काठमाडौँ, २ माघ – शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहका तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलाई जुराइएको छ ।
निशाकुसुमको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका भतिजा अभिषेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमै इंगेज्मेन्ट (टीकाटालो) भएको थियो ।
विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही वर्षदेखि नै चलेको थियो । अध्ययनलगायत कारणले पछि सरेको हो । समावेशीको नमुनासमेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाँधेको छ । कान्तिपुर
Previous Articleप्रचण्डलाई कमल थापाको यस्तो चेतावनी
Next Article एयरबस किन्न अमेरिकी कम्पनीलाई अनुमति