म्याग्दी, २ फागुन/रघुगंगगा गाउँपालिकामा समावेश गर्नुपर्ने भन्दै दुर्गम मल्कबाङ गाविसका स्थानीय आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । गाविसका प्रत्येक घरधुरीबाट आएका स्थानीयले प्रमख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र स्थानीय विकास अधिकारी प्रेमराज गिरिलाई ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले जिल्लास्थित राजनीतिक दलहरुलाई बोधार्थको रुपमा ज्ञापनपत्र बुझाएका छन् । आफ्नो गाविसलाई प्रस्तावित धौलागिरि गाउँपालिकामा समावेश गरिएको भन्दै त्यहाँबाट सेवासुविधा उपभोग गर्न भौगोलिक हिसाबमा समस्या पर्ने भन्दै उनीहरुले धर्ना दिएका हुन् । प्रस्तावित रघुगंगा गाउँपालिकाको अस्याथी केन्द्र पाखापानीलाई तोकिएको र उक्त केन्द्र आफुलाई भौगोलिक हिसाबमा पायक पर्ने स्थानीय अगुवा हरि छन्त्यालले जानकारी दिए । स्थानीयले पाखापानीलाई अस्याथी नभई स्थायी केन्द्र नै कायम गर्नुपर्ने समेत दबाब दिएका छन् । ज्ञापन बुझ्दै प्रजिअ पौडेलले स्थानीयको मागका विषयमा आफु गम्भिर रहेको र ज्ञापनपत्र सम्बन्धित निकायमा पठाईने प्रतिबद्धता जनाए । म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा, अर्मन गाविस, मंगला गाउँपालिकामा दरवाङ, निस्कोट, रूम, ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर तोकिएको छ ।
Previous Articleएसियन कप छनौट होम गेम नेपालमै खल्न पाउँः गुरुङ
Next Article भकुण्डेको यात्रा