल निर्माणको पनि पहल गरिने आश्वासन दिए ।
कृषि तथा घरेलु उद्योगको विकास र पर्यटन प्रवद्र्धनका लागि भन्दै नेपाल राष्ट्रिय व्यपार संगठनले दोश्रो पटक महोत्सवको आयोजना गरेको हो । स्थानीय उत्पादनको प्रचार तथा व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष पुनमप्रसाद शर्माले जानकारी दिए । सडकमै खाने, सडकमै रमाउने र पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम महोत्सवका लागि तय गरिएको हो । जिल्लाका पर्यटकीय र धार्मिक क्षेत्रको प्रचार गर्ने तथा जिल्लामा परंपरादेखि संचालनमा आएका र लोप हुन लागेका कला र संस्कृतिको जर्गेना गर्ने उद्धेश्य राखिएको छ ।
महोत्सवमा १८ वटा खानाका स्टल सहित अन्य विभिन्न जनचेतना अभिवृद्धि गरिने खालका स्टल पनि राखिएका छन् । ट्राउट माछा, केराका सबै परिकार सहितको स्टल, गोविन्दाज शुद्ध शाकाहारी भोजनालय, खीर स्टल, बंगुर सहित विभिन्न प्रकारका खानाका स्टल पनि छन् ।
Previous Article७ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article मुलुकमा अब वैकल्पिक सत्ता – विप्लव