बागलुङ, २६ पौष – जिल्लाको धम्जा गाविसको २५ औ गाँउ परिषद बिभिन्न क्षेत्रमा बजेट बिनियोजन गर्दै सम्पन्न भएको छ । परिषदले चालुतर्फ ५ लाख ४५ हजार र पूँजीगततर्फ ३६ लाख ६२ हजारको बजेट बिनियोजन गरेको छ । पूँजीगततर्फ लक्षित बर्ग महिलाका लागि ३ लाख ६५ हजार, बालबालिकाका लागि ३ लाख ६५ हजार, बिपन्नका लागि ५ लाख ४६ हजार, कृषिमा २ लाख, बिद्युतमा ४ लाख, वडा स्तरिय योजनाका लागि ४ लाख ५० हजार, खेलकुदमा १ लाख र मोटरबाटो मर्मतका लागि ४ लाख लगाएत गरि ३६ लाख ६२ हजारको बजेट बिनियोजन गरेको बताइएको छ । कार्यक्रममा नेपाली काँग्रेस धम्जाका पार्टी सभापति महेन्द्रबहादुर खड्का, नेकपा एमालेक अध्यक्ष यामबहादुर श्रीस, नेकपा माओवादी केन्द्रका नैनकलि खड्का र राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर थापाले बोलेका थिए ।