म्याग्दी, २२ पौष – जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ती कोषले सुरू गरेको गरिव तथा विपन्न बर्गको उपचारका लागि १ करोड ५० लाखको अक्षय कोषको अभियानमा कुहुँ तुसारेपानी स्थायी घरभई हाल अस्टेलियामा रहेका मुक्ति रोकाले २ लाख आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा सहयोग जुटाउँदै आएको शान्ति कोषमार्फत उपचारमा आर्थिक जुटाउने अभियानमा सहयोग गदैं आइरहेका रोकाले आर्थिक अभावले मृत्यु रोज्नुपर्ने अवस्थालाई अन्त्य गर्ने २ लाख सहयोग गरेको बताए । शिक्षा, स्वास्थ्य, विकास निर्माण लगाएत विभिन्न रचानात्मक अभियानमा खुलेर सहयोग गर्ने गरेका रोकाले भविस्यमा समेत सहयोगको प्रतिबद्धता जनाएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । ‘सहयोग जुट्ने क्रम जारी छ । अझै सहयोगको आवश्यकता छ’ उनले भने । कोषले प्रतिब्यक्ति दुई लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षका बनाउने विधानमा उल्लेख छ । रोका सहित हालसम्म १५ जना संस्थाको संरक्षक बनेका छन् । बेनी नगरपालिका–१४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि उनको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न अक्षय कोषको अभियान सञ्चालन गरेको थियो । आर्थिक अवस्था कमजोर भएकालाई उपचार गर्न स्थापित कोषले २० जनाको जटिल उपचारमा सहयोग जुटाइसकेको छ भने ४ जनाको उपचार भइरहेको छ ।
Previous Articleकाँग्रेसको विदेश नीतिमा प्रश्न
Next Article २२ पौष २०७२, ढोरपाटन दैनिक