बागलुङ, २० माघ/अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघाले बुधबारदेखि लकर सुविधा सहित कम्प्यूटर प्रणाली सहितको लेखा प्रणाली सुरु गरेको छ । संचार सहकारी संघ बागलुङका उपाध्यक्ष विष्णु भुसालले सो सेवाको उद्घाटन गर्दै वित्तिय सरलताको लागी प्रविधिको उपयोग गर्नुपर्ने भन्दै सहकारीले आफ्नो कारोवारलाई प्रविधि मैत्रि बनाउने विश्वास व्यक्त गरेका छन् । भुसालले सहकारीको विकासले ग्रामिण जनजीवनलाई सम्वृद्ध गर्न भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा रत्न लक्ष्मी मावि रिघाका सहायक प्राचार्य तुलबहादुर श्रीस, सहकारीका सल्लाहकार श्याम विश्वकर्मा लगाएतले बोलेका थिए । कार्यक्रममा संस्थाको वारेमा प्रवन्धक सोनाम घर्तिले जानकारी दिए । कार्यक्रम सहकारीका अध्यक्ष देबबहादुर विकको अध्यक्षता, तथा शिक्षा उपसमितिका संयोजक डम्वर श्रीसको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानिय आमा समुहले श्रीपञ्चमीको अवसरमा भजन प्रस्तुत गरेका थिए । ३ सय २२ जना शेयर सदस्य रहेको सहकारीमा साढे २२ लाख शेयर पुँजी रहेको छभने ९५ लाखको कारोवार गर्दै आएको छ ।