माधव अधिकारी
काठमाडौँ, २३ पुस – काठमाडौँ स्थित नागार्जुन नगरपालिकालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्थानीय ग्रामीण समाज सुधार केन्द्रले सीतापाइलामा शनिबार आयोजना गरेको स्वास्थ्य तथा वातावरणमैत्री प्रारुपसम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले वातावरणमैत्री नगर निर्माणमा सामूहिक प्रयासको आवश्यकता औँल्याएका हुन् ।
समारोहमा प्रमुख अतिथिको आसनबाट बौल्दै नागार्जुन नगरपालिका वडा नं. ४,५,६ का वडा सचिव पुरुषोत्तम विष्टले वातावरणमैत्री स्थानीय शासन प्रारुप बमोजिम नगरभरी हरियाली बढाई वातावरणमैत्री नगरको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
वडा सचिव विष्टले वातावरण संरक्षणका क्षेत्रमा कार्यरत संघसंस्थाबीच सहकार्य भएमा नगरपालिकालाई वातावरणमैत्री घोषणा गर्न सहज हुने धारणा राखे ।आयोजक संस्था ग्रामीण समाज सुधार केन्दका अध्यक्ष सुवास केसीले प्रकृति संरक्षण र जनस्वास्थ्य सुधारका निम्ति सञ्चालित अभियानमा सघाउन सबैलाई अनुरोध गरे ।
स्थानीय ५५ जनाको सहभागिता रहेको कार्यक्रममा समाज सुधार केन्दका अध्यक्ष केसी, प्रकृति स्रोत केन्द्रका अध्यक्ष श्रीकृष्ण बस्नेत र प्रवीणमान श्रेष्ठले सहभागीलाई वातावरण संरक्षण र स्वास्थ्यसम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए ।अध्यक्ष केसीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा जनउद्धार मावि हरिसिद्धिका सहायक प्रधानाध्यापक राजु केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सुधार केन्द्रका सचिव शिवराम रावतले गरेका थिए ।
यसैविच, सीतापाइलास्थित नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिको आयोजनामा शनिबार जीवनशैली परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ स्वनिगका चार्टर प्रेसिडेन्ट तारा कसजूले जीवनमा सफलता पाउन आफ्नो दैनिक जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने बताए । उनले समयसँगै जीवनशैली व्यवस्थि गर्नसके जीवन सुखी हुने बताए । नागार्जुन कम्युनिकेसनका सञ्चालक माधव अधिकारीले मानव जीवनलाई सार्थक बनाउन परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने धारणा राखे ।
नागार्जुन नगरपालिका वडा नं. ४,५,६ का वडा सचिव पुरुषोत्तम विष्ट र स्थानीय जनउद्धार माविका सहायक प्रधानाध्यापक राजु केसीले दीप प्रज्ज्वलन गरी समारोहको विधिवत् उद्घाटन गरेका थिए ।
नागार्जुन नगरपालिकालाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड
Previous Article२३ पौष २०७३, ढोरपाटन दैनिक
Next Article निर्वाचनमा केन्द्रीत हुन सरकारलाई एमालेको आग्रह