कृष्ण कँडेल
बागलुङ, १२ माघ – चरम राजनीतिक विवादले गर्दा शैक्षिक तथा भौतिक अवस्था कमजोर बन्दै गएको उत्तरगंगा उच्च मावि बुर्तिबाङमा असन्तुष्ट पक्षको असहमति बीच निर्वाचनबाट विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । अघोषित रुपमा बनार्ईएको नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा पक्षधरको बर्चश्व सहित चुडाबहादुर कुँवरको अध्यक्षतामा समिति गठन भएको बताईएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र नेकपा माओवादी पक्षधरले आफु पराजित हुने देखेपछि निर्वाचन प्रक्रिया बहिष्कार गरेको चर्चा छ । यसअघि पनि विद्यालय व्यवस्थापन समिति गठन, प्रधानाध्यापक नियुक्ति लगायतका विषयमा विभिन्न राजनीतिक दल सर्मथकबीच तीब्र विवाद हुँदा झडप समेत हुने गरेका थिए । तर यसपटक शान्तिपुर्ण रुपमा समिति बनेको हो । चार जना सदस्य अभिभावक भेलाबाट चयन गर्नुपर्नेमा १७ जनाको उम्मेदवारी परेको थियो । दुई महिला सदस्यका लागि ५ पाँच जनाको उम्मेदवारी परेपनि गौमती कुमाल र तारा आचार्यको नाममा सहमती गरेर नेत्रकुमारी खनाल, रुन्जती पाण्डे र गिता कुमालले उम्मेदवारी फिर्ता लिएपछि सर्बसम्मत भएको थियो । दुई खुल्ला सदस्यका लागि १२ जनाको उम्मेदवारी दिएकोमा अन्तिम समयमा आएर ७ जनाले फिर्ता लिएपछि चुनावी मैदानमा ज्ञानप्रसाद कँडेल, उद्धविर घर्ती, नरबहादुर कँवर, बालसम कुँवर र दिलबहादुर कुँवर थिए । सर्बसम्मतको प्रयास गर्दा गर्दै साँझ साढे ६ भईसकेको थियो ।
अबेरसम्म पनि सहमति नभएपछि अघोषित एमाले–माओवादी गठबन्धनका कँडेल, उद्धविर र दिलबहादुरले सर्बसम्मत नभए फेरी अर्को दिन अभिभावक भेला गरि नयाँ प्रक्रिया सुरु गरेर सबै अभिभावकको उपस्थितीमा समिति गठन गर्नुपर्ने अडान राखेका थिए ।
तर मतदान अधिकृत तथा स्रोतव्यक्ति बेदबहादुर बुढा, भेलाको अध्यक्षता गरेका प्रधानाध्यापक धनबहादुर कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर खत्री लगायतले यसअघि पनि दुई भेला भईसकेको र यो तेस्रो भेलामा उपस्थित भएका अभिभावकबाट मतदान गरेरै भएपनि निकास निकाल्नु पर्ने बाध्यता रहेको भन्दै निर्वाचन प्रक्रिया अघि बढाएपछि एमाले–माओवादी गठबन्धनले प्रक्रिया बहिष्कार ग¥यो । खुल्ला २ सदस्यका लागि काँग्रेस–राजमो गठबन्धनका उद्धविर घर्ती र नरबहादुर कुँवर मात्र चुनावी मैदानमा उत्रिए । असन्तुष्ट पक्षको बहिष्कार बीच भएको निर्वाचनमा ३९ मत खसेकोमा ३३ मत ल्याएर नरबहादुर र २८ मत ल्याएर उद्धविर विजयी भएको निर्वाचन अधिकृत वेदबहादुर बुढाले जानकारी दिए । प्रक्रियामा सहभागी नभएका ज्ञानप्रसाद कँडेलले ६, दिलबहादुर कुमाल र बालसम कुँवरले १, १ मत प्राप्त गरेका बुढाको भनाई छ । यसरी प्राप्त नजिता अनुसार चयन भएका चार जना सदस्य र प्रअसहितको ५ जनाको समितिले चुडाबहादुर कुँवर र २ महिला सदस्यमा सर्बसम्मत गर्ने क्रममा उम्मेदवारी फिर्ता गरेकी नेत्रकुमारी खनाललाई मनोनयन गरे । सात जनाको समितिबाट चुडाबहादुर कुँवरलाई अध्यक्ष बनाईयो । तर प्रक्रियामा सहभागी नभएका तीनै जनाले नियमविपरित एकलौटी गरेका कारण नजिता नस्वीकार्ने बताएका छन् । उनीहरुले तेस्रो भेला हुनका लागि लगातर ३ दिनको अन्तरालमा ३ वटा भेला हुनुपर्ने, १ हजार ५७ मतदाता रहेकोमा जम्मा ३९ जना मात्र निर्वाचनमा सहभागी भएका र आफुहरुसहित सहभागी नभएका सबैले प्रक्रिया बहिष्कार गरेका, सिमित व्यक्तिले रातारात समिति नै कब्जा गर्ने गरि चुनाव गरेकाले नमान्ने बताएका छन् । उनीहरु तिनै जनाले नियमविपरित भएको गठन प्रक्रिया विरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् ।
तर श्रोतव्यक्ति बुढाले कार्यविधि अनुसार पहिलो भेलामा कुल अभिभावकको ५१ प्रतिशत उपस्थित हुनपर्ने, दोस्रोमा ३३ प्रतिशत र तेस्रो भेलामा जति उपस्थित हुन्छन् त्यसको बहुमतले समिति सदस्य चयन गर्न सक्ने प्रावधान अनुसार विधि सम्मत रुपमा समिति गठन गरिएको बताए । बुढाले यसअघि असोजमा दुईओटा भेला भईसकेकाले अहिलेको भेला तेस्रो भएको बताए । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले सर्वसम्मत नभएको अबस्थामा मदतान गर्नु पर्दा विद्यालय निरीक्षक मात्र मतदान अधिकृत हुन सक्ने भएकाले विद्यालय निरिक्षकले चुनाब गराउन नमिल्ने बताए ।
उनले श्रोतव्यक्ति बेदबहादुर बुढालाई सम्बन्धित विद्यालय निरीक्षकसँग समन्वय गरेर काम गर्न आफुले यसअघि नै निर्देशन दिएका बताए । स्रोतव्यक्ति बुढाले भने विद्यालय निरीक्षक भरतकाजी अर्यालको कार्य व्यस्तताले गर्दा आफ्नो संयोजकत्वमा विव्यास गठन सहयोग समिति गठन गरेर आफु नै मतदान अधिकृत रहने गरि काम गर्नुपर्ने बाध्यता रहेको दाबी गरेका छन् । अभिभावक भेला प्रअ धनबहादुर कुँवरको अध्यक्षतामा भएको थियो । स्रोतव्यक्ति बुढा, प्रअ कुँवर र शिक्षक अभिभावक संघ अध्यक्ष धनबहादुर कुँवर मन्तव्य राखेका थिए । प्रअ कुँवरले मनत्व्य राख्ने क्रममा यसअघि बलपुर्वक ददिराम अर्यालको अध्यक्षता विव्यास गठन गरि बाहालवाल प्रअ आफुलाई नियोजित रुपमा हटाएर ईश्वरीप्रसाद पौडेललाई प्रअ बनाईएपछि विद्यालयमा विद्यालय बिग्रिँदै गएको दाबी गरे । आफ्नो पक्षको असहमति बीच निर्वाचन प्रक्रिया अघि बढाईर्एपछि पुर्वअध्यक्ष अर्यालले आक्रोशित हुँदै ‘म पुर्वअध्यक्ष होईन ? ईश्वरी प्रसाद पौडेल पुर्वप्रअ होईनन् ? हामीलाई पनि स्पष्टिकरण दिन मौका दिनुपथ्र्याे ? तिमीहरु एकलौटी ढंगले आफुहरु मात्रै बोल्ने ?’ भन्दै आपत्ति जनाए थिए । उनी लगायत असन्तुष्ट पक्षको असहमति बीच श्रोतव्यक्ति बुढाले निर्वाचन प्रक्रिया अघि बढाएका थिए ।
Previous Article१२ माघ २०७३, ढोरपाटन दैनिक
Next Article शान्तिपूर्ण आन्दोलन र गैह्रजिम्मेवार प्रशासन