बागलुङ, ७ माघ- बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा जारी बागलुङ गोल्डकप फुटबल–२०७३ को उपाधिको लागि फाइनलमा विष्णु पादुका युवा क्लब हेम्जा र फ्युचर स्पोटर्श क्लब रातो भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा विष्णु पादुका युवा क्लबले फ्युचर स्पोर्टश क्लब पहेलोलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको होभने फ्युचर स्पोटर्श क्लब रातोले अमर आदर्श स्पोटर्श क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा फ्युचर स्पोटर्श क्लब पहेलोलाई निकै दबाबमा राखेको विष्णु पादुका युवा क्लबले पहिलो हाफको ५ मिनेटमा गोल गरेको थियो । उक्त गोल अजित गुरुङले गरेका थिए । पहिलो हाफमा १ गोल मात्र गरेको विष्णुपादुकाले दोस्रो हाफको ७० मिनेटमा विष्णु गुरुङ र ७५ मिनेटमा विनोट गुरुङले गोल टिमलाई गर्दै ३ गोलको अग्रता लिएको थियो । फयुचरको लागि खेलको ७७ मिनेटमा सुशान श्रेष्ठले सान्वना गोल गरेका थिए । यस्तै बिहीबार नै भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा अमर आदर्श स्पोटर्श क्लबलाई ०–१ गोलले पराजित गर्दै फ्युचर स्पोटर्श क्लब रातो फाइनलमा प्रवेश गरेको छ । निकै प्रस्पर्धात्मक बनेको खेलमा पहिलो हाफमा दुवै टोलिबाट राम्रो प्रहार भएपनि गोल हुन सकेन् । पहिलो हाफ निकै राम्रो खेलेको अमर आदर्श दोस्रो हाफमा कमजोर बनेको थियो । खेल निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा फ्युचरका तर्फबाट खेलेका अफ्रिकन खेलाडी बुका वालाले निकालीदिएको राम्रो क्रस बललाई सवि गुरुङले सुन्दर गोलमा परिणत गरेका थिए । उनले खेलको ७७ मिनेटमा आकर्षक गोल गरेका थिए । उक्त गोलनै खेलको निर्णायक गोल हुन पुग्यो र फ्युचर फाइनलमा प्रवेश गरेको छ । शुक्रवार हुने फाइनल खेल राष्ट्रिय खेलाडी तथा राष्ट्रिय फुटबल टिममा आवद्ध व्यवसायिक खेलाडीहरु सम्मिलित टोली बिच हुने भएकाले निकै रोमाञ्चक हुने सञ्जालका प्रेस संयोजक रामकृष्ण बोहराले जानकारी दिए । दुवै टिमलाई सुरुदेखिनै उपाधिको लागि दाबेदारीको रुपमा हेरीएकोले आजको खेल निकै प्रतिस्पर्धात्मक बन्ने आकलंन गरिएको छ । फाइनल पुगेको फ्युचर स्पोर्ट क्लबमा राष्ट्रिय टोलीबाट खेल्दै आएका हेमन गुरुङ, अण्डर नाइन्टिनका गौरव बुढाथोकी, रितेश मल्ल, जितेश बुढाथोकी तथा संकटा क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका अफ्रिकन खेलाडी बुका वाला रहेका छन्भने बिष्णुपादुका युवा क्लब हेम्जा कास्कीको टोलीमा सहारा क्लब पोखराबाट खेल्दै आएका बिश्व गुरुङ, अशोक नेपाली, ऋषि सापकोटा, आकाश नगरकोटी लगायत खेलाडीहरु रहेका छन् । गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार १ हजार, हाइ स्कोर १ हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई १/१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Previous Articleहेडमास्टर, कर्मचारी, नेता र व्यपारीको महासंघ नबनोस्
Next Article तेरियाले जितिन् टेलिभिजन शो ‘झलक दिखलाजा’ को अवार्ड