काठमाडौं, १८ माघ – दृष्टिविहीन टी-ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। भारतको नयाँदिल्लीमा भएको खेलमा अस्ट्रेलियाले नेपाललाई १० विकेटले पराजित गरेको हो। नेपालले दिएको एक सय ४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले १२ दशमलव ४ ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो।
नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रनको योगफल तयार गरेको थियो। नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले ३४ रनको योगदान दिए। त्यस्तै कृतन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ तथा सुनिल थापामगरले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन्।
अष्ट्रेलियाका लागि भने म्याथ्यु जेम्स क्यामरुनले ६८ तथा स्टेफन लियो पालमरले ४८ रन जोडेका थिए। नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार बङ्गलादेशसँँग खेल्नेछ।
Previous Articleतपाइँको पासवर्ड १२३४५६ त होइन ?
Next Article फ्रान्सेली आइरिस बनिन् मिस युनिभर्स