काठमाडौं, ४ माघ – सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी श्यामबहादुर खत्री अनुसन्धानका लागि प्रहरी मुख्यालय तानिएका छन् ।
गत साता विमानस्थलभन्दा बाहिर ३४ किलो सुनसहित पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा प्रहरी मुख्यालयले खत्रीलाई अनुसन्धान गर्न हेडक्वार्टर फिर्ता बोलाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रहमा आईजीपी उपेन्द्रकान्त अर्यालले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएका हुन् ।
Previous Articleन्यायाधीश नियुक्ति विवाद:नसच्याए इजलास बहिष्कार
Next Article साढे ८ किलो चरेशसहित अर्गलका जुद्ध पक्राउ