म्याग्दी, २ फागुन/जिल्लाको भगवती–३ निबासी बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सिता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार आर्थिक सहयोग गरेको छ । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना मार्फत उपचारमा १ लाख ६४ हजार ७ सय २४ रुपैयाँ सिता (कृष्णकुमारी) उपचार अभियानका सदस्य कमल खत्रीलाई सोमबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । मोना आईसीका क्षेत्रीय उपाध्यक्ष बालकृष्ण खत्री, मोना कतारका बवि शाहीको उपस्थितीमा आयोजित कार्यक्रममा प्रवासमा रहेका म्याग्देलीहरू आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्यमा महत्वपुण भुमिका निर्वाह भएको बताएका थिए । कतारमा रहेका म्याग्देलीहरुले छोटो समयमै गम्भीर रोगबाट ग्रसित सिता कुटवाललाई आफ्नो क्षमता अनुसार सहयोग गरेको टेलिफोनमा मोना कतारका कार्यवाहक अध्यक्ष किरण शाहीले बताए । उनले आर्थिक अवस्था कमजोर भएका म्याग्देलीलाई भविस्यमा पनि निरन्तर सहयोगको प्रतिबद्धता जनाउँदै सहयोगीलाई धन्यवाद दिए । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाका महासचिव तिलु शर्मा पौडेलले आर्थिक सहयोगले उपचारमा सहज हुने अपेक्षा गदैं शिघ्र स्वास्थ्य लाभको कामना गरे । सहयोग हस्तान्तरण कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुन मगर लगाएतको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन मोना कतारका सञ्चार संयोजक हरिकृष्ण गौतमले गरेका थिए । भारतका उपचार गराइरहेकी कुटुवालको अभियानमा हालसम्म ४० लाखभ आर्थिक सङ्कलन भएको छ ।
Previous Article३ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article राप्रपा राजतन्त्रको लाइनमा व्याक