पछिल्लो समयमा नेपालमा विकासको धेरै फड्को मार्ने मध्ये सञ्चार पनि एक हो । सानो दुनियाँबाट ठूलो सञ्चारमा प्रवेश गराउने सञ्चारको विकासले सवैलाई अगाडि बढाइरहेको छ । सञ्चारको विकाससंगै आईतवार मात्रै नेपाल टेलिकमले सार्वजनिक गरेको चौथो पुस्ता प्रविधि (फोर जी) सेवा आइफोन ६, ७ बाहेक सबैले उपयोग गर्न पाउने भएका छन्। टेलिकमका अधिकारीकारी अनुसार एन्ड्रोइड फोनमा फोर जी सेवा सुचारु गर्न सकिने छ। एप्पल आइफोनको ६ र ७ सिरिजमा पनि यो सेवा तत्काल उपलब्ध हुनेछैन। आइफोनमा पनि चल्ने व्यवस्था मिलाउन कम्पनीले छिट्टै पहल थाल्ने वताएको छ। कम्पनीको सेक्युरेटी फिचर्स अन्तर्गत लोकेसन इनेबल गर्न बाँकी सेटहरुमा अहिले फोर जी चल्नेछैन। आइफोनको ५ सिरज सम्ममा भने चल्छ । केही समयमै आइफोनका सबै सिरिजमा फोरजी चल्नेछन्।
सेवा शुभारम्भको अवसरमा जनवरीभरि सेवा रजिष्टर्ड गर्ने ग्राहकलाई प्रतिदिन १ जिबीका दरले ४ दिनका लागि ४ जिबी निःशुल्क डाटा प्रदान गर्ने घोषणा कम्पनीले गरेको छ। फोर जी रजिष्टर्ड गर्न स्टार ४४४ ह्याज डायल गर्नुपर्छ। यदि रजिष्टर्ड हुन नमानेमा टेलिकमबाट नयाँ यु सिम लिएर सेवा दर्ता गर्न सकिन्छ। टेलिकमले फोर जीको सेवा शुल्क नयाँ तोकेको छैन। सेवालाई अन्य शहरहरुमा विस्तारका लागि योजना बनिरहेको छ । घरमा ५ सय १२ केबिपिएस गतिको इन्टरनेट चलाइरहेकामा फोरजी सेवा लिएर हटस्पटका रूपमा एक्सेस गराई घरमा वाइफाई छोड्न सकिनकस्े छ। फोर जी चलाउँदा इन्टरनेटको गति पनि बढी हुन्छ । ठूल्ठूलो फाइल पनि सहजै डाउनलोड गर्न सकिन्छ। अहिले भइरहेको थ्रिजीबाट पनि फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल चल्छन्। तर, यूट्युव र अत्यन्त ठूला आकार फाइल अपलोड तथा डाउनलोड गर्न, आवश्यकताअनुसार भिडियो कल गर्न, भिडियो हेर्नलगायत काम गर्न फोर जी जोड्दा फाईदा लिन सकिन्छ ।
टेलिकमका अनुसार तीन वर्ष अघि प्रयोगमा आएका सिमलाई युसिम बनाउन सकिनेछ । ५० रुपैयाँ अतिरिक्त शुल्क तिरे पछि टेलिकमका शाखाले युसिम बनाइदिने छन । अहिले काठमाडौं र पोखराका प्रयोगकर्ताले ५० रुपैयाँ तिरेर आफ्नो सिमलाई युसिम बनाउन सकिने टेलिकमले जनाएको छ। यसलाई छिट्टै नै देशभर फैलाउने टेलिकमको योजना छ । यसले सञ्चारको गतिलाई बढवा दिएको छ । एउटा कोठाभित्र बसेर दुनियाँलाई नियाल्न नेपाल टेलिकमको फोर जी सेवा फलदायी हुने नै छ । टेलिकमको फोर जी सेवालाई निश्चित शहरमा मात्रै नभएर देशब्यापी बनाउन तुरुन्तै लाग्नु पर्दछ । यसतर्फ समबन्धित सबैको ध्यान पुगोस ।