काठमाडौं, २ माघ – चीनको केरुङ नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले ना १ ज ४९६४ नम्बरको टाटा सुमोबाट १५ किलो सुन बरामद गरेको हो । १५ किलो सुनसहित गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
गाडीको इन्जिनमा रहेको भागमा ब्याट्रीको फलाममा लुकाएर राखेको अवस्थामा प्रहरीले सुन बरामद गरेको तामाङले बताए । अवैध वस्तु राजधानीमा ल्याउदै गरेको सूचनाको आधारमा प्रहरीले चेकिङमा कडाई गरेको थियो । गोप्य सूचना अनुसार महानगरीय प्रहरी वृत्त बालाजुवाट खटिएको प्रहरी टोलीले रसुवाबाट आउने सवारी साधनको चेकजाँचका क्रममा १५ किलो सुन बरामद गरेको छ ।
सवारी साधनलाई चेक गर्ने क्रममा प्रहरीले शनिबार बिहान करिव १:३० बजे भक्तपुर सुयृविनायक नगरपालिका ११ बस्ने रविन्द्र भुजेलले चलाएको ना१ ज ४९६४ नं. को गोसाईकुण्ड यातायात व्यवसायी समिति लेखिएको रसुवा काठमाडौ चल्ने टाटा सुमोबाट सुन बरामद गरेको हो ।
भुजेलले चलाएको गाडीको अगाडी इन्जिनको बयाट्री राख्ने भागको पछाडी तर्प ‘फल्स बटम’ बनाई राखेको अवस्थामा सुन बरामद भएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार गाडीको इन्जिनमा लुकाई छिपाई राखेको अवस्थामा विस्कुट आकारको १५ वटा टुक्रा भेटिएपछि चालक भुजेलमाथि अनुसन्धान भइरहेको छ ।बरामद भएको सुनको बजार मूल्य ७ करोड २ लाख बराबर रहेको प्रहरीको भनाइ छ । अन्नपूर्ण पोष्ट
Previous Articleयुवा वर्गमा भुत्ते वैचारिक धार
Next Article प्रचण्डलाई कमल थापाको यस्तो चेतावनी