काठमाडौँ, २९ पुस – १२ औं ढोरपाटन महिला डबल लिग भलिबलमा न्यु डायमन्ड एकेडेमीले पहिलो हार बेहोेरेको छ। राजधानीमा जारी खेलमा अपराजित रहेको न्यु डायमन्ड सातौं खेलमा भारतीय राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको रिड मोडल कलेजसँग ३-० पराजित भएको हो।प्रतिस्पर्धात्मक खेलमा न्यु डायमन्ड २५–१६, २५–२१ र २५–२३ को सेटमा पराजित भयो।
न्यु डायमन्डले ७ खेलबाट १८ अंक रहेको छ। अहिलेसम्म अपराजित रहेको रिड मोडल कलेजले ४ खेलबाट १२ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ। यसैगरी, शुक्रबार नै भएको पहिलो खेलमा रिड मोडलले रामेछापको चन्डेश्वरी युवा क्लवलाई २५–४, २५–१० र २५–१३ को सेटमा पराजित गरेको थियो।
लिग अन्तर्गत शुक्रबार भएका अन्य खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र न्यु डायमन्ड स्पोर्टस् क्लवले सफलता पाएका छन्। एपीएफले आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई २५–८, २५–१० र २५–१० को सोझो सेटमा पराजित र्गयो।त्यसैगरी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको पाँचौं स्थानमा उक्लिएको छ। पश्चिमाञ्चलले आर्मीलाई २५–१५, २५–२१ र २५–२३ को सेटमा पराजित र्गयो। पश्चिमाञ्चलले ५ खेलबाट १२ अंक जोडेको छ। त्यसैगरी ७ खेलबाट १५ अंक जोडेको नेपाल पुलिस लिगको तेस्रो स्थानमा रहेको छ।
लिगमा न्यु डायमन्ड स्पोर्टस् क्लव र बिजेश्वरी ज्ञान मन्दिर स्कुल दुबैले पहिलो अंक जोडेका छन्। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा विजेश्वरीलाई ३–२ को सेटमा पराजित गर्दै न्यु डायमन्डले २ अंक जोडेको छ भने बिजेश्वरीले पनि एक अंक प्राप्त गर्न सफल भएको छ। न्यु डायमन्डले बिजेश्वरीलाई २०–२५, २५–२०, २२–२५, २५–१८ र १६–१४ ले पराजित र्गयो।
Previous Articleको को छानिए मध्यरातमा उच्च अदालतका ८० न्यायाधीश
Next Article सुन तस्करीबारे महराले भने,‘म त भुरा माछा हुँ’