बागलुङ, २४ पौष – बुर्तिबाङमा सञ्चालन गरिएकोे निशुल्क आँखा शिविरमा शनिबार दोस्रो दिन ४ सय २ जनाले सेवा लिएका छन् । शनिबार मात्रै ३५ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया भएको नेपाल नेत्रज्योती संघ बागलुङका सहसचिव बैकुण्ठ सापकोटाले जानकरी दिए । पहिलो दिन शुक्रबार ६ सय ६५ जनाले सेवा लिएका थिए । २० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । उनीहरुको शनिबार बिहान डिष्चार्ज गरेपछि शनिबार शल्यक्रिया सुरु भएको थियो । दुई दिनमा जम्मा एक हजार ६७ जनाले आँखा चेकजाँच सुविधा लिएका छन्भने ५५ जनाको आँखाको शल्यक्रिया भएको छ । शिविरमा बागलुङको पश्चिम क्षेत्रसहित गुल्मी र रुकुमबाट समेत सेवा ग्राही आएका आयोजकले जनाएको छ । शनिबार पनि बिहानैदेखि आँखा जचाउनेको भिड लागेको थियो । शिविरमा लागि हिमालय आँखा अस्पताल पोखराबाट आएको स्वास्थ्यकर्मीको टोलीले विरामीको आँखा चेकजाँच गरेको छ । हिमालय आँखा अस्पताल पोखराका बरिष्ठ नेत्र रोग विशेषज्ञ हरिविक्रम अधिकारी नेतृत्वको टोलीमा एक जना नेत्ररोग विशेषज्ञा, एक जना नेत्र अधिकृत, २ जना बरिष्ठ नेत्र सहायक र अरु २ जना प्राविधिक स्वास्थ्यकर्मी रहेका छन् । शिविरमा मोतियाविन्दुको निशुल्क सल्यक्रिया, आँखा सम्बन्धि सम्पुर्ण स्वाथ्य समस्याको चेक जाँच र उपचार सहित औषधि प्रदान गरिने आयोजकले जनाएको छ । आँखा शिविर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा सञ्चालन गरिएको छ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग, बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईको आयोजना र नेपाल नेत्रज्योती संघ बागलुङको समन्वयमा शिविर सञ्चालन गरिएको लागिएको हो । शिविरमा नेपाल रेडक्रस सोसायिटी बुर्तिबाङ शाखा, अल्पकालिन महिला सेवा केन्द्र बुर्तिबाङ स्थानिय संघ संस्थाले पनि स्थानिय व्यवस्थापनमा सहयोग गरेका छन् ।
Previous Article२४ पौष २०७३, ढोरपाटन दैनिक
Next Article नियमविपरित नक्सा पास गरेको भन्दै उजुरी