काठमाडौँ, १२ माघ – नेपाली राष्ट्रिय टिमका स्पिनर शक्ति गौचनले म्युजिक भिडियोमा अभिनय गरेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका गायक सन्तोषवीर सिंह बस्नेतको गीतमा गौचनले अभिनय गरेका हुन् ।
गायक बस्नेतले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको ‘हो हो हो आमा’ नामक एल्बमको ‘आमा…’ बोलको गीतमा क्रिकेटर गौचन र अभिनेत्री मिथिला शर्माले अभिनय गरेका छन् ।
भिडियोमा क्रिकेटर गौचनको जीवनीलाई आधार बनाइ आमाछोराको घनिष्टता देखाइएको गायक बस्नेतले जानकारी दिए । निकेश खड्काले निर्देशन गरेको भिडियोमा शक्ति क्रिकेटरका रुपमै प्रस्तुत भएका छन् भने वरिष्ठ कलाकार मिथिला शर्मा आमाको भूमिकामा देखिएकी छन् ।
एल्बमका सबै गीतमा गायक बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । अर्जुन तिवारीले खिचेको यो म्युजिक भिडीयोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।
Previous Articleसिआइएको नयाँ प्रमुख बने माइक पम्पियो
Next Article एप्पलको आइफोन ८ मा वायरलेस चार्जिङ !