काठमाडौं, ४ माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको परिवारले उपभोग गरेको खानेपानीको बक्यौता सरकार आफैंले भुक्तान गरेको खुलासा भएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले गत मंसिरमा दाहाल यसअघि प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास र लाजिम्पाटस्थित निजी आवासको करिब १२ लाख रुपैयाँ बक्यौता काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई बुझाएको थियो । मन्त्रालयले ८ वर्षपछि खानेपानी बक्यौता भुक्तानी गरेको मन्त्रालयका सचिव भीम उपाध्यायले जानकारी दिए ।
प्रधानमन्त्री हुनुअघि दाहालले उपभोग गरेको खानेपानीको बिल किन सरकारले तिरेको भन्ने प्रश्नमा बचाउ गर्दै उनले निजी आवास भए पनि त्यसमा राज्यका सुरक्षाकर्मी हुने भएकाले उनीहरूले खाएको पानी तिर्नु राज्यको दायित्व भएको तर्क गरे ।