सुरुङ्गा, ९ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई हिन्दू राष्ट्र कायम गरेरै छाड्ने बताएका छन्। झापामा आयोजित बृहत हिन्दुत्व जागरण सभामा कार्यकर्ताको उपस्थितिबाट उत्साहित बनेका थापासँगै राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले पनि हिन्दू राष्ट्र कायम गरेरै छाड्ने घोषणा गरे।
ठूला दलले नेपाली जनताको अभिमतबिना नै धर्म निरपेक्षता जबर्जस्ती लादिएको यी दुबै नेताको भनाइ थियो। थापाले हिन्दू राष्ट्र पुनःस्थापना गर्ने उद्घोषका साथ पार्टी एकीकरण भएको बताए। उनले नेपालीको एकता खल्बलिन नदिन पनि मुलुक हिन्दू राष्ट्र कायम गरेरै छाड्ने दाबी गरे।
थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुनै पनि हालतमा कमजोर पार्न नदिने उद्घोष गरे। उनले विखण्डनकारीबाट देश टुक्र्याउने डरलाग्दो खतरा बढेको बताए। उनले देश विद्यमान अवस्थामा भुसको आगोमाथि उभिएको बताए। देशको अखण्डतालाई अक्षुण्ण राख्न नै दुई पार्टी एक भएको थापाले बताए।
राणाले झापा राप्रपाको किल्ला भएको बताउँदै हिन्दू राष्ट्र निर्माणमा यहाँका जनताले साथ र सहयोग गर्नुपर्ने बताए। उनले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरे।
हिन्दू राष्ट्र कायम गरेरै छाड्ने राप्रपाको घोषणा
Previous Articleसंविधान संशोधनका लागि यस्ता छन् मोर्चाका सर्त
Next Article स्पाइक नहुँदा खाली खुट्टा दौडिइन गुडिया