बागलुङ, १६ पौष – बागलुङ स्पोर्ट क्लबले आयोजना गरेको अन्तर विद्यालय स्तरिय रनिङ ट्रफि फुटबल प्रतियोगितामा गणेश माध्यमिक विद्यालय ट्राईबेकरमा अभागी हुँदा अमृत आदर्श उच्च माध्यमिक विद्यालयले उपाधि जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा गणेश माध्यामिक विद्यालयलाई ट्राईबेकरमा ३–१ गोलअन्तर पराजित गर्दै अमृतले उपाधि चुमेको हो । खेल सुरु भएको १ मिनेटमै विपिन महतले अमृतको लागि गोल गरे । पहिलो हाफमा थप गोल गर्न सकेन । १ गोलले पछि परेको गणेश माविले धेरैजसो बल आफ्नो नियन्त्रणमा राखेर अमृतमाथि दबाव सिर्जना गरेपनि धेरै मौका गुमाएको थियो । अमृत आदर्शका खेलाडीले गणेश माविका खेलाडीलाई डिबक्सको केही बाहिर लडाएपछि पाएको फ्रि–किक अमृतका गोलकिपरले रोकेका थिए । गणेश माविले पहिलो हाफमा पाएका धेरै गोलको सिर्जना गरेपनि सफल हुन सकेन । पहिलो हाफ १–० गोलले पछि परेको गणेश माविले दोस्रो हाफको सुरुवातबाट नै अमृतलाई दबावमा राखेको थियो । दोस्रो हाफको १० मिनेटमा पाएको फ्रि–किकलाई गणेश माविका खेलाडी पुकार खड्काले उत्कृष्ट गोलमा परिणत भएको थियो । अमृतका विपिन महतले खेल बराबर भएको २ मिनेट भित्रै गोल गर्दै अमृतलाई पुनः २–१ को स्थितिमा पु¥याएका थिए । पुन १ गोलले पछि परेको गणेश माविले पुन अट्याकिङ गर्दै दोस्रो हाफको ३३ औं मिनेटमा पुकार खड्काले दोस्रो गोल गरेपछि खेल हेर्नपुगेका दर्शकहरु निकै हर्षित बनेका थिए । निर्धारित समयमा २–२ गोलमा सकिएपनि थपिएको १५ मिनेटको अतिरिक्त समयमा दुवै तर्फबाट धेरै राम्रो गोलका मौकाहरु खेर फालेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईबेकरमा अमृतका सन्देश शाही, अर्जुन खड्का र कप्तान चिरन पुनले गोल गरेका थिएभने गणेश माविको लागि पुकर खड्को मात्र पेनाल्टीमा गोल गरेका थिए । खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका गणेश माविका कप्तान शैलेश नेपाली, सुसान्त क्षेत्री र क्षितिज नेपालीको प्रहार पोष्टबाट बाहिरिएको थियो ।
Previous Article१६ पौष २०७३, ढोरपाटन दैनिक
Next Article एमालेको संसद बहिष्कार राष्ट्रहित विपरीत-देउवा