वालिङ, १३ माघ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको कार्यान्वयन गरी वर्तमान सङ्क्रमणकालको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
वालिङ उद्योग वाणिज्य सङ्घ स्याङ्जाद्वारा आयोजित छैटौँ वालिङ महोत्सवको वालिङमा उद्घाटन गर्दै उनले देश अहिले सङ्क्रमणकालमा रहेकाले यसको निकासका लागि पनि संविधानको कार्यान्वयन जरुरी रहेको बताएका हुन् ।
“सरकारले अहिले संविधानको कार्यान्वयनभन्दा पनि संविधान संशोधनको कुरा अगाडि सारिरहेको छ” उनले भने, “देशलाई निकास दिएर सङ्क्रमणकालबाट बचाउने नै हो भने छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प छैन ।”
राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले लोकतन्त्र छाडेर देश प्रतिगमनतर्फ नजाने तर लैजानका लागि भएका प्रयासहरु पनि असफल हुने दाबी गरे ।
अहिलेको अवस्थामा राजनीतिक दलका नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशकाबारेमा सोच्नु आवश्यक रहेको बताए ।
Previous Articleस्थानीय निकायको निर्वाचन वैशाख अन्तिम साता – प्रचण्ड
Next Article किन डरायो एमाले प्रधानमन्त्री प्रचण्डसँग ?