काठमाडौँ, ११ माघ – अघिल्लो सालको भूकम्पबाट सगरमाथाको उचाइमा परिवर्तन भयो कि भएन, त्यो जाँच्न भारतले एक टोली पठाउने घोषणा गरेको छ। त्यसका लागि भारतले दुई महिनाभित्र एक पर्वतारोहण दल सगरमाथामा पठाउने भारतका महासर्वेक्षक स्वर्ण सुब्बालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उनले त्यसका लागि आवश्यक सबै मञ्जुरी लिइसकेको र नेपालको महा सर्वेक्षकसँग कुरा मिले दुई महिनाभित्र टोली पठाउने बताएका हुन्।अवलोकनका लागि करिब एक महिना र त्यसपछिको १५ दिनमा कम्प्युटेसन र डाटा घोषण हुने सुब्बाले बताए। यसअघि स्याटेलाइट डाटाअनुसार सगरमाथाको उचाइ केही कम भएको बताइएको छ। एजेन्सी